News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले यही पुस १३ गते १६५ सङ्घीय निर्वाचन क्षेत्रमा पार्टीका क्षेत्रीय कार्यसमितिका आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको छ ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न यही पुस ७ देखि जारी कांग्रेस केन्द्रीय समितिको बैठक पुस १० गते अपराह्न १ बजे पुनः बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टी सभापति शेरबहादुर देउवाका अध्यक्षतामा बसेको बैठकमा आज उपसभापति विमलेन्द्र निधि तथा केन्द्रीय सदस्य प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले आआफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया