News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

काँग्रेसको देशव्यापी विरोध प्रदर्शन, पोखरामा नेता केसीले सम्बोधन गर्ने

'विहान ११ः३० बजे चिप्लेढुङ्गामा भेला, १२:१५ बजे महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर कोणसभा'

पोखरा । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आज देशव्यापी रुपमा विरोध प्रदर्शन गर्दैछन् । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको अलोकप्रियतालाई देखाउन देशव्यापी विरोध प्रदर्शनको आयोजना गरेको हो ।

सोही अनुरुप पोखरामा पनि विरोध प्रदर्शनको तयारी पुरा भएको नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिनुभयो । सभापति केसीले भन्नुभयो–‘पोखरामा हुने सरकार विरोधी प्रदर्शनका लागि प्रचारप्रसार तयारी पुरा भईसकेको छ ।’

सभापति केसीले दिनुभएको जानकारी अनुसार आज विहान ११ः३० बजे चिप्लेढुङ्गामा भेला हुने र १२ः१५ बजे महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर कोणसभाको आयोजना गरिनेछ । कोणसभालाई नेपाली काँग्रेसका वरिष्ठ नेता अर्जुननरसिहं केसीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वस्वास्थ्यमन्त्री यज्ञबहादुर थापा लगायत नेताहरुले सभालाई सम्बोधन गर्नेछन् ।

नेताहरूले केपी ओली नेतृत्वको सरकारको अलोकप्रियता जाँच्नका लागि पनि कांग्रेसले व्यापक जनसहभागिता देखाएर शक्ति प्रदर्शन गर्न लागेको हो । कांग्रेसलाई यो अवस्थामा ल्याइपु¥याउन भने मंसिर १७ गते तनहुँमा भएको घटना मुख्य कारण बनेको छ । पुल उद्घाटनका लागि दमौली पुगेका वरिष्ठ नेता पौडेललाई स्थानीय प्रशासनले लछारपछार गर्दै गिरफ्तार गरेपछि कांग्रेस एकाएक ब्युँझिएको थियो । त्यसपछि नै पार्टीका पदाधिकारी बसेर मंसिर २९ गते देशव्यापी विरोधको कार्यक्रम तय गरेका हुन् ।

प्रतिक्रिया