
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
कसरी उजुरी गर्ने वा कसरी सुनुवाइ हुन्छ भन्नेबारेमा अधिकांश बहिरा, अटिजमजस्ता अपाङ्गता भएका व्यक्तिले थाहा नपाउनुले न्याय प्रणाली प्रभावकारी नभएको’
काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले गरेको एक अध्ययनमा गम्भीर अपाङ्गता भएका महिला र बालबालिका धेरै मात्रामा मानवाधिकार हननको शिकार भएको देखिएको छ । अध्ययनले अपाङ्गता भएका व्यक्तिमाथि हुने मानवअधिकार हननका घटना धेरैजसो बाहिर आउन नसकेको पनि देखाएको छ ।
अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगको सहकार्यमा महासङ्घले आज भर्चुअलरुपमा आयोजना गरेको ‘नेपालमा अपाङ्गता भएका व्यक्तिको मानव अधिकारको अवस्था’ विषयक छलफल कार्यक्रममा अपाङ्गतालाई शारीरिक वा मानसिक पक्षलाई मात्र ध्यान दिइने हुनाले यसका आधारमा हुने विभेदमा सरोकारवाला र राज्यकै पर्याप्त ध्यान जान नसकेको जनाइयो । महासङ्घका प्रशासकीय व्यवस्थापक मनिष प्रसाईँले कसरी उजुरी गर्ने वा कसरी सुनुवाइ हुन्छ भन्नेबारेमा अधिकांश बहिरा, अटिजमजस्ता अपाङ्गता भएका व्यक्तिले थाहा नपाउनुले न्याय प्रणाली प्रभावकारी नभएको देखाएको बताउनुभयो ।
उहाँले अपाङ्गता भएका ५२ प्रतिशतमा त्यसबारे सूचनामा पहुँच नभएको जनाउँदै ६७ प्रतिशत अपाङ्गता भएका महिला हिंसामा परेको आफूहरुको अध्ययनमा पाइएको बताउनुभयो । महासङ्घले अपाङ्गता भएका व्यक्तिको मानवअधिकार उल्लङ्घका तीन वर्षयताका १५२ घटनाको विश्लेषण गरी अध्ययन प्रतिवेदन तयार पारेको हो ।
छलफलमा आयोगका सातै प्रदेशको अपाङ्गता मानवअधिकार सम्पर्क व्यक्तिको सहभागिता थियो । महासङ्घका अध्यक्ष मित्रलाल शर्माले मानवअधिकार प्राप्ति सबै नागरिकको अधिकार भएको र त्यसमा अपाङ्गता भएका व्यक्तिको मानवअधिकार हनन् अझ गम्भीर सवाल भएकाले राज्य र सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने बताउनुभयो ।
आयोगका सहसचिव नवराज सापकोटाले मानवअधिकारको सम्मान, सुरक्षा र प्रभावकारी कार्यान्वयनका अन्तर्राष्ट्रिय प्रतिबद्धता र अभिसन्धिको कार्यान्वयनमा आयोग क्रियाशील रहेको जनाउनुभयो । महासङ्घका पूर्वध्याक्ष डा वीरेन्द्रराज पोखरेलले मानवअधिकार आयोगले योजनाबद्धरुपमा मानवअधिकारको सम्मान र सम्वद्र्धनका लागि राज्यलाई निरन्तर घच्घच्याउनुपर्ने बताउनुभयो ।
भत्ता निरन्तर भएकामा स्वागत
यसैबीच महासङ्घले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी भएसँगै अन्योलमा रहेको सामाजिक सुरक्षा भत्ता निरन्तरता हुने भएकाले खुशी व्यक्त गरेको छ । यही मङ्सिर २१ गते उक्त अध्यादेश जारी भएको थियो । महासङ्घका महासचिव राजु बस्नेतले यसअघि चालु आर्थिक वर्षको पहिलो चौमासिकमा खर्च लेख्ने गरी भत्ता दिन सरकारले सर्कुलर गरेकामा अध्यादेश जारीपछि स्थायी समाधान भएको बताउनुभयो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने