News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

पत्रकार पुनको नियात्रा संग्रह ‘साईनो’ सार्वजनिक

'पुस्तकमार्फत् ग्रामीण परिवेश र मौलिक संस्कृतिलाई चिनाउन पत्रकार पुन सफल': आर्थिक तथा योजनामन्त्री गुरुङ

पत्रकार तिलकप्रसाद पुन पुर्जाको नयाँ पुस्तक साईनो सार्वजनिक भएको छ । ३७ वटा लेखरचना संग्रहित साईनोमा विभिन्न वस्तीका रहनसहन, भेषभूषा, चाडपर्व, लोकसंस्कृति र प्रकृतिको वर्णन गरिएको छ ।

पोखरा । पत्रकार तिलकप्रसाद पुन पुर्जाको नयाँ पुस्तक साईनो सार्वजनिक भएको छ । ३७ वटा लेखरचना संग्रहित साईनोमा विभिन्न वस्तीका रहनसहन, भेषभूषा, चाडपर्व, लोकसंस्कृति र प्रकृतिको वर्णन गरिएको छ ।

पुस्तकको गण्डकी प्रदेशका आर्थिक तथा योजनामन्त्री किरण गुरुङले विमोचन गर्नुभएको हो । पत्रकार, कलाकार र नियात्राकार पुनको यस अघि दुई कृति लोकसंस्कृतिका सुसेलीहरु र वस्तीभित्र प्रकाशित छन् । आर्थिक तथा योजनामन्त्री गुरुङले सो पुस्तकमार्फत् ग्रामीण परिवेश र मौलिक संस्कृतिलाई चिनाउन पत्रकार पुन सफल भएको धारणा व्यक्त गर्नुभयो ।

प्रकृति मानव केन्द्रित जनअभियान कास्की युनिटका केन्द्रीय संगठन विभाग प्रमुख उत्तम कँडेल, पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रा.डा.कुसुमाकर न्यौपाने, डा.जगन्नाथ रेग्मी, नेपाल पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमल्सेना, नेपाल अर्वुद्ध रोग निवारण संस्था कास्कीका अध्यक्ष रामचन्द्र थापा, नेपाल मगर संघ कास्कीका अध्यक्ष संगीता पुनमगर र सञ्चारकर्मी लक्ष्मी थापा लगायतले नेपालका विभिन्न गाउँवस्तीहरुको भ्रमण गरी तयार पारिएको कृति साईनोले लोकसंस्कृति र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो ।

पुस्तक विमोचन कार्यक्रम प्रकृति मानव केन्द्रित जनअभियान कास्की युनिटका उपाध्यक्ष शिवप्रसाद वस्ताकोटी ‘शिव दाइ’को सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया