
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
३घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
६गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
७घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
८आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
९रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
१०आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
११पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
१२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
६पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
७नेपाली काँग्रेसको सभापतिमा गगन थापा
८युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
९घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
१०आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
११सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
१२गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
जनकपुरधाम । प्रतीकात्मक सीताराम विवाह महोत्सवका सन्दर्भमा मैथिली संस्कारअनुसार आज यहाँ तिलकोत्सव सम्पन्न भएको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले गोस्वामी तुलसीद्वारा रचित रामायणमा भएको वर्णनानुसार तिलकोत्सवलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । यस अवसरमा सीतालाई छोरी,बहिनी मान्ने मिथिलावासीको आस्थानुरूप जानकी मन्दिरका महन्त रामतपेश्वर दासद्वारा राम मन्दिरका महन्त राम गिरीलाई माङ्गलिक वस्तुको भारी पठाउने चलन छ ।
राम मन्दिरको परिसरमा हुने गरेको सो उत्सवमा राम मन्दिरका महन्त गिरी राजा दशरथ र जानकी मन्दिरका महन्त दास राजा जनकका रूपमा सम्धी मिलन गर्ने परम्परा पनि छ । सो अवसरमा सहभागी श्रद्धालुको उत्साहले उत्सव वास्तविक विवाहभन्दा रमाइलो हुने गरेको छ । यसपटक कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी नेपाल भारत सीमा बन्द रहेका कारण उत्सवमा भारतीय श्रद्धालुको सहभागिता न्यून छ ।