
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
मुग्लिन । चितवनका चेपाङहरुको जीवनमा आमूल परिवर्तन ल्याउनका लागि विभिन्न क्षेत्रलाई समेटिएर प्रतिस्पर्धा गरिएको छ । इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायमा सपना भिलेज सोसियल इम्प्याक्टले प्रतिस्पर्धा आयोजना गरेको हो ।
‘हरेक कदमको शुरुआत सपनाबाट हुन्छ’ नामक परियोजनाअन्तर्गतको प्रतिस्पर्धाबाट चेपाङ समुदायले रु सात लाखभन्दा बढी रकम पुरस्कार पाएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । परियोजनाले विभिन्न क्षेत्रलाई समेटेर प्रतिस्पर्धा गराएको हो । पहिलो चरणमा शनिबार अन्तर घर प्रतियोगिता, अन्तर आमा समूह, अन्तर स्वास्थ्य स्वंयसेवक, उत्कृष्ट किसान, अन्तर निर्णायकलाई नगदसहित पुरस्कृत गरिएको अध्यक्ष गिरीले बताउनुभयो । अन्तर घर प्रतियोगितामा ५५ घरधुरीले पुरस्कार पाएका छन् । वडा नं १ मा कूल ६६५ घरधुरी रहेकामा ५६५ घरधुरीमा परियोजना लागू भएको छ ।
उहाँका अनुसार ११ टोलबाट पाँच/पाँच जनाका दरले पुरस्कार पाएका छन् । अन्तर घरधुरी प्रतिस्पर्धामा प्रथम हुने घरले नगद रु १५ हजार, दोस्रोले रु १२ हजार, तेस्रोले रु १० हजार, चौथोले रु सात हजार र पाँचौँले रु पाँच हजारका दरले पुरस्कार प्राप्त गरेका छन् । अन्तर घर प्रतियोगितामा घरको सरसफाइ, करेसाबारी, धुवाँरहित चुलो, शौचालय, छोराछोरीको विद्यालय नियमितता आदिलाई आधार बनाएर मूल्याङ्कन गरिएको थियो ।
परियोजनाको यो अवधिमा सयपत्री आमा समूह अन्तर आमा समूह प्रतिस्पर्धामा उत्कृष्ट भएको छ । एघार आमा समूहबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट भएको सो समूहले रु ८० हजार पुरस्कार प्राप्त गर्यो । अन्तर आमा समूह प्रतिस्पर्धामा सरसफाइ, हिंसा न्यूनीकरण, बालविवाहको अवस्था, योजना तर्जुमामा सहभागिता, सामजिक विकासमा सहभागी आदि मापदण्ड बनाइएको थियो ।
त्यस्तै अन्तर स्वयंसेवक प्रतिस्पर्धामा उत्कृष्ट भएका सूर्य चेपाङले रु १५ हजार, उत्कृष्ट फलफूल किसान बनेकी ताराकुमारी चेपाङले रु १५ हजार, उत्कृष्ट निर्णायक बनेकी गीता चेपाङले रु १५ हजार पुरस्कार प्राप्त गरेको सोसियल इम्प्याक्टका कार्यक्रम निर्देशक बस्नेतले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट भएकालाई शनिबार इच्छाकामना–१ कालिङडाँडामा एक कार्यक्रम गरी पुरस्कार वितरण गरिएको थियो ।
इम्प्यक्टले व्यक्ति स्वयंको लगानी र मेहनतमा प्रतिस्पर्धापछि उत्कृष्ट ठहरिएकालाई पुरस्कृत गर्ने गरिएको अध्यक्ष गिरीको भनाइ छ । उहाँले भन्नुभयो, “हामी शुरुमा लगानी गर्दैनौँ, स्वयं उनीहरुकै लगानीमा प्रतिस्पर्धा गराउँछौँ, त्यसपछि मात्र उत्कृष्ट विजेतालाई पुरस्कृत गर्छौँ ।”
गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र सोसियल इम्प्याक्टका अध्यक्ष गिरीले उनीहरुलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुभयो । तीनवर्षे परियोजना अवधिभर पहिलो चरणमा पुरस्कृत भएका फेरि पनि प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् । साथै इम्प्याक्टले आर्थिक वृद्धिका लागि फलफूलको बिरुवा, डालेघाँसको बीउ वितरण गरिसकेको छ भने बोयर जातको बोकासमेत वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।
इच्छाकामनामा सोसिल इम्प्याक्टले गत वर्ष माघदेखि यो परियोजना सञ्चालन गरेको थियो । इच्छाकामना चेपाङ बाहुल्य रहेको गाउँपालिका हो । अध्यक्ष गिरीका अनुसार यसअघि कालिका नगरपालिकाको सिद्धिमा पनि सफलताका साथ परियोजना सम्पन्न गरिएको थियो ।
गाउँपालिकाद्वारा सडक सुरक्षा सामग्री हस्तान्तरण
गाउँपालिकाले राजमार्गमा हुने दुर्घटनामा कमी ल्याउनका लागि ट्राफिक प्रहरी कार्यालय मुग्लिनलाई ट्राफिक सुरक्षा सामग्री सहयोग गरेको छ । इच्छाकामना–ं५ मुग्लिनमा एक कार्यक्रम गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।
शनिबार गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले रोड ब्यारियर सात थान, हिलटेक कोन छ थान, सानो ट्राफिक कोन ११ थान, ट्राफिक ब्याटन लाइट दुई थान, रिफ्लेक्टिङ स्टिकर एक रोल गरी रु एक लाख ५७ हजार ४०९ बराबरको सामग्री इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगर तथा ट्राफिक प्रहरी कार्यलय मुग्लिनका प्रमुख प्रहरी सहायक निरीक्षक युवराज बसौलालाई संयुक्तरूपमा हस्तान्तरण गरेको हो । उक्त अवसरमा उपाध्यक्ष श्रेष्ठले राजमार्गमा सवारी चापको व्यवस्थापनमा पुर्याएको भूमिकाको प्रसंशा गर्दै ट्राफिक प्रहरी कार्यालय मुग्लिनका लागि छुट्टै कार्यालय भवन निर्माण गर्नसमेत पहल गरिने बताउनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता