
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
पोखरा, १७ जेठ । पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालमा चिकित्सकको चरम लापरबाही र बिरामीमाथि भएको अमानवीय दुर्व्यवहारको गम्भीर घटना सार्वजनिक भएको छ। उपचारका लागि गएकी एक महिला बिरामीलाई चिकित्सकले औषधिले गम्भीर ‘साइड इफेक्ट’ गरेर स्वास्थ्य नाजुक बनेको अवस्थामा समेत उल्टै गालीगलौज, दुर्व्यवहार र मानसिक हिंसा गरेको पाइएको छ।
पीडित बिरामी ज्योति कुमारी भण्डारीका अनुसार, उनले गत वैशाख ३१ गतेदेखि मणिपाल अस्पतालमा उपचार गराइरहेकी थिइन्। कन्सल्टेन्ट न्यूरोसर्जन डा. विशाल श्रेष्ठले सिफारिस गरेको औषधि सेवन गरेको पाँच दिनमै उनको शरीर सुन्निएर स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेपछि उनी थप उपचारका लागि जेठ ६ गते पुनः डा. श्रेष्ठकहाँ पुगेकी थिइन्।

नेपाल मणिपाल शिक्षण अस्पतालको प्रशासन कक्षमा पीडित र उनका आफन्तजनहरु । आफन्तहरुले दुर्व्यवहार गर्ने डाक्टरले माफी माग्नु पर्ने अडान राखेका छन् ।
तर, आफ्नो स्वास्थ्य समस्या राख्ने बित्तिकै डा. श्रेष्ठले आफ्नो गल्ती स्वीकार्नुको साटो उल्टै आक्रोशित हुँदै अभद्र व्यवहार र गालीगलौज सुरु गरेको पीडितको दाबी छ। ‘मैले मेरो स्वास्थ्य अवस्थाबारे जानकारी गराउन खोज्दा डा. श्रेष्ठले ‘यसलाई ब्ल्याकलिस्टमा राखिदिऊँ? म यहाँ खान नपाएर काम गर्न आएको होइन, जा कहाँ गएर भन्छेस भन्, मभन्दा जान्ने डाक्टरसँग देखा’ भन्दै धम्क्याए,’ पीडित भण्डारीले भनिन्। डा. श्रेष्ठले बिरामीका महत्वपूर्ण कागजातहरू (एमआरआई र एक्सरे रिपोर्टहरू) भुइँमा फालिदिँदै कार्यकक्षबाट बाहिर निस्कन आदेश दिएका थिए।

बिरामीमाथि गालीगलौज, दुर्व्यवहार र मानसिक हिंसा गरेको आरोप लागेका डा.विशाल श्रेष्ठ ।
यो घटनाले मणिपाल अस्पतालभित्र हुने यस्ता पटक–पटकका दुर्व्यवहारलाई पुनः सतहमा ल्याएको छ। अस्पताल स्रोतका अनुसार, डा. श्रेष्ठको यस्तो व्यवहारबाट बिरामी मात्र होइन, अस्पतालका सहकर्मीहरू समेत आजित छन्। तर, प्रशासनले भने सधैं यस्ता चिकित्सकहरूलाई संरक्षण गर्दै आएको आरोप लाग्ने गरेको छ।
बिरामी र उनका आफन्तले डा. श्रेष्ठले गरेको दुर्व्यवहारको जवाफदेहिता र माफीको माग गर्दै अस्पताल प्रशासनमा दबाब सिर्जना गरे पनि प्रशासनले घटनालाई हलुका रूपमा लिन खोजेको देखिन्छ। बिरामी पक्षले डाक्टरसँग प्रत्यक्ष संवाद गरी माफी माग्नुपर्ने अडान राख्दा प्रशासनले ‘अपरेशनमा रहेको’ भन्दै टारेको थियो। दिनभरको प्रतीक्षापछि प्रशासनले पहिले लिखित निवेदन दर्ता गराउन र त्यसपछि छलफल गराउने आश्वासन दिएपछि पीडित पक्षले औपचारिक निवेदन दर्ता गराएको छ।

प्रशासन कक्षमा भएको छलफलमा डा. बालगोपाल श्रेष्ठले डा. विशालको तर्फबाट माफी माग्दै घटनालाई साम्य पार्न खोजे पनि पीडित पक्षले अस्वीकार गरेका छन्।
‘शारीरिक र मानसिक रूपमा कमजोर भएर आएकी बिरामीमाथि चिकित्सकको यस्तो अहंकारी व्यवहार र धम्की चिकित्सा आचारसंहिता विपरितको अक्षम्य अपराध हो,’ पीडितले भनिन्। उनले अस्पतालको गरिमा जोगाउन र बिरामीको सुरक्षा सुनिश्चित गर्न डा. विशाल श्रेष्ठमाथि तत्काल निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न र आफूमाथि भएको मानसिक तथा मनोवैज्ञानिक क्षतिपूर्तिको माग गर्दै प्रशासनमा निवेदन दर्ता गराएकी छन्।

नेपाल मणिपाल शिक्षण अस्पतालको प्रशासन कक्षमा पीडित र आफन्तहरु ।
अस्पतालमा बेला–बेलामा चिकित्सक र प्रशासनको यस्तो दम्भले बिरामीहरू असुरक्षित महसुस गरिरहेका छन्। स्थानीय प्रशासन र स्वास्थ्य क्षेत्रको नियामक निकायले यस घटनालाई गम्भीरतापूर्वक लिएर छानबिन गर्नुपर्ने माग चौतर्फी उठ्न थालेको छ।
चिकित्सकको लापरबाही र दुर्व्यवहार : कानुनी उपचार
स्वास्थ्य सेवामा चिकित्सकबाट हुने अभद्र व्यवहार, गालीगलौज वा मानसिक हिंसा जस्ता गम्भीर घटनाहरूमा पीडित पक्षसँग नेपालको कानुन बमोजिम उपचार खोज्ने स्पष्ट अधिकार छ। अस्पताल प्रशासन वा चिकित्सकबाट हुने लापरबाही विरुद्ध पीडितहरूले कानुनी उपचारका लागि विभिन्न निकायहरूमा उजुरी दर्ता गर्न सक्ने व्यवस्था रहेको छ।

अस्पताल स्रोतका अनुसार, डा. विशाल श्रेष्ठको यस्तो व्यवहारबाट बिरामी मात्र होइन, अस्पतालका सहकर्मीहरू समेत आजित छन्। तस्विर एआई
पीडितहरूले कानुनी उपचारका लागि अपनाउन सक्ने मुख्य मार्गहरू यस प्रकार छन् :
नेपाल मेडिकल काउन्सिल : यदि चिकित्सकले आचारसंहिता उल्लंघन वा उपचारमा चरम लापरबाही गरेको खण्डमा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा ३९ बमोजिम काउन्सिलमा उजुरी दिन सकिन्छ। यस प्रक्रियामा काउन्सिलले घटनाको छानबिन गर्न विज्ञहरूको टोली वा ‘मेडिकल बोर्ड’ गठन गरी प्राविधिक पक्षको अध्ययन गर्दछ र दोषी पाइए लाइसेन्स खारेजीसम्मको कारबाही गर्न सक्छ।
उपभोक्ता अदालत : उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार स्वास्थ्य सेवालाई पनि ‘सेवा’को दायरामा राखिएको छ। तसर्थ, सेवा प्रदान गर्ने क्रममा कुनै पनि प्रकारको त्रुटि वा लापरबाही भएको खण्डमा पीडितले सम्बन्धित उपभोक्ता अदालतमा उजुरी दर्ता गर्न सक्दछन्।
जिल्ला प्रहरी कार्यालय : यदि घटनाको प्रकृतिमा कुटपिट, गालीगलौज वा अन्य कुनै आपराधिक क्रियाकलाप समावेश छ भने, मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत नजिकको जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन सकिन्छ।

पीडित ज्योति भण्डारी र आफन्त ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग : यदि अस्पताल सरकारी वा सार्वजनिक क्षेत्रको (जस्तै मणिपाल शिक्षण अस्पताल जस्ता निकाय) अन्तर्गत पर्दछ र त्यहाँको प्रशासनले जानाजानी भ्रष्टाचार वा पदको दुरुपयोग गरी चिकित्सकलाई संरक्षण गरेको छ भने, त्यस विरुद्ध अख्तियारमा समेत उजुरी दिन सकिन्छ।
त्यस्तै, नेपाल मेडिकल काउन्सिलले तोकेको आचारसंहिता विपरीत बिरामीलाई दुर्व्यवहार, गालीगलौज वा मानसिक हिंसा गरेको खण्डमा चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) निलम्बन वा खारेजीसम्मको कारबाही हुन सक्ने स्पष्ट कानुनी व्यवस्था छ। पीडित पक्षले आफ्नो न्याय सुनिश्चित गर्न र चिकित्सा क्षेत्रको मर्यादा कायम राख्न यी कानुनी माध्यमहरूको प्रयोग गरी दोषी उपर कारबाहीको प्रक्रिया अघि बढाउन सकिन्छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ