News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति विज्ञान-प्रविधी समाचार

टेलिकम हुम्लामा तालाबन्दी

जिल्लाका युवा सङ्घ र नागरिक समाज मिलेर तालाबन्दी गरेको : सङ्घका अध्यक्ष रोकाया

हुम्ला । गुणस्तरीय सेवा नदिएको जनाउँदै नेपाल टेलिकमको कार्यालय तालाबन्दी गरिएको छ । महिनौंँ दिनसम्म ध्यानाकर्षण गराउँदा पनि टेलिकमले लापरवाही गरेको भनी युवाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

जिल्लाका युवा सङ्घ र नागरिक समाज मिलेर तालाबन्दी गरेको सङ्घका अध्यक्ष सुवास रोकायाले जानकारी दिनुभयो ।

जिल्लामा महिनौँ दिन सेवाग्राही सुविधाबाट वञ्चित हुँदा पनि बेवास्ता गरेकाले कार्यालय तालाबन्दी गर्न बाध्य भएको रोकायाले बताउनुभयो । टेलिकमले क्षमताभन्दा बढी सिम दिएपछि समस्या आएको सेवाग्राहीले गुनासो गरेका छन् ।

टेलिकम हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले आफ्नो सेवा सकभर गुणस्तरीय भएको जिकिर गर्नुभयो ।