
१प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
३रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
४नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
५प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
६सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
९हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाका वडा सदस्य श्याम श्रीस सामाजिक कार्यसँगै कृषि पेशामा समर्पित हुनुहुन्छ । जनप्रतिनिधिले समृद्धिको मात्र कुरा गर्ने आफूले केही नगर्ने परिपाटी र गुनासो व्याप्त भएको बेला वडा सदस्य श्रीस भने १० वर्षदेखि व्यावसायिक कृषि कर्ममा सक्रिय हुनुहुन्छ ।
श्रीसले व्यावसायीकरूपमै मौरी पालन, बोइलर कुखुरा पालन र तरकारी खेती गर्नुभएको छ । पछिल्लो समय वडा सदस्यमा निर्वाचित भएसँगै उहाँको व्यस्तता बढे पनि परिवारको सहयोगमा व्यावसायिक कर्म अघि बढाइरहेको उहाँ बताउनुहुन्छ । गलकोटबाट अधिकांश युवाहरु जापान तथा युरोपका धेरै देशमा गए पनि ३७ वर्षीय श्रीस २२ वर्षको उमेरबाटै कृषि कर्म र कुखुरा पालनमा आकर्षित हुनुभएको थियो । “एसएलसी उत्तिर्ण गरेपछि व्यावसायिक कृषितर्फ लाग्ने सोच पलायो, गाउँका धेरै युवा विदेश पलायन भए पनि आफूलाई विदेश जाने कहिल्यै मनमा आएन”, श्रीसले भन्नुभयो, “गाउँमै मेहनत गरेपछि विदेशमा जस्तो आम्दानी स्वदेशमै गर्न सकिने रहेछ ।”
बाह्र वर्षअघि घरमा रहेका पाँच मुढेघारबाट व्यवसाय शुरु गर्नुभएका श्रीसको गलकोट घुम्टे मौरीपालन फर्ममा ७० आधुनिक मौरीका घार छन् । शुरुमा मौरीपालनमा आकर्षित हुनुभएका श्रीसले मौरौपालन शुरु गरेपछि व्यावसायिकरूपमै कुखुरापालन गर्दै आउनुभएको छ ।
यही फागुनसम्म १०० घार मौरी पुर्याउने लक्ष्यका साथ अघि बढ्नुभएका श्रीसले दुई वर्षदेखि तरकारी खेतीसमेत गर्दै आउनुभएको छ । उहाँले चार वटा अस्थायी टनेल निर्माण गरी गोलभेँडा, काउली, बन्दालगायतका मौसमी तथा बेमौसमी तरकारी गर्दै आउनुभएको छ । “मौरीपालन मुख्य पेशा हो, आर्थिकरूपमा सबल हुनका लागि कुखुराका साथमा तरकारी खेती गर्दै आएको छु, मौसम राम्रो हुँदा ७०० केजी मह उत्पादन हुन्छ, ७०० कुखुरा फार्ममा कहिलै टुट्दैनन्”, उहाँले भन्नुभयो, “यसपटक मौसम अलि राम्रो नभएका कारण रु चार लाखको मात्रै मह बिक्री गरेँ, कुखुराबाट वार्षिक रु चार लाख हाराहारीमा आम्दानी हुन्छ ।”
वार्षिकरूपमा मह, कुखुरा र तरकारी खेतीबाट रु १२ लाख जति आम्दानी गर्ने गरेको श्रीसले जानकारी दिनुभयो । आफू सामाजिक काममा खटिएको समयमा परिवारका सदस्य बाबा, आमा तथा श्रीमतीको सहयोग हुने गरेको छ । जनताको सेवामा खटिनु पर्ने भएकाले समयलाई व्यवस्थापन गर्दै आएको उहाँको भनाइ छ । योजना, बैठक तथा नगरपालिकाको काममा खटिँदा अघिल्लो दिननै काम घटाउने र बिहान सबेरै उठेर तरकारी टिप्ने, कुखुरालाई दाना हाल्ने गर्नुहुन्छ । लोकल यति सेरेना जातको मौरी पाल्दै आउनुभएका उहाँले चरण र हावापानीका लागि रिघा गाउँ उपयुक्त भएका कारण मौरी पालनमा भविष्य राम्रो भएको बताउनुभयो । उहाँले घरबाटै प्रतिकेजी रु एक हजारमा मह बिक्री गर्दै आउनुभएको छ । उत्पादन हुन सके मह र कुखुरा घरबाटै बिक्री हुँदै आएकाले बजारको समस्या नभएको उहाँको भनाइ छ ।
गत वर्ष मौरीपालनबाट कृषि ज्ञान केन्द्र पर्वतले रु दुई लाख ५० हजार अनुदान उपलब्ध गराएको उहाँले बताउनुभयो । श्रीसको फार्ममा उत्पादन भएको तरकारी हटिया, गुल्मीको वामी, खर्बाङ बजारमा बिक्री हुँदै आएको छ । यही एक महिनाको अवधिमा मात्रै रु ६० हजारको तरकारी बिक्री गरेको र टनेलमा फलेका गोलभेँडा, काउली तथा बन्दा बिक्री गर्न बाँकी छ ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !