
१लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
३रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
४प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
५रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
६रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
९सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
बागलुङ । कवि भूपि शेरचनका नाममा धवलागिरि साहित्य प्रतिष्ठानमा स्थापित पुरस्कार कोषमा १९१ जना संस्थापक बनेका छन् । जसमध्ये २६ जना विशिष्ट संस्थापक सदस्य र चार जना संरक्षक छन् । प्रतिष्ठानले २०७३ मा ‘भूपि पुरस्कार’ घोषणा गरेको थियो ।
जनस्तरबाट सहयोग जुटाएर स्थापना गरिएको कोषमा संस्थापक थपिने क्रम जारी छ । न्यूनतम रु एक हजारसम्म दिने संस्थापक र रु पाँच हजारभन्दा माथि सहयोग गर्ने विशिष्ट संस्थापक सदस्य बन्न पाउँछन् । यस्तै रु २५ हजारभन्दा बढी सहयोग गर्नेलाई संरक्षक सदस्यता प्रदान गर्ने गरिएको प्रतिष्ठानले जनाएको छ । कोषमा अहिलेसम्म सबैभन्दा बढी कवि भूपिकी धर्मपत्नी कान्ति शेरचनले रु दुई लाख २५ हजार र छोरा समिरमानले रु ५० हजार प्रदान गर्नुभएको छ ।
म्याग्दी घर भई हाल अष्ट्रेलियामा रहनुभएकी सीमा रोशीले रु ४० हजार र बागलुङ घर भई हाल अमेरिकामा रहनुभएका उज्ज्वल खड्काले रु २५ हजार प्रदान गरी कोषको संरक्षक बन्नुभएको छ । विशिष्ट संस्थापक सदस्यमा साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष सुधा त्रिपाठीलगायत हुनुहुन्छ ।
उहाँले २०७५ मा पाउनुभएको भूपि पुरस्कारको रकम रु १५ हजारमा आफ्नो तर्फबाट एक हजार थपी रु १६ हजार कोषलाई प्रदान गर्नुभएको थियो । भूपि पुरस्कारसँगै साहित्यको उत्थान र प्रवद्र्धनको उद्देश्य राखेर कोष स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । “देश विदेशमा रहनुभएका भाषा, साहित्यप्रेमी, शुभेच्छुक महानुभाव पुरस्कार कोषमा जोडिनुभएको छ”, उहाँले भन्नुभयो । भूपिको सम्मानसँगै उहाँको साहित्यिक व्यक्तित्वलाई चीरस्थायी बनाउन स्थापित पुरस्कारमा सबै अपनत्व जोडियोस् भनेर सहयोग अभियान चलाइएको प्रतिष्ठानका संस्थापक सदस्य श्याम श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार हालसम्म पुरस्कार कोषमा रु सात लाख जम्मा भइसकेको छ । कोष वृद्धि अभियान निरन्तर चल्ने जनाइएको छ । कोषबाट आउने ब्याजबाट वर्षेनि भूपि जयन्तीमा पुरस्कार प्रदान गर्ने गरिएको छ । यो वर्षको पुरस्कार ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ नामक समालोचनात्मक कृतिका लागि लेखक एवं समालोचक डा सुकुम शर्मालाई शुक्रबार प्रदान गरिएको थियो । प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई आलोपालो गरी वर्षेनि पुरस्कृत गर्छ । गत वर्ष संस्थागततर्फको पुरस्कार थकाली सेवा समिति, बुटवलले पाएको थियो ।
साहित्यिक क्रियाकलाप गर्ने संस्थालाई पुरस्कृत गर्ने गरिन्छ । त्यसअघि २०७५ को भूपि जयन्तीमा ‘भूपिका कवितामा व्यङ्ग्यालङ्कार चेतना’ समालोचनात्मक कृतिका लागि साहित्यकार सुधा त्रिपाठी पुरस्कृत हुनुभएको थियो । भूपि पुरस्कार पाउने पहिलो साहित्यकार उहाँ नै हुनुहुन्छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए