News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय समाचार

काबुलमा कारबम विस्फोट आठको मृत्यु

काबुल  । अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

आतङ्ककारीहरुले गरेको आतङ्कमा आफ्ना आठ जना देशवासीको मृत्यु हुनको साथै अन्य १५ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता तारिक अरिआनले बताउनु भएको छ ।

सुरक्षा अधिकारीहरुले राजधानीको पश्चिम भागमा सो कारबम विस्फोस्ट भएको पुष्टि गरेका छन् । एक स्वास्थ्य अधिकारीले पनि यस विस्फोटको पुष्टि गरेका छन् । यस विस्फोटको विस्तृत विवरण भने प्राप्त भएको छैन् । रासस/एएफपी

प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ