News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय समाचार

कोरोनाभाइरसको नयाँ संस्करणमाथि पनि फाइजर र मोडर्नाको परीक्षण

वासिङ्टन । कोरोनाभाइरसको नयाँ संस्करण फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ ।

यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छ की गर्दैन भनेर थाहा पाउन परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।

बेलायतमा गरिएको यो परीक्षणबाट त्यसले काम गर्ने वा नगर्ने बारेमा एक हप्तामा मात्रै यकिन हुने जनाइएको छ ।

“अहिलेसम्मको विश्लेषण अनुसार मोडर्नाले त्यसका विरुद्धमा काम गर्ने जस्तो देखिएको छ,” मोडर्नाद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

यस बारेमा थप विवरण भने आगामी हप्ता जानकारी दिइने पनि वक्तव्यमा जनाइएको छ । परीक्षणका लागि केही रगत संकलन गरेर सम्बन्धित ठाउँमा पठाइएको छ । रासस/एएनआई

प्रतिक्रिया