
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
पोखरा, १७ साउन । गण्डकी प्रदेश उद्योग परिसंघको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत चयन भएका छन्। शनिबार पोखरामा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले बर्तौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षहरूमा दीपेन्द्रराज बस्ताकोटी, विक्रम कर्माचार्य, कृष्णप्रसाद गौतम र रुद्रलाल श्रेष्ठ चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा माधव बस्ताकोटी, यज्ञ रेग्मी, राजेश्वर आचार्य, फणीन्द्र शर्मा, प्रकाश भारती, अर्पणा पोखरेल, गणेशबहादुर थापा र प्रकाश आचार्य रहेका छन्।
अधिवेशनले देशको आर्थिक चुनौती सामना गर्न स्वदेशी उत्पादनलाई प्रोत्साहन र औद्योगिक विकासमार्फत रोजगारी सिर्जना गर्ने संकल्प गरेको छ। नवनिर्वाचित अध्यक्ष बर्तौलाले बढ्दो व्यापार घाटा र आयातमुखी अर्थतन्त्रले देशलाई परनिर्भर बनाएकोमा चिन्ता व्यक्त गरे। उनले भने, “अत्यावश्यक वस्तुबाहेक अन्य आयातलाई निरुत्साहित गरी स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति निर्माणमा हामी सरकारसँग सहकार्य गर्न तयार छौं।”
बर्तौलाले नयाँ उद्योग स्थापना गरी रोजगारीका अवसर सिर्जना गरेर विदेश पलायन हुन बाध्य युवाहरूलाई स्वदेशमै अवसर प्रदान गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको बताए। उनले श्रमिकहरूका लागि आकर्षक पारिश्रमिक र सुरक्षित भविष्यको प्रत्याभूति दिँदै गण्डकी प्रदेशलाई औद्योगिक हबको रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
२०७७ मा स्थापना भएको गण्डकी उद्योग परिसंघमा हाल ६५ जना सदस्य आवद्ध छन्। परिसंघले विगतमा प्रदेश र संघीय सरकारलाई बजेटसम्बन्धी सुझाव दिने, ‘इन्सुर’ परियोजनामार्फत प्राविधिक तालिम सञ्चालन गर्ने र पोखरामा आयोजित औद्योगिक व्यापार मेलामा उद्योगीहरूलाई निःशुल्क स्टल उपलब्ध गराउने जस्ता कार्यहरू गर्दै आएको छ।
निवर्तमान अध्यक्ष विनोद शर्मा न्यौपानेले आफ्नो कार्यकालको प्रतिवेदन प्रस्तुत गर्दै परिसंघको गतिविधि र भावी योजनाबारे जानकारी गराए। उनले परिसंघले औद्योगिक विकास र स्वदेशी उत्पादन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गरे।
नवनिर्वाचित अध्यक्ष बर्तौलाले गण्डकी प्रदेशलाई औद्योगिक क्षेत्रमा नयाँ उचाइमा पु¥याउन नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्योगीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाए। “हामीले स्वदेशी उद्योगलाई बलियो बनाएर मात्रै आर्थिक समृद्धि हासिल गर्न सक्छौं,” उनले भने।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ