
१पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
२मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
३रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
४नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
५फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
८स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
९कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१०उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
११रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
१२कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
६पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
७पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
८उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
९कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
हेमन्त केसी
जाजरकोट । चिसो मौसममा डोल्पामा प्रायः प्रकृतिले नै नाकाबन्दी गर्ने गर्दछ । यस मौसममा यहाँका नागरिकले सोचेको र आँटेको काम गर्नु त परै जाओस्, गाउँघरमै एक ठाउँबाट अर्काे ठाउँसम्म पुग्न पनि गाह्रो छ । उपल्लो डोल्पाका सर्वसाधारणलाई त झनै गाह्रो । आवश्यक खाद्यान्न, लत्ताकपडादेखि अधिकांश दैनिक अत्यावश्यकीय सामग्रीहरु पनि आयातीतमै भर पर्नुपर्ने विडम्बना डोल्पाको छ । यहाँका नागरिक यतिबेला घरभित्रै थुनिएर बस्नेबाहेकको अर्काे विकल्प छैन । घरबाहिर हिउँ परेको छ, आगो र न्यानो कपडाको भरमा भरभित्रै बस्नुपर्दछ ।
गर्मी याममा समेत ज्यान तताउन मुस्किल पर्ने यहाँका बासिन्दालाई चिसो मौसममा कष्ट हुनु त सामान्य नै हो । यसैले यतिखेर उनीहरुलाई घरबाहिर निस्किनै मुस्किल पर्ने गर्दछ । हुनत डोल्पालीको यो दैनिकी अकस्मातको होइन, यो याममा वर्षेनी आउँछ । तर पनि उनीहरुको यो मौसम भने एक किसिमले भन्दा प्रकृतिले नै नाकाबन्दी लगाएजस्तो अवस्थाको हुन्छ । दैनिक बाक्लो कपडा लगाएर यो हिमपातको मौसमभरि नै घरभित्रै थन्किनुपर्ने अवस्थामा छन् डोल्पाली ।
बिरामी हुँदा गाउँमा स्वास्थ्य संस्था नहुँदा सदरमुकाम दुनै आउने बाटो नै अवरुद्ध हुने गर्दछ । यसरी बिरामी हँुदा नै बाटो नपाएपछि यहाँका नागरिक यो याममा हरेक वर्ष प्रकृतिको नाकाबन्दीमै रहने गर्दछन् । उपल्लो डोल्पाका सर्वसाधारणहरु कति मर्कामा परेका होलान् भन्ने कुराको कुनै लेखाजोखा पनि छैन ।
स्थानीय सरकारका प्रमुखहरु विकास गर्न समेत प्रकृतिले नदिएको भन्दै पीडा पोख्छन् । तिब्बतसँग सिमाना जोडिएको उपल्लो डोल्पा कठिन भू–बनोट भएको क्षेत्र पर्दछ । अग्ला हिमाल, त्यसमा एक ठाउँबाट अर्को ठाउँमा जानका लागि दिनभर हिँड्नुपर्ने बाध्यता यहाँका नागरिकको दैनिकीजस्तै हो । गाउँमा बिरामी हुँदा आम्ची बोलाएर उपचार गर्नुपर्ने भगवान्को भरोसामा यहाँका मानिसहरु जीवनयापन गरिरहेका छन् ।
सदरमुकाम दुनै पुग्नका लागि तीन दिनदेखि सात दिनसम्म नै हिँड्नुपर्ने बाध्याले पाँच महिनासम्म यहाँका बालबालिकाले सबै खालका खोपहरुसमेत नपाउने गरेको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ ।
फापर, उवालगायतका बालीहरु यहाँ उत्पादन हुने गर्दछ । घरमा पालिएका पशु चौपायबाट उपल्लो डोल्पामा खाद्यान्नलगायत वस्तुहरु ढुवानी हुने गर्दछ । आफैँले उत्पादन गरेको अन्नले १२ महिना नपुग्ने हुँदा यहाँ आयातीत अन्नबाट उपल्लो डोल्पावासीको पेट भरिने गरेको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
हिमालहरु हेर्दा उपल्लो डोल्पा जति सुन्दर छ त्यति सुन्दर दैनिकी छैन । हिमालजस्तो हाँसिरहेको जीवन डोल्पामा पाउन मुस्किल छ । यहाँका नागरिक भने सधैँ जीविकोपार्जनकै दुःखमा छन् । विकासका नाममा डोल्पाको सदरमुकामबाट केही घण्टा हिँडेपछि भेटिने जुफाल विमानस्थल र पटकपटक समस्या आइरहने जैरीगाड जलविद्युत् आयोजना हुन् । अर्को डोल्पाको मुख्य पहिचान भनेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र शे–फोक्सुण्डो ताल हो । तिब्बतबाट अहिले उपल्लो डोल्पामा सडक खन्ने काम शुरु गरी केही भागमा पु¥याएको छ । खुल्ला सिमाना नभएका कारण सडक पुगे पनि तिब्बतबाट पाउने सेवासुविधा उपल्लो डोल्पावासीको सहजै पहुँच पुग्ने देखिँदैन । भदौ महिनामा १५ दिनसम्म मात्र हाटबजारका लागि भनेर चीन र नेपालको दुवै सिमाना खुल्ला गरिन्छ । त्यो पनि वर्षमा एकपटक मात्र खुल्ला हुने गरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।
प्राचीनकालमा निर्माण भएका ऐतिहासिक गुम्बाहरु उपल्लो डोल्पामा छन् । यहाँ भएका वस्तुहरु संरक्षण गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी हुनुपर्ने सर्वसाधारणहरुको माग छ । उपल्लो डोल्पामा रहेका सबै प्रहरी चौकी चिसोका कारण दुनैमा सारिएको छ । अधिकांश जनप्रतिनिधिहरुसमेत सुविधासम्पन्न ठाउँमा पुगेका छन् । शे–फोक्सुण्डो निकुञ्जमा खटिएका कर्मचारी, सुरक्षाकर्मीहरु निकुञ्जको सुरक्षार्थ चिसोमै खटिएका छन् ।
शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो निकुञ्ज डोल्पा र मुगुमा फैलिएको छ । हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छन् । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँचितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत २०० प्रजाति पक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ ।

यहाँ पाइने हिउँ चितुवाको आहारविहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् । निकुञ्जको लगभग मध्यभागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ ।
निकुञ्जले गरेको आम्दानीको ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रको विकासमा खर्चिने कानूनी व्यवस्था छ । निकुञ्जभित्रको कोर एरियामा २४ वटा गाउँ छन् । उपल्लो डोल्पाका शे–फोक्सुण्डो र डोल्पो बुद्ध गाउँपालिका तथा मुगुको मुगुम कार्मारोङ गाउँपालिकाका केही भाग निकुञ्जको कोर एरियामा पर्छ । निकुञ्जका ५७ जना कर्मचारी निकुञ्जको सुरक्षाका लागि खटिएका छन् । अझै दरबन्दीअनुसार १० जना कर्मचारी रिक्त छ । निकुञ्जको सुरक्षार्थ तैनाथ ईश्वरी बक्स गुल्मका सुरक्षा पोस्ट पनि डोल्पामा मात्र रहेका छन् । निकुञ्जको भाग फोक्सण्डो तालभन्दा पाँच दिन पैदल लाग्ने तिब्बतको सीमासम्मै फैलिए पनि निकुञ्जका कर्मचारी र सेनाको उपस्थिति प्रभावकारी बनाउन लागिएको छ ।
दशवर्षे सशस्त्र द्वन्द्वसम्म निकुञ्जको मुख्यालय फोक्सुण्डो तालभन्दा एक घण्टा तलको पलममा थियो । द्वन्द्वकालमा आक्रमणपछि निकुञ्जको मुख्यालय सदरमुकाम नजीकको सुलिगाडमा झरेको छ । पलम सुलिगाडबाट पैदल दुई दिनमा पुगिन्छ । सदरमुकाम दुनै सुलिगाडबाट आधा घण्टाको दूरीमा छ । अहिले निकुञ्जले पशु बीमादेखि वन्यजन्तुबाट हुने हानिको क्षतिपूर्ति दिनका लागि गाउँगाउँमा सचेतना फैलाएर स्थानीय र निकुञ्जको सम्बन्धका साथै अपनत्वसमेत बढाएको छ ।
निकुञ्ज क्षेत्रका विद्यार्थीहरुमध्ये दुईजनालाई छात्रवृत्ति दिइरहेको निकुञ्जका प्रमुख सरोजमणि पौडेलले जानकारी दिनुभयो । कामहरु गर्दा फोन सेवा प्रभावकारी नहुँदा दैनिक समस्या भोगिरहेको डोल्पाका नागरिकहरु बताउँछन् । नामका मात्र टावर राखेर काम छैन, सेवा पनि दिनुप¥यो शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले बताउनुभयो । गाउँमा मात्र होइन सदरमुकाम दुनैमा समेत टेलिफोन सेवाप्रति कोही पनि नागरिक खुशी नभएको सुरक्षा अधिकारीहरु बताउँछन् । हामीले डोल्पाका प्रजिअ सुरेश सुनारसँग फोनमा सम्पर्क गर्न खोज्दा कुरा गर्दागर्दै चारपटक फोन राम्रोसँग सुन्न नसक्दा काटिएको थियो । स्थानीय विद्युत् सेवा त झन् कति बेला के हुन्छ थाहा नै नहुने गरेको डोल्पाका पत्रकारहरुको गुनासो छ ।
आफ्नो रैथाने घरजग्गा जमीन सबै थोक छाडेर चिसो छल्न उपल्लो डोल्पाका हुनेखाने मानिसहरु शहर बजारतिर झर्ने गर्दछन् । आर्थिकरुपमा समस्यामा परेका स्थानीयवासी आफ्नै घरमा बसेर चिसोसँग मुकाबिला गरिरहेका छन् ।
कु, साल्दाङ, कराङ, कोमा, छल्न मुसी, निजाल, फोत, नाम्दो, भिजेरलगायत दर्जन गाउँमा केही सर्वसाधारण चिसो छल्ने भनी तल झरेका छन् । तातो फर्केपछि फागुनमा मात्र उपल्लो डोल्पामा फर्कने गरेको बेँशी झर्दै गरेका सर्वसाधारणहरु बताउँछन् ।
जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र नेपालगञ्ज र काठमाडौँ अधिकांश ठाउँमा उपल्लो डोल्पाका सर्वसधारणको बसाइ हुने गर्दछ । हुनेखानेका घरहरु सुविधासम्पन्न ठाउँमा निर्माण गरिएका कारण उनीहरु चिसो छल्न तल झर्ने गर्दछन् । केही आफ्नो घर नभएका कारणहरु औल झर्नुअघि उवा, फापर, आलु, गहुँलगायत बाली थन्क्याएर बेँसी आई अर्काको घरमा बस्छन् । केहीको जम्वु बिक्री गर्ने कामसमेत जोडेर तल झरेका छन् । यार्सागुम्बा उपल्लो डोल्पालीको मुख्य आयस्रोत हो । पशुपालन र व्यापार वैकल्पिक आयस्रोत हुन् ।
उपल्लो डोल्पामा रहेका तीनवटा गाउँपालिका शे–फोक्सुण्डो, छार्का ताङसोङ र डोल्पोबुद्ध हुन् । तीनवटै गाउँपालिका तिब्बतसँग जोडिएका छन् । सदरमुकाम दुनै सडक सञ्जालले जोडिए पनि त्यसमाथि सडक छैन । उपल्लो डोल्पाका बस्तीसम्म पुग्न दुनैबाट एक सातासम्म हिँड्नुपर्छ । सवारीको मुख्य साधन घोडा हो भने सामान बोक्ने खच्चड । तिनै खच्चडबाट दुनै र त्रिपुराकोटबाट सामान ढुवानी गरिँदै आएको छ ।
साल्दाङ शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र र सबैभन्दा ठूलो गाउँ हो । फोक्सुण्डो ताल र करीब एक हजार वर्ष पुरानो शे र सामलिङ गुम्बा पनि यहीँ रहेको छ । साल्दाङमा रहेको कक्षा ८ सम्म पढाइ हुने विद्यालय चिसोले बन्द भइसकेको छ । फोक्सुण्डो तालको छेउमा पुरानो बस्ती छ जहाँ तिब्बती शैलीका लगभग चार दर्जन घर रहेका छन् ।
शे–फोक्सुण्डो गाउँपालिकासँग तिब्बतको क्याटो नाका जोडिएको छ । छिमेकी डोल्पोबुद्ध गाउँपालिकासँग तिब्बतकै मरिमला नाका जोडिएको छ । धो, तराप, ताक्सी, सिमेनका बासिन्दा उक्त नाका हँुदै बजारमा किनमेल गर्ने गर्दछन् ।रासस
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप