
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । कोभिड–१९ को जोखिमको प्रभावले व्यक्तिवादी सोच हावी हुने पश्चिमा संस्कृतिभन्दा सामूहिकता र मेलमिलापसहितको पूर्वीय दर्शनको महत्व र सार्थकता बढेको दावी गरिएको छ । अन्तर्राष्ट्रिय दर्शन दिवस २०२० का सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, त्रिभुवन विश्वविद्यालयको बौद्ध अध्ययन केन्द्रीय विभाग र त्रिचन्द्र क्याम्पस, मनोविज्ञान तथा दर्शनशास्त्र विभागद्वारा आयोजित दर्शनसम्बन्धी भर्चुअल गोष्ठीमा प्राज्ञ, विभिन्न विश्वविद्यालयका उपकुलपति र विद्वानले यस्तो दावी गर्नुभयो ।
उहाँहरुले सहअस्तित्वको बुद्ध दर्शन र जयपृथ्वीबहादुुर सिंहको मानवतावादी सोच नेपालकै दार्शनिक सम्पत्ति भएकाले अब यसलाई प्राज्ञिक स्थान दिन औपचारिक शिक्षामा समावेशीकरण बढाउन पनि आग्रह गर्नुभएको हो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महामारीले विश्वलाई दिएका बेला मानवजातिको सामूहिक प्रयत्नबाट यसको सामना गर्न सकिने भएकाले यस क्रममा नेपाली दर्शनहरुको प्रेरणा महत्वपूर्ण हुने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटा, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा डा भरत झा, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा डा लेखनाथ शर्मा, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंह, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा अम्मराज जोशी, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यराम रेग्मीले मानवजातिको जीवनमा दर्शनको महत्त्व र प्रभावका बारेमा विचार व्यक्त गर्नुभयो । लुम्बिनी विश्वविद्यालय, लुम्बिनीका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्य, पोखरा विश्वविद्यालयका उपकुपति प्रा डा प्रेमनारायण अर्याल, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा यादवाज कोइराला, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा रामकण्ठ माकजु, नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति प्रा डा यादवप्रकाश लामिछाने, गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङ र नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सेसका प्राध्यापक डा विशाल सिटौलाले नेपाली दर्शन र परम्परागत ज्ञानलाई औपचारिक अध्ययनको विषय बनाउन पहल गर्ने बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले मानव जीवनमा पूर्वीय दर्शनको विशेष महत्त्व रहेको र आजको सन्दर्भमा पूर्वीय दर्शनको सार्थकता पुष्टि भएको जिकिर गर्नुभयो । प्रतिष्ठानका सदस्यसचिव एवं दर्शनशास्त्र विभागका प्रमुख प्रा जगत प्रसाद उपाध्यायले उच्च मनोवल बनाएर महामारीको सामना गर्नु र विचारको नवीकरण गर्नु नै यस वर्षको दर्शन दिवसको मूल सन्देश भएको विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा डा गोविन्दशरण उपाध्यायले ‘कोभिड–१९ को सामाजिक तथा मनोवैज्ञानिक प्रभाव र यसको नियन्त्रणमा दर्शनको भूमिका’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा