
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
३२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
४काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
७नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
८रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
९सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१०रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
११सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
पोखरा, ४ असार । जिल्ला अदालत कास्कीले मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ठगी काण्डमा प्रतिवादीहरूलाई बिगो बराबरको नगद वा बैंक जमानत बुझाएर मात्र थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले लामो समयदेखि अदालतमा विचाराधीन यो मुद्दामा थप अनुसन्धान, विस्तृत वित्तीय विश्लेषण प्रतिवेदन र पीडितहरूको जाहेरीका आधारमा ६२ जनाभन्दा बढी व्यक्तिलाई ठगीको कसुरमा तानेको छ ।
जिल्ला अदालत कास्कीको च.नं. १२२४१ मिति २०८३।०१।२४ को पत्रअनुसार प्रतिवादी रमण पौडेलसमेत भएको मुद्दामा मिति २०८२।१२।२३ मा बिगो स्पष्ट गर्न वित्तीय विश्लेषकसँग समन्वय गरी पुरक प्रतिवेदन पेश गर्न आदेश भएको थियो । सोहीअनुसार प्रहरी कार्यालय हुँदै सरकारी वकिलको कार्यालय र अदालतमा दर्ता भएको विस्तृत वित्तीय विश्लेषण प्रतिवेदनका आधारमा अदालतले प्रत्येक प्रतिवादीको व्यक्तिगत संलग्नता अनुसार बिगो कायम गरेको छ ।
मित्रमिलन सहकारीको रकम हिनामिना भएपछि निरन्तर संघर्ष गर्दै आएका पीडित बचतकर्ता सूर्य पोखरेलले जिल्ला अदालत कास्कीले बिगो बराबरको धरौटी तोकेर पीडितहरूको पक्षमा न्याय गरेको बताएका छन् । उनले भने, ‘अब पीडित बचतकर्ताहरूले रकम पाउने आशा बढेको छ । सहकारी सञ्चालक र ऋणीहरू सबैलाई समयमै धरौटी बुझाएर अदालत र बचतकर्ताको पक्षमा उभिन आग्रह गर्दछु । अब पनि फरार भएका अभियुक्तहरू कतिदिन लुकेर बस्ने रु लुकेरै जीवन बिताउने भए बेग्लै कुरा, नत्र जतिसक्दो छिटो अदालतमा उपस्थित भए सबैलाई उत्तिकै राम्रो हुन्छ ।’
यो प्रकरणमा मुख्य प्रतिवादी रमण पौडेलको बिगो ६ करोड ९७ लाख २७ हजार ७ सय ७७ रुपैयाँ ५२ पैसा कायम गरिएको छ । अर्जुन गिरीको ३ करोड १८ लाख ६ हजार २ सय ५१ रुपैयाँ ९० पैसा, विजय लम्सालको ८३ लाख ११ हजार २ सय ३२ रुपैयाँ १६ पैसा, दीपक प्रसाद सुवेदीको १ करोड ९० लाख ५८ हजार २ सय ३८ रुपैयाँ ३७ पैसा, कुमार मगरको ४ करोड ६१ लाख १७ हजार ३ सय ७७ रुपैयाँ, भरत भट्टराईको ३ करोड ५१ लाख ८ हजार ३ सय २० रुपैयाँ, हरेराम भण्डारीको १ करोड ५ लाख ५४ हजार ४ सय ८६ रुपैयाँ र जनकल्याण पराजुलीको १ करोड ३१ लाख रुपैयाँ (राजस्व छलीसहित) बिगो निर्धारण गरिएको छ ।
यस्तै रनिता थापाको ९८ लाख ३१ हजार ३ सय १९ रुपैयाँ ८० पैसा, संजय पौडेलको ९३ लाख ८० हजार, लालबहादुर घर्तीको ६० लाख, बामदेव सुवेदीको २८ लाख ५ हजार, बुद्धिसागर पौडेलको ३४ लाख, राजु बरालको ३६ लाख ८० हजार २ सय ३८ रुपैयाँ, सुरेशकुमार श्रेष्ठको ४७ लाख ४१ हजार २ सय १० रुपैयाँ, किरण अधिकारीको २९ लाख ८९ हजार २ सय ९८ रुपैयाँ ६२ पैसा, अभिषेक भन्ने खुमानन्द काफ्लेको ६ लाख ४९ हजार २ सय ४५ रुपैयाँ कायम गरिएको छ ।
सहकारीको रकम हिनामिना र दुरुपयोगमा मतियारको भूमिका निर्वाह गरेको आरोप लागेका अन्य प्रतिवादीहरूमा कृष्णबहादुर राउत, कुशल पौडेल, भीमलाल पौडेल, सुवास अधिकारी, एकराज पराजुली, गोपाल खनाल, संगिता रेग्मी सुवेदी, भुवन पौडेल, जनकराज पौडेल, सूर्यबहादुर अधिकारी, उदयबहादुर पराजुली, प्रतिक लामिछाने लगायत छन् ।
अदालतमा दायर पुरक अभियोगपत्रअनुसार थप अनुसन्धानबाट सहकारी ठगीमा संलग्न देखिएका प्रतिवादीहरूलाई पनि आ–आफ्नो दायित्वअनुसार बिगो कायम गरिएको छ । सौजना अधिकारीको १७ लाख, शान्तिकुमारी केसीको ९ लाख ४१ हजार १ सय ४ रुपैयाँ, चन्द्रबहादुर विकको ११ लाख ३५ हजार ७ सय ८२ रुपैयाँ, हुमनाथ अधिकारीको ३१ लाख ९ हजार रुपैयाँ, रुमबहादुर मल्लको २५ लाख ५६ हजार ७ सय ५६ रुपैयाँ ३४ पैसा, निपेन्द्र कुमार श्रेष्ठको २८ लाख ६८ हजार ५ सय ९२ रुपैयाँ ८३ पैसा, अमृत परियारको १६ लाख ८ हजार ४ सय ४ रुपैयाँ २१ पैसा, बिनय गुरुङको ४५ लाख ८८ हजार ३ सय ८४ रुपैयाँ ८९ पैसा, शिवदत्त तिवारीको २ लाख ८७ हजार ७ सय ८८ रुपैयाँ ३ पैसा, तारा घर्तीको १ लाख ३० हजार १८ रुपैयाँ ५५ पैसा, प्रतिमा पौडेल (लम्साल)को २ लाख ८० हजार ३ सय ७७ रुपैयाँ ५५ पैसा बिगो कायम गरिएको छ ।
त्यसैगरी, करण चौधरीको ६ लाख ५५ हजार ७ सय ३० रुपैयाँ ४२ पैसा, बोधराज रेग्मीको ८ लाख १४ हजार २ सय ८१ रुपैयाँ ८३ पैसा, बसन्त देव नापितको ८६ हजार १ सय ३१ रुपैयाँ ४६ पैसा, सुरोज कुमार श्रेष्ठको २६ लाख ५४ हजार ४ सय ८४ रुपैयाँ ९१ पैसा, निकिता केसीको १६ लाख ७९ हजार १ सय १६ रुपैयाँ ६४ पैसा, रेमबहादुर विकको २ लाख ५९ हजार ८ सय १३ रुपैयाँ ५३ पैसा, अर्जुन रानाको ४६ हजार २ सय ८८ रुपैयाँ ६ पैसा, आशा आलेको १ लाख ९८ हजार ६ सय ५० रुपैयाँ ५४ पैसा, कर्णबहादुर रानाभाटको ९ लाख ४१ हजार १ सय ४ रुपैयाँ ४५ पैसा, सिता कार्कीको १५ हजार २ सय ९५ रुपैयाँ ६३ पैसा, सुजना देवी रिजाल कार्कीको १ लाख ३ हजार ५ सय ३३ रुपैयाँ ५९ पैसा, रोशमाया गुरुङको १ लाख १४ हजार ८ सय ३३ रुपैयाँ ५७ पैसा, लिला देवी गुरुङको १ लाख ६८ हजार ६ सय १९ रुपैयाँ ९९ पैसा, नरमदा गुरुङको ७९ हजार ६ सय ७७ रुपैयाँ ५७ पैसा, मिन प्रसाद गुरुङको १८ हजार ८ सय ९७ रुपैयाँ २६ पैसा र शिवराज बरालको ७० हजार ८८ रुपैयाँ ६३ पैसा बिगो कायम गरिएको छ । अदालतले यी थप प्रतिवादीहरूलाई सहकारी ऐन २०७४ को दफा १२४ उपदफा (१) को देहाय (घ)(१) बमोजिम सजाय तथा सोही दफा अनुसार आआफ्नो दायित्वअनुसारको बिगो जरिवाना मागदावी लिएको हो ।
कृष्णबहादुर राउत २०७३।०९।२६ मा तेस्रो वार्षिक साधारणसभाबाट अध्यक्ष निर्वाचित भई २०७५।०६।२६ सम्म जिम्मेवारीमा रहेका बेला ऐन नियम विपरीत रकम हिनामिना, अपचलन र ठगीजन्य कार्य हुँदा कुनै पहल नगरी मुख्य प्रतिवादीहरूलाई साथ सहयोग गरेको आरोप छ ।
कुशल पौडेल २०७६।०५।२० को छैठौं वार्षिक साधारणसभाबाट सचिव निर्वाचित भई पदमा रहँदा सोही प्रकारको हिनामिनामा सहयोग पुर्याएको देखिएको छ । भीमलाल पौडेल सोही सभाबाट कोषाध्यक्ष निर्वाचित भएका थिए । उनको हकमा २०८०।०७।११ सम्मको वित्तीय विश्लेषणअनुसार पदमा रहँदा सोही प्रकारको हिनामिनामा सहयोग पुर्याएको देखिएको छ ।

मित्र मिलन सहकारी ठगीमा कारागार चलान भएका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली र पोखरा–६, बैदामका राजु बराल । हाल पराजुली धरौंटीमा रिहा भईसकेका छन् । फाईल तस्विर
एकराज पराजुली सहकारीका लेखा प्रमुख जस्तो जिम्मेवारीमा रहेका बेला राष्ट्रिय सहकारी बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक र आईसीएफसी फाइनान्सका खाता संयुक्त हस्ताक्षरबाट चलाउने व्यवस्था मिलाएर बचतकर्ताको रकम निकासी गर्ने, मुख्य पदाधिकारीहरूसँग मिलेर सहकारीको सम्पत्ति दुरुपयोग गरी आफ्नो नाममा जग्गा किनी घर बनाएर बिक्री गरेको, खातामा रकम नभएको जानीजानी चेक हस्ताक्षर गरी विभिन्न व्यक्तिलाई दिएको र गैरकानुनी कार्य नियन्त्रण नगरी ठगीमा संलग्न रहेको आरोप छ ।
गोपाल खनाल २०७६।०५।२० मा सदस्य निर्वाचित भई पदिय जिम्मेवारीमा रहँदा हिनामिनामा मुख्य प्रतिवादीहरूलाई सहयोग पु¥याएको, संगिता रेग्मी सुवेदीले पनि सदस्य पदमा रहँदा सोही प्रकारको सहयोग गरेको देखिएको छ ।
भुवन पौडेल कास्की सेवा केन्द्र प्रमुखको जिम्मेवारीमा रहँदा गैरकानुनी कार्यमा मतियार बनेको र हिनामिना भएको जग्गा आफ्नो नाममा पास गरेको आरोप छ । जनकराज पौडेल लेखा समिति सदस्य र सूर्यबहादुर अधिकारी लेखा समिति संयोजक रहेका बेला लेखा सुपरीवेक्षण नगरी बैठक भत्ता मात्र बुझ्ने र हिनामिनालाई साथ दिएको आरोप छ ।
जनकल्याण पराजुली कानुनी परामर्श अधिकृतको रूपमा मासिक ६ हजार तलब लिँदा पनि अर्जुन गिरी र विजय लम्सालसँग मिलेर दिपा थापाको जग्गा झुक्याएर बिक्री गर्ने, २ करोड ३० लाख ऋण देखाएर २ करोड २७ लाख ५७ हजार ५०० रुपैयाँ बचत खाताबाट बुझ्ने र राजस्व छली गरेको आरोप छ ।
उदयबहादुर पराजुली गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका तत्कालीन प्रमुख रहेका बेला रमण पौडेल, भरत भट्टराई, संजय पौडेल र खुमानन्द काफ्लेसँग मिलेर सेवा केन्द्र विस्तारको वहानामा १ करोड ५ लाख रुपैयाँ निकासी गरी प्रयोग गरेको आरोप छ । प्रतिक लामिछाने लेखा समिति सदस्य रहेका बेला सुपरीवेक्षण नगरी हिनामिनालाई साथ दिएको र सुजन आचार्यले बजार व्यवस्थापक तथा कर्जा विभागमा रहँदा गैरकानुनी कर्जा लगानीमा महत्वपूर्ण भूमिका खेलेको देखिएको छ ।
शुरु अभियोजनमा परेका मुख्य प्रतिवादी रमण पौडेल र गोपाल खनाल जेनजी आन्दोलनका क्रममा फरार भएका छन् । हाल विजय लम्साल, अर्जुन गिरी, सन्तोष घिमिरे र किरण अधिकारी कास्की कारागारमा थुनामा छन् । कुशल पौडेल, भीमलाल पौडेल, रनिता थापा, संगिता रेग्मी सुवेदी, सूर्यबहादुर अधिकारी, प्रतिक लामिछाने, जनकराज पौडेल, जीवनाथ पराजुली, भुवन पौडेल, खुमानन्द काफ्ले, दीपक प्रसाद सुवेदी, विष्णु प्रसाद भण्डारी, भरत भट्टराई, बामदेव सुवेदी, जनकल्याण पराजुली, बुद्धिसागर पौडेल, राजु बराल, कृष्णबहादुर राउत, हरेराम भण्डारी, कुमार मगर, सुरेशकुमार श्रेष्ठ, लालबहादुर घर्ती, संजय पौडेल, सुवास अधिकारी, उदयबहादुर पराजुली, सन्तोष घिमिरे, एकराज पराजुलीलगायत केही फरार र केही धरौंटीमा रिहा भएका छन् ।

सहकारी ठगीमा संलग्न पोखरा–२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी । फाईल तस्विर
थप अनुसन्धानबाट संलग्न सौजना अधिकारी, शान्तिकुमारी केसी, चन्द्रबहादुर विक, हुमनाथ अधिकारी तथा रोशमाया गुरुङ, प्रतिमा पौडेल (लम्साल), अमृत परियार, कर्णबहादुर रानाभाट, निकिता केसी, करण चौधरी, सिता कार्की, रेमबहादुर विक, तारा घर्ती, लिला देवी गुरुङ, सुजना देवी रिजाल कार्की, बोधराज रेग्मी, आशा आले, रुमबहादुर मल्ल, निपेन्द्रकुमार श्रेष्ठ, बसन्त देव नापित, नरमदा गुरुङ, सुरोजकुमार श्रेष्ठ, विनय गुरुङ, अर्जुन राना, शिवदत्त जैसी तिवारी, शिवराज बराल र मिन प्रसाद गुरुङसहित २७ जना फरार रहेका छन् । अदालतमा मुद्दा दायर भएपछि बोधराज रेग्मी लगायत केही उपस्थित भई धरौटी रकम बुझाइसकेका छन् ।
अनुसन्धानअनुसार सहकारीको कुल ठगी बिगो २२ करोड ९९ लाख ६६ हजार ५ सय ७९ रुपैयाँ पुगेको छ । जसमध्ये १ सय १६ जना पीडित बचतकर्ता तथा शेयर सदस्यहरूको २० करोड ६९ लाख ५५ हजार १ सय १३ रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ भने थप उजुरीबाट १ करोड ३० लाख ११ हजार ४ सय ४६ रुपैयाँको ठगी देखिएको छ । वित्तीय विश्लेषक निर्मल गौतमको प्रतिवेदनअनुसार २०८० साउन २१ सम्म २८ करोड ८७ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ७१ पैसा हिनामिना भएको थियो ।
सहकारी ऐन २०७४ अनुसार ठगी कसुरमा हदैसम्मको सजाय र बिगो बराबरको जरिवाना माग गरिएको छ । बचतकर्ताको पसिनाको कमाई हिनामिना गरी संस्थाको रकम दुरुपयोग गरेको यो प्रकरणले सहकारी क्षेत्रमा मौलाएको विकृतिको स्थितिलाई उजागर गरेको छ । पीडितहरूले आफ्नो रकम फिर्ता र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै लामो समयदेखि न्यायको पर्खाइमा छन् । मुद्दा अदालतमा विचाराधीन रहेको र अन्य सहकारीको भन्दा यस सहकारीमा बिगो बराबरको धरौंटी माग भएकोले बचतकर्ताहरुमा न्याय निरुपण हुने विश्वास बढेको छ ।

सहकारीको पैसामा मस्ती गर्दै अध्यक्ष रमण पौडेल, अर्जुन गिरी र विजय लम्साल ।
मित्रमिलन सहकारी ठगी प्रकरण : अदालतले तोकेका प्रमुख प्रतिवादीहरूको बिगो (धरौटी रकम)
रमण पौडेल : ६ करोड ९७ लाख २७ हजार ७ सय ७७ रुपैयाँ ५२ पैसा
अर्जुन गिरी : ३ करोड १८ लाख ६ हजार २ सय ५१ रुपैयाँ ९० पैसा
विजय लम्साल : ८३ लाख ११ हजार २ सय ३२ रुपैयाँ १६ पैसा
दीपक प्रसाद सुवेदी : १ करोड ९० लाख ५८ हजार २ सय ३८ रुपैयाँ ३७ पैसा
कुमार मगर : ४ करोड ६१ लाख १७ हजार ३ सय ७७ रुपैयाँ
भरत भट्टराई : ३ करोड ५१ लाख ८ हजार ३ सय २० रुपैयाँ
हरेराम भण्डारी : १ करोड ५ लाख ५४ हजार ४ सय ८६ रुपैयाँ
जनकल्याण पराजुली : १ करोड ३१ लाख रुपैयाँ (राजस्व छलीसहित)
रनिता थापा : ९८ लाख ३१ हजार ३ सय १९ रुपैयाँ ८० पैसा
संजय पौडेल : ९३ लाख ८० हजार रुपैयाँ
लालबहादुर घर्ती : ६० लाख रुपैयाँ
बामदेव सुवेदी : २८ लाख ५ हजार रुपैयाँ
बुद्धिसागर पौडेल : ३४ लाख रुपैयाँ
राजु बराल : ३६ लाख ८० हजार २ सय ३८ रुपैयाँ
सुरेशकुमार श्रेष्ठ : ४७ लाख ४१ हजार २ सय १० रुपैयाँ
किरण अधिकारी : २९ लाख ८९ हजार २ सय ९८ रुपैयाँ ६२ पैसा
अभिषेक भन्ने खुमानन्द काफ्ले : ६ लाख ४९ हजार २ सय ४५ रुपैयाँ
थपरपुरक अभियोगमा परेका प्रतिवादीहरूको बिगो :
सौजना अधिकारी : १७ लाख रुपैयाँ
शान्तिकुमारी केसी : ९ लाख ४१ हजार १ सय ४ रुपैयाँ
चन्द्रबहादुर विक : ११ लाख ३५ हजार ७ सय ८२ रुपैयाँ
हुमनाथ अधिकारी : ३१ लाख ९ हजार रुपैयाँ
रुमबहादुर मल्ल : २५ लाख ५६ हजार ७ सय ५६ रुपैयाँ ३४ पैसा
निपेन्द्र कुमार श्रेष्ठ : २८ लाख ६८ हजार ५ सय ९२ रुपैयाँ ८३ पैसा
अमृत परियार : १६ लाख ८ हजार ४ सय ४ रुपैयाँ २१ पैसा
बिनय गुरुङ : ४५ लाख ८८ हजार ३ सय ८४ रुपैयाँ ८९ पैसा
शिवदत्त तिवारी : २ लाख ८७ हजार ७ सय ८८ रुपैयाँ ३ पैसा
तारा घर्ती : १ लाख ३० हजार १८ रुपैयाँ ५५ पैसा
प्रतिमा पौडेल (लम्साल) : २ लाख ८० हजार ३ सय ७७ रुपैयाँ ५५ पैसा
करण चौधरी : ६ लाख ५५ हजार ७ सय ३० रुपैयाँ ४२ पैसा
बोधराज रेग्मी : ८ लाख १४ हजार २ सय ८१ रुपैयाँ ८३ पैसा
बसन्त देव नापित : ८६ हजार १ सय ३१ रुपैयाँ ४६ पैसा
सुरोज कुमार श्रेष्ठ : २६ लाख ५४ हजार ४ सय ८४ रुपैयाँ ९१ पैसा
निकिता केसी : १६ लाख ७९ हजार १ सय १६ रुपैयाँ ६४ पैसा
रेमबहादुर विक : २ लाख ५९ हजार ८ सय १३ रुपैयाँ ५३ पैसा
अर्जुन राना : ४६ हजार २ सय ८८ रुपैयाँ ६ पैसा
आशा आले : १ लाख ९८ हजार ६ सय ५० रुपैयाँ ५४ पैसा
कर्णबहादुर रानाभाट : ९ लाख ४१ हजार १ सय ४ रुपैयाँ ४५ पैसा
सिता कार्की : १५ हजार २ सय ९५ रुपैयाँ ६३ पैसा
सुजना देवी रिजाल कार्की : १ लाख ३ हजार ५ सय ३३ रुपैयाँ ५९ पैसा
रोशमाया गुरुङ : १ लाख १४ हजार ८ सय ३३ रुपैयाँ ५७ पैसा
लिला देवी गुरुङ : १ लाख ६८ हजार ६ सय १९ रुपैयाँ ९९ पैसा
नरमदा गुरुङ : ७९ हजार ६ सय ७७ रुपैयाँ ५७ पैसा
मिन प्रसाद गुरुङ : १८ हजार ८ सय ९७ रुपैयाँ २६ पैसा
शिवराज बराल : ७० हजार ८८ रुपैयाँ ६३ पैसा
मतियाररसहयोगी भूमिकाका प्रतिवादीहरूमा लगाइएको मुख्य आरोप (संक्षिप्त):
कृष्णबहादुर राउत (पूर्वअध्यक्ष) : ऐन नियम विपरीत हिनामिना हुँदा कुनै पहल नगरी मुख्य प्रतिवादीहरूलाई साथ सहयोग गरेको।
कुशल पौडेल (पूर्वसचिव) : हिनामिना र ठगीजन्य कार्यमा मुख्य प्रतिवादीहरूलाई सहयोग पुर्याएको।
भीमलाल पौडेल (पूर्वकोषाध्यक्ष) : पदिय जिम्मेवारीमा रहँदा हिनामिनालाई रोक्न नसकेको र मतियारको भूमिका निर्वाह गरेको ।
सुवास अधिकारी : मिटर ब्याजी, चर्को ब्याज असुली, कमिसन लेनदेन (३० लाख) र मुख्य प्रतिवादीहरूसँग मिलेमतो।
एकराज पराजुली : लेखा प्रमुखको पदमा रहँदा बैंक खाता संयुक्त सञ्चालन, रकम दुरुपयोग, जग्गा कारोबारमा संलग्नता र गैरकानुनी चेक हस्ताक्षर।
गोपाल खनाल : सदस्य पदमा रहँदा हिनामिनामा सहयोग पुर्याएको।
संगिता रेग्मी सुवेदी : सदस्य पदमा रहँदा ठगीजन्य कार्यमा सहयोग।
भुवन पौडेल : सेवा केन्द्र प्रमुखको जिम्मेवारीमा रहँदा हिनामिना भएको जग्गा आफ्नो नाममा पास गरेको।
जनकराज पौडेल : लेखा समिति सदस्य – लेखा सुपरीवेक्षण नगरी हिनामिनालाई साथ दिएको।
सूर्यबहादुर अधिकारी : लेखा समिति संयोजक -सुपरीवेक्षण नगरी भत्ता मात्र बुझ्ने।
जनकल्याण पराजुली : कानुनी परामर्श अधिकृतको हैसियतमा जग्गा झुक्याएर बिक्री, राजस्व छली।
उदयबहादुर पराजुली (पूर्वरजिस्ट्रार) : सेवा केन्द्र विस्तारको वहानामा १ करोड ५ लाख निकासी गरी प्रयोग गरेको।
प्रतिक लामिछाने : लेखा समिति सदस्य : सुपरीवेक्षण नगरी हिनामिनालाई साथ दिएको।
सौजना अधिकारी : जग्गाको लिखत र हिनामिना प्रकरणमा संलग्न।
शान्ति कुमारी के.सी. : क्रिस्टल सहकारी मर्जरको नाममा भएको अनियमिततामा संलग्न।
यी सबै प्रतिवादीहरूलाई सहकारी ऐन २०७४ अनुसार हदैसम्मको सजाय र बिगो बराबरको जरिवाना माग गरिएको छ ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन