
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल -नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले निर्वाचन आयोगबाट आधिकारिकता पाउने जिकिर गर्नुभएको छ । यही पुस ७ देखि ९ गतेसम्म चलेको तेस्रो केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको केन्द्रीय कमिटीका बहुमत सदस्य आफूहरुतिर भएको जनाउँदै आफूहरुले नै आधिकारिक मान्यता पाउने बताउनुभयो ।
“तेस्रो केन्द्रीय कमिटी बैठकमा ४४१ केन्द्रीय सदस्यमध्ये ३१५ जनाको समर्थन र उपस्थिति रहेको छ”, उहाँले भन्नुभयो, “संविधान, दलसम्बन्धी ऐन, नियम हेरेर अत्यधिक बहुमत भएकाले पार्टीको नाम, झण्डा र निर्वाचन चिह्न पाउनेमा विश्वस्त छौँ ।” नेकपाले आजै ४४१ सदस्यीय केन्द्रीय कमिटीमध्ये दुुई तिहाइ अर्थात् २९५ जनाको दस्तखत आफ्ना पक्षमा रहेको जिकिर गर्दै दलको आधिकारिता र चुुनाव चिह्न आफूूले पाउनुपर्ने माग गरी निर्वाचन आयोगमा ज्ञापनपत्र दिएको थियो ।
पार्टीको दुई तिहाइ केन्द्रीय सदस्यको उपस्थिति भएको पार्टीले आधिकारिकता पाउनेमा कुनै दुई मत नभएको जनाउँदै उहाँले भन्नुभयो, “दलसम्बन्धी ऐन, कानूनमा भएको व्यवस्थाबमोजिम निर्वाचन आयोगले निर्णय गर्नेमा विश्वस्त छौँ, आयोगप्रति हाम्रो पूर्ण भरोसा छ ।”
आयोगका पदाधिकारीसँगको छलफलका क्रममा पार्टीको विधान, स्थापित नजीर र प्रचलित कानूनका आधार आधारमा ऐनले दिएको अधिकार क्षेत्रभित्र रही अत्यन्तै न्याय हुने ढङ्गबाट न्याय निरुपण गरिने विश्वास दिलाएको उहाँले जानकारी दिनुभयो ।
उहाँले संविधानमा हुँदै नभएको प्रावधान देखाएर प्रतिनिधिसभा विघटन गरिएको जनाउँदै अध्यक्ष दाहालले भन्नुभयो, “संविधानले प्रधानमन्त्री र राष्ट्रपतिलाई संविधान विघटन गर्ने अधिकार दिएको छैन ।” प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको प्रस्ताव राष्ट्रपतिले अनुमोदन गर्दा नेपालको राजनीति जटिल मोडमा पुगेको उहाँको भनाइ थियो ।
प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले बदर गर्नेमा आफूहरु पूर्ण विश्वस्त रहेको जनाउँदै उहाँले अदालतप्रति आफूहरुको पूर्ण भरोसा रहेको बताउनुभयो । “अदालतप्रति भरोसा छ, अदालतले संविधानको मर्म, भावना र जनताको चाहनाअनुसार फैसला गर्नेछ”, उहाँले भन्नुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा आजैदेखि आन्दोलनमा गइसकेको उल्लेख गर्दै उहाँले पहिलो चरणको आन्दोलनले संसद् पुनःस्थापना नगरे फेरि अर्को सङ्घर्ष गर्ने चेतावनी दिनुभयो ।
‘सरकारलाई सक्दो सहयोग गरेँ’:
पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले मुलुकलाई राजनीतिक स्थायित्व दिन आफूहरुले पार्टी एकता गरेको स्मरण गर्दै सरकार सञ्चालनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सक्दो सहयोग गरिएको बताउनुभयो । उहाँले मुलुकमा स्थिर सरकार बन्नुपर्छ भनेर आफूले आलोपालो प्रधानमन्त्री हुने सहमतिलाई पनि छाडेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर उहाँलाई पाँचै वर्ष सरकार चलाउन सहयोग गरेँ ।”
पदमा हुने व्यक्ति विनम्र हुनुपर्छः अध्यक्ष नेपाल
अर्का अध्यक्ष माधवकुमार नेपालले पदले व्यक्तिमा अहङ्कार पैदा गर्ने गरेको बताउनुभयो । “पदमा भएपछि जो कोही पनि विनम्र हुनुपर्छ”, उहाँले भन्नुभयो, “नेपालको कम्युनिष्ट एकता र आन्दोलनले विश्वलाई नै उदाहरण प्रस्तुत गरेको थियो ।”
आधिकारिक नेकपा आफूहरु नै भएको र पार्टीको सबै सम्पत्ति पनि आफूहरुको भएको उहाँले बताउनुभयो ।“नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सबै सम्पत्ति हाम्रो हुनेछ” ।
कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता जोगाउन धेरै प्रयास गरिए पनि हठका कारण सम्भव नभएको बताउनुभयो । “पार्टीमा देखिएका विवाद समाधान गर्न हामीले बारम्बार उहाँलाई बैठक बसौँ भन्यौँ”, उहाँले भन्नुभयो, “तर अध्यक्ष ओली बैठकमा बस्न चाहनुभएन ।” उहाँले पार्टी विभाजन नभएको र कोही व्यक्ति असन्तुष्ट भएर चोइटिएको हुन सक्ने टिप्पणी गर्नुभयो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल