
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा, ९ जेठ । पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पताल प्रशासन र यसका सञ्चालकहरूको चरम दादागिरी एवं विद्यार्थी शोषणविरुद्ध अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) गण्डकी प्रदेश कमिटीले कडा चेतावनी दिएको छ।
चिकित्सा शिक्षा (बीएस्सी नर्सिङ) अध्ययनरत छात्राहरूमाथि अस्पताल प्रशासन र मेडिकल माफियाका रूपमा प्रस्तुत भएका सञ्चालकद्वय आनन्दराज बतास र नारायण पौडेलबाट भइरहेको ’दासयुगीन शोषण’ र अमानवीय व्यवहारप्रति संगठनले गम्भीर ध्यानाकर्षण गराउँदै सशक्त आन्दोलनको घोषणा गरेको हो।
शुक्रबार (जेठ ८ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले मनिपाल प्रशासनको अटेरीपन र सञ्चालकहरूको गैरजिम्मेवार अभिव्यक्तिको कडा शब्दमा भर्त्सना गरेको छ।
विज्ञप्ति अनुसार, लाखौँ रुपैयाँ चर्को शुल्क बुझाएर सुन्दर भविष्यको खोजीमा आएका छात्राहरूलाई मणिपाल प्रशासनले पशुवत् व्यवहार गरेको छ। मात्र २ जना अट्ने साँघुरो, अँध्यारो, र भेन्टिलेसन समेत नभएको कुरुप कोठामा ८ जनासम्म छात्राहरूलाई ’भेडा–बाख्रा जस्तै’ कोचेर राखिएको सनसनीपूर्ण खुलासा भएको छ।
गुम्स्याहट र निसास्सिएका कारण छात्राहरू रातभर छतमा उभिएर रात काट्न बाध्य भइरहेको दारुण चित्र विज्ञप्तिमा कोरिएको छ। यति मात्र नभई, अस्पतालको भुइँतल्ला (बेसमेन्ट)मा रहेको अक्सिजन र प्राकृतिक प्रकाशविहीन कोठामा दैनिक ६ देखि ७ घण्टासम्म विद्यार्थीलाई कोचेर उनीहरूको स्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहेको दाबी गरिएको छ।
यस चरम अन्याय र अत्याचारका विरुद्ध आवाज उठाउँदा मणिपाल कलेजका प्रिन्सिपल र प्रशासनले उल्टै छात्राहरूलाई धम्की दिने, मानसिक त्रास फैलाउने र आवाज दबाउने हर्कत गरिरहेको संगठनले जनाएको छ। विद्यार्थी संगठनले यसलाई कलेजको सामान्य लापरबाही मात्र नभई अन्तर्राष्ट्रिय मानव अधिकार र विद्यार्थी हक–अधिकारको ठाडो र क्रुर उल्लंघन, एवं ‘निन्दनीय र आपराधिक कार्य’ ठहर गरेको छ।
यस्तो संवेदनशील र दर्दनाक अवस्था बाहिर आउँदा समेत माफी माग्नुको सट्टा अस्पतालका सञ्चालक नारायण पौडेलले सञ्चारमाध्यममा ‘तिरेको शुल्क अनुसारकै बसाइ हो, थप सुविधा चाहिए थप पैसा तिर्नु’ भनी दिएको हदसम्मको गैरजिम्मेवार, अहङ्कारी र शोषकमुखी अभिव्यक्तिको संगठनले घोर आपत्ति प्रकट गरेको छ।

विवादै विवादको बिचमा नेपाल मणिपाल शिक्षण अस्पतालका सञ्चालकद्वय आनन्दराज बतास र नारायण पौडेल । तस्विर एआई
शिक्षा र स्वास्थ्य क्षेत्रलाई केवल पैसा छाप्ने मेसिन र विद्यार्थीलाई वस्तु ठान्ने वित्तीय माफिया सञ्चालकद्वय आनन्दराज बतास र नारायण पौडेललाई लक्षित गर्दै अखिल (समाजवादी) ले २४ घण्टाको कडा अल्टिमेटम दिएको छ। २४ घण्टाभित्र छात्राहरूको आवास र पढाइको अवस्था मर्यादित बनाई सम्झौता अनुसार सुधार नगरिए संगठन कडा भन्दा कडा र निर्णायक सङ्घर्षको आँधीबेहरी सिर्जना गर्न बाध्य हुने चेतावनी इन्चार्ज एवं केन्द्रीय सचिव प्रकाश सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
संगठनले कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र सम्बन्धित सरकारी नियामक निकायहरूलाई यस गम्भीर विषयमा तत्कालै स्थलगत अनुगमन गरी ठोस कदम चाल्न र पीडित विद्यार्थीहरूको समस्या समाधानका लागि निर्णायक पहलकदमी लिन जोडदार माग गरेको छ।
अन्तिम चेतावनी दिँदै विज्ञप्तिमा भनिएको छ-‘यदि राज्यका लाचार निकायहरूले समयमै पीडित विद्यार्थीहरूको पक्षमा एक्सन लिएनन् र यी माफिया सञ्चालकहरूलाई नै संरक्षण गरिरहे भने, अखिल (समाजवादी) टुलुटुलु हेरेर बस्ने छैन। संगठन आफैँ मैदानमा उत्रिएर अस्पताल सञ्चालकहरू आनन्दराज बतास र नारायण पौडेल लगायतका मतियारहरूलाई जनताको बिचमा नाङ्गै पार्दै आवश्यक कडा कारबाही गर्न बाध्य हुनेछ।’
यस आन्दोलन र प्रतिरोधबाट निस्कने जुनसुकै भयानक र अप्रिय परिणामको सम्पूर्ण जिम्मेवार कलेज प्रशासन, शोषक सञ्चालकद्वय आनन्दराज बतास र नारायण पौडेल एवं लाचार राज्य संयन्त्र आफैँ हुनुपर्ने कडा चेतावनी समेत दिइएको छ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति