
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले आज पुनः अर्को कीर्तिमान कायम गरेको छ । नेप्से परिसूचकमा देखिएको वृद्धि तथा कारोबार रकमसमेत नयाँ उचाइँमा पुगेको छ । पछिल्लो दिनमा नेप्सेले लगातार ‘बुलिस ट्रेन्ड’लाई पछ्याएको छ । तर, सिमित सङ्ख्यामा शेयर रहेका कम्पनीमा देखिँदै आएको उच्च वृद्धि आज पनि कायम छ ।
अघिल्ला सातामा जस्तै आज साताको पहिलो दिन बैंकिङ उपसमूह र विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ । विसं २०७३ मा कायम भएको उच्च अङ्कको वृद्धिलाई पछाडि छाड्दै नेप्से आज झण्डै दुई हजारको बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च अङ्क हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ७५.०२ बिन्दुले वृद्धि भई एक हजार ९६८.२७ मा पुगेको छ । प्रतिशतका आधारमा आज ३.९६ ले वृद्धि भएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१४ प्रतिशत अर्थात् ३८३.९३ मा पुगेको छ । कूल २०० कम्पनीको दुई करोड ५९ लाख ४५ हजार ३८० कित्ता शेयर रु नौ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३४८ मा कारोबार भयो ।
आज कारोबार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ११२.३, विकास बैंक १७३.८४, जलविद्युत् २६.६६ वित्त १२.२७, अन्य ०.२७, लघुवित्त २७.७५, जीवन बीमा २४५.७५ र सामूहिक लगानी कोष ०.०५ ले उकालो लागेको छ । यस्तै, व्यापार ३५.३७, होटल ७.६८, जीवन बीमा ४५.५५ र उतपादन ३७.२७ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा आज नेपाल पुनःबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५१ करोड ७९ लाख ९१ हजार ८३७ बराबरको कारोबार भयो ।
यस्तै, कुमारी बैंक रु ४० करोड ८० लाख ६२ हजार ६५६, नबिल बैंक रु ३३ करोड ५६ लाख सात हजार ८६९, प्रभु बैंक रु ३३ करोड १० लाख ५७ हजार २६१, नेपाल बैंक रु ३२ करोड ४५ लाख ३३ हजार, ग्लोबल आइएमई बैंक रु २७ करोड ९५ लाख ८२ हजार ८७६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २६ करोड ३९ लाख १२ हजार ६२५, शिवु् सिमेन्ट रु २३ करोड ९८ लाख ४२ हजार ९५२ र हिमालयन डिस्टिलरु रु २३ करोड ८९ लाख ४० हजार ९३४ बराबरको कारोबार गर्दै शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा आज ग्रीन डेभलपमेन्ट बैंक, सेञ्चुरी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकका लगानीकर्ताले समान १०÷१० प्रतिशतले कमाए । सनराइज बैंक ९.९२, माछापुच्छ्रे बैंक ९.९२, मुक्तिनाथ विकास बैंक ९.९०, मेगा बैंक ९.८९, नेपाल बंगलादेश बैंक ९.८९, महालक्ष्मी विकास बैंक ९.८८ र प्रभु बैंकका लगानीकर्ताले ९.८६ प्रतिशतले कमाए ।
यसगरी, विशाल बजार कम्पनी १०, आँखु खोला जलविद्युत् कम्पनी ६.२५, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.७९, सनराइज फ्रस्ट म्युचुअल फण्ड ३.७९, पाँचथर पावर कम्पनी ३.२९, ग्लोबल आइएमई लघुवित्त ३.१७, जोशी हाइड्रोपावर ३.१३, महिला सहयात्रा माइक्रोफाइनान्स २.९२ र अजोड इन्स्योरेन्सका लगानीकर्ताले २.८६ प्रतिशतले गुमाए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन