
१जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
२नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
३विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
४अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
५स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
६जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
७नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
८‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
९पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
१०प्रहरीको विशेष अभियान ‘अपरेशन ३६५’ शुरु
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
६समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
७पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९नेपाली कांग्रेस गण्डकी प्रदेशको बैठक : जेन-जी आन्दोलन र राष्ट्रिय संकटमा महत्त्वपूर्ण निर्णय
१०सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
११माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न
१२प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
दमौली । कोभिड–१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलमार्फत पर्यटकीयस्थलको प्रवद्र्धन गर्न गाउँपालिकाले आगामी पुस २७ गते ‘ऋषिङ म्याराथन’ को आयोजना गर्न लागेको हो ।
शुक्रबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले दौड प्रतियोगिताबारे जानकारी गराएको छ । खुल्ला, स्थानीय र महिला गरी तीनवटा दौड प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । खुल्लातर्फ प्रथमलाई रु ६५ हजार, दोस्रो हुनेलाई रु ४० हजार र तेस्रोलाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै सान्त्वना हुने तीनजनालाई रु १० हजारका दरले पुरस्कार वितरण गरिने श्रेष्ठले बताउनुभयो ।
खुल्ला दौड ऋषिङ गाउँपालिका–८ वा अवस्थित दबुङकोट भ्युटावरसम्मको ४० किमी दूरीमा हुनेछ । ऋषिङ्गे राजाको दरबार रहेको गढीडाँडाबाट शुरु हुने प्रतियोगिता ऋषिङ्गे रानीको नुहाउने पोखरीबाट हतियार भण्डारण गर्ने कोटको काख हुँदै गाउँपालिकाको कार्यालय, गोठादी, ढुङ्गागाडे, चालिसे, थप्रेक, रमुङ, भिरकोट, बगैँचा, तल्लो भिरकोट हुँदै सानो भिरकोटमा रहेको भिरकोट राजाको भग्नावशेषका रुपमा भिरकोटकोटसम्म पुग्नेछ ।
स्थानीय दौड ऋषिङ गाउँपालिका–८ मा अवस्थित ऐतिहासिक एवं पर्यटकीयस्थल गढीकोटबाट ऋषिङ गाउँपालिका–६ मा अवस्थित ज्यामिरे माई मन्दिरसम्म १० किमी दूरीको हुनेछ । उक्त दौडमा प्रथम हुनेलाई रु १५ हजार, दोस्रो हुनेलाई रु १० हजार र तेस्रो हुनेलाई पाँच हजार प्रदान गरिनेछ ।
महिला दौड ऋषिङ–८ गढीकोटदेखि ऋषिङ–७ मा अवस्थित दुर्गा भवानी मन्दिरसम्म चार किमी दूरीको हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार, दोस्रो हुनेलाई रु आठ हजार र तेस्रो हुनेलाई रु पाँच हजार प्रदान रिनेछ ।
दौड प्रतियोगिताकै अवसर पारेर ऋषिङ–८ मा अवस्थित ऐतिहासिक एवं पर्यटकयस्थल गढीकोटमा निर्माण हुन लागेको दृश्यावलोकन स्तम्भको शिलान्यास गरिने गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । साथै दौड सम्पन्न हुने स्थान ऋषिङ–३ मा निर्माणसम्पन्न भएको दबुङ दृश्यावलोकन स्तम्भको उद्घाटन गरिनेछ । “ऋषिङ ऐतिहासिक एवं पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण स्थान हो, प्रतियोगिताको उद्देश्य भनेको त्यस्ता स्थलको प्रचारप्रसार गर्नु हो”, उहाँले भन्नुभयो, “ओझेलमा परेका त्यस्ता ठाउँको पहिचानका लागि दौडले सहयोग पुग्नेमा विश्वस्त छौँ ।”
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने