
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
हुम्ला । स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा हुम्लाले बाथरोगका बिरामीलाई सेवा दिँदै आएको छ । यतिखेर सो कार्यालयमा स्वदेन (स्टिम) बक्समार्फत बिरामीलाई सेवा दिइरहेको छ । विशेषगरी हुम्ला जिल्लाका सातवटै गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक एवं बाथरोगले ग्रस्त भएका व्यक्तिलाई सो सेवा सञ्चालन भएको हो ।
हाल उक्त कार्यालयमा दैनिक ३० देखि ४० जनासम्म सेवाग्राही सेवा लिन आउने गरेका छन् । हुम्लाका नागरिक स्थानीयस्तरमै परम्परागतरूपमा घोडाको प्रयोग गरेर विभिन्न स्थानका खोलानालामा रहेका तप्पनमा गएर बाथरोग हट्ने आश्वासनमा नुहाउने चलन थियो । सो कार्यालयमा रहेको स्वदेन बक्समा बाथरोगका बिरामीको प्रकृति हेरेर पाँचदेखि १५ मिनेटसम्म भित्र बस्ने गरेको पाइएको छ । त्यस्ता बिरामीले कम्तीमा पनि एक हप्तासम्म नियमित सेवा लिनुपर्ने हुन्छ । यसलाई पञ्चकर्म सेवा पनि भनिने गरिन्छ ।
लामो समयदेखि बाथरोग बिरामीले थला परेकी सिमकोट गाउँपालिका–५ की ६० वर्षीया लालकला बोहराले भन्नुभयो, “अब त हुम्लामै यो सेवा उपलब्ध हुँदा जिल्ला बाहिर जानुपर्ने समस्या हटेको छ । यो सेवा पाएपछि स्वर्ग गएजस्तै भएको छ ।”
जिल्लामै स्वदेन बक्स उपलब्ध भएको भए पनि महिला पुरुषका लागि फरक–फरक मेसिन भएको भए अझै उत्तम हुने सुझाव स्थानीयवासीबाट आउन थालेको छ । “विगतका वर्षमा यो रोगका कारण लाखौँ रकम खर्च गरेर जिल्ला बाहिर जानुपथ्र्यो तर यो वर्षदेखि हुम्लामै बाथरोगीका लागि केही सेवा पाउनु भनेको उपचारमा विकास भएको मानिन्छ”, खार्पुनाथ गाउँपालिका–५ का स्थानीय प्रेमबहादुर शाहीले भन्नुभयो । हुम्लामा ग्यास पर्याप्त मात्रामा नहुँदा र विभिन्न समस्याका कारण यो सेवा सञ्चालन स्थगन गरिएको हो । यसलाई हाल नियमित सञ्चालन गर्ने जमर्को गरेकोे आयुर्वेद शाखाका प्रमुख कृष्णचन्द जोशीको भनाइ छ ।
विकट जिल्ला हुम्लाका सातवटै गाउँपालिकाका दूरदराजमा रहेका वृद्धवृद्धालाई यो रोगले धेरैलाई ग्रस्त बनाएको छ । यस्ता किसिमका रोगको उपचारका लागि सदरमुकाम सिमकोटसम्म आउनलाई पनि केही समस्या देखिन्छ । उनीहरु स्थानीयस्तरमै रहेका खोलानालाका तप्पनहरुमा धाउने गरेका छन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने