
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
८किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
मुग्लिन । चितवनका चेपाङहरुको जीवनमा आमूल परिवर्तन ल्याउनका लागि विभिन्न क्षेत्रलाई समेटिएर प्रतिस्पर्धा गरिएको छ । इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायमा सपना भिलेज सोसियल इम्प्याक्टले प्रतिस्पर्धा आयोजना गरेको हो ।
‘हरेक कदमको शुरुआत सपनाबाट हुन्छ’ नामक परियोजनाअन्तर्गतको प्रतिस्पर्धाबाट चेपाङ समुदायले रु सात लाखभन्दा बढी रकम पुरस्कार पाएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । परियोजनाले विभिन्न क्षेत्रलाई समेटेर प्रतिस्पर्धा गराएको हो । पहिलो चरणमा शनिबार अन्तर घर प्रतियोगिता, अन्तर आमा समूह, अन्तर स्वास्थ्य स्वंयसेवक, उत्कृष्ट किसान, अन्तर निर्णायकलाई नगदसहित पुरस्कृत गरिएको अध्यक्ष गिरीले बताउनुभयो । अन्तर घर प्रतियोगितामा ५५ घरधुरीले पुरस्कार पाएका छन् । वडा नं १ मा कूल ६६५ घरधुरी रहेकामा ५६५ घरधुरीमा परियोजना लागू भएको छ ।
उहाँका अनुसार ११ टोलबाट पाँच/पाँच जनाका दरले पुरस्कार पाएका छन् । अन्तर घरधुरी प्रतिस्पर्धामा प्रथम हुने घरले नगद रु १५ हजार, दोस्रोले रु १२ हजार, तेस्रोले रु १० हजार, चौथोले रु सात हजार र पाँचौँले रु पाँच हजारका दरले पुरस्कार प्राप्त गरेका छन् । अन्तर घर प्रतियोगितामा घरको सरसफाइ, करेसाबारी, धुवाँरहित चुलो, शौचालय, छोराछोरीको विद्यालय नियमितता आदिलाई आधार बनाएर मूल्याङ्कन गरिएको थियो ।
परियोजनाको यो अवधिमा सयपत्री आमा समूह अन्तर आमा समूह प्रतिस्पर्धामा उत्कृष्ट भएको छ । एघार आमा समूहबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट भएको सो समूहले रु ८० हजार पुरस्कार प्राप्त गर्यो । अन्तर आमा समूह प्रतिस्पर्धामा सरसफाइ, हिंसा न्यूनीकरण, बालविवाहको अवस्था, योजना तर्जुमामा सहभागिता, सामजिक विकासमा सहभागी आदि मापदण्ड बनाइएको थियो ।
त्यस्तै अन्तर स्वयंसेवक प्रतिस्पर्धामा उत्कृष्ट भएका सूर्य चेपाङले रु १५ हजार, उत्कृष्ट फलफूल किसान बनेकी ताराकुमारी चेपाङले रु १५ हजार, उत्कृष्ट निर्णायक बनेकी गीता चेपाङले रु १५ हजार पुरस्कार प्राप्त गरेको सोसियल इम्प्याक्टका कार्यक्रम निर्देशक बस्नेतले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट भएकालाई शनिबार इच्छाकामना–१ कालिङडाँडामा एक कार्यक्रम गरी पुरस्कार वितरण गरिएको थियो ।
इम्प्यक्टले व्यक्ति स्वयंको लगानी र मेहनतमा प्रतिस्पर्धापछि उत्कृष्ट ठहरिएकालाई पुरस्कृत गर्ने गरिएको अध्यक्ष गिरीको भनाइ छ । उहाँले भन्नुभयो, “हामी शुरुमा लगानी गर्दैनौँ, स्वयं उनीहरुकै लगानीमा प्रतिस्पर्धा गराउँछौँ, त्यसपछि मात्र उत्कृष्ट विजेतालाई पुरस्कृत गर्छौँ ।”
गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र सोसियल इम्प्याक्टका अध्यक्ष गिरीले उनीहरुलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुभयो । तीनवर्षे परियोजना अवधिभर पहिलो चरणमा पुरस्कृत भएका फेरि पनि प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । साथै इम्प्याक्टले आर्थिक वृद्धिका लागि फलफूलको बिरुवा, डालेघाँसको बीउ वितरण गरिसकेको छ भने बोयर जातको बोकासमेत वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।
इच्छाकामनामा सोसिल इम्प्याक्टले गत वर्ष माघदेखि यो परियोजना सञ्चालन गरेको थियो । इच्छाकामना चेपाङ बाहुल्य रहेको गाउँपालिका हो । अध्यक्ष गिरीका अनुसार यसअघि कालिका नगरपालिकाको सिद्धिमा पनि सफलताका साथ परियोजना सम्पन्न गरिएको थियो ।
गाउँपालिकाद्वारा सडक सुरक्षा सामग्री हस्तान्तरण
गाउँपालिकाले राजमार्गमा हुने दुर्घटनामा कमी ल्याउनका लागि ट्राफिक प्रहरी कार्यालय मुग्लिनलाई ट्राफिक सुरक्षा सामग्री सहयोग गरेको छ । इच्छाकामना–ं५ मुग्लिनमा एक कार्यक्रम गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।
शनिबार गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले रोड ब्यारियर सात थान, हिलटेक कोन छ थान, सानो ट्राफिक कोन ११ थान, ट्राफिक ब्याटन लाइट दुई थान, रिफ्लेक्टिङ स्टिकर एक रोल गरी रु एक लाख ५७ हजार ४०९ बराबरको सामग्री इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगर तथा ट्राफिक प्रहरी कार्यलय मुग्लिनका प्रमुख प्रहरी सहायक निरीक्षक युवराज बसौलालाई संयुक्तरूपमा हस्तान्तरण गरेको हो । उक्त अवसरमा उपाध्यक्ष श्रेष्ठले राजमार्गमा सवारी चापको व्यवस्थापनमा पुर्याएको भूमिकाको प्रसंशा गर्दै ट्राफिक प्रहरी कार्यालय मुग्लिनका लागि छुट्टै कार्यालय भवन निर्माण गर्नसमेत पहल गरिने बताउनुभयो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै