
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
हुम्ला । स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा हुम्लाले बाथरोगका बिरामीलाई सेवा दिँदै आएको छ । यतिखेर सो कार्यालयमा स्वदेन (स्टिम) बक्समार्फत बिरामीलाई सेवा दिइरहेको छ । विशेषगरी हुम्ला जिल्लाका सातवटै गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक एवं बाथरोगले ग्रस्त भएका व्यक्तिलाई सो सेवा सञ्चालन भएको हो ।
हाल उक्त कार्यालयमा दैनिक ३० देखि ४० जनासम्म सेवाग्राही सेवा लिन आउने गरेका छन् । हुम्लाका नागरिक स्थानीयस्तरमै परम्परागतरूपमा घोडाको प्रयोग गरेर विभिन्न स्थानका खोलानालामा रहेका तप्पनमा गएर बाथरोग हट्ने आश्वासनमा नुहाउने चलन थियो । सो कार्यालयमा रहेको स्वदेन बक्समा बाथरोगका बिरामीको प्रकृति हेरेर पाँचदेखि १५ मिनेटसम्म भित्र बस्ने गरेको पाइएको छ । त्यस्ता बिरामीले कम्तीमा पनि एक हप्तासम्म नियमित सेवा लिनुपर्ने हुन्छ । यसलाई पञ्चकर्म सेवा पनि भनिने गरिन्छ ।
लामो समयदेखि बाथरोग बिरामीले थला परेकी सिमकोट गाउँपालिका–५ की ६० वर्षीया लालकला बोहराले भन्नुभयो, “अब त हुम्लामै यो सेवा उपलब्ध हुँदा जिल्ला बाहिर जानुपर्ने समस्या हटेको छ । यो सेवा पाएपछि स्वर्ग गएजस्तै भएको छ ।”
जिल्लामै स्वदेन बक्स उपलब्ध भएको भए पनि महिला पुरुषका लागि फरक–फरक मेसिन भएको भए अझै उत्तम हुने सुझाव स्थानीयवासीबाट आउन थालेको छ । “विगतका वर्षमा यो रोगका कारण लाखौँ रकम खर्च गरेर जिल्ला बाहिर जानुपथ्र्यो तर यो वर्षदेखि हुम्लामै बाथरोगीका लागि केही सेवा पाउनु भनेको उपचारमा विकास भएको मानिन्छ”, खार्पुनाथ गाउँपालिका–५ का स्थानीय प्रेमबहादुर शाहीले भन्नुभयो । हुम्लामा ग्यास पर्याप्त मात्रामा नहुँदा र विभिन्न समस्याका कारण यो सेवा सञ्चालन स्थगन गरिएको हो । यसलाई हाल नियमित सञ्चालन गर्ने जमर्को गरेकोे आयुर्वेद शाखाका प्रमुख कृष्णचन्द जोशीको भनाइ छ ।
विकट जिल्ला हुम्लाका सातवटै गाउँपालिकाका दूरदराजमा रहेका वृद्धवृद्धालाई यो रोगले धेरैलाई ग्रस्त बनाएको छ । यस्ता किसिमका रोगको उपचारका लागि सदरमुकाम सिमकोटसम्म आउनलाई पनि केही समस्या देखिन्छ । उनीहरु स्थानीयस्तरमै रहेका खोलानालाका तप्पनहरुमा धाउने गरेका छन् ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने