
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा, ७ साउन । पोखरा वडा नं. २६ ले ज्येष्ठ नागरिक समूह र परियार समाजलाई लोकसंस्कृति जगेर्ना र धार्मिक गतिविधिलाई प्रोत्साहन गर्न वाद्ययन्त्र हस्तान्तरण गरेको छ। वडाध्यक्ष नरेन्द्र थापाले विभिन्न ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र र परियार समाजलाई खैँजडी, मादल, मुरुजा र पञ्चेबाजा सेट हस्तान्तरण गरेका हुन्।
ज्येष्ठ नागरिकका लागि घरेलुचौर दिवा सेवा केन्द्र, सक्नेरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, सर्वमोक्ष धाम मन्दिर, जटाशंकरको सिलिङ्गे ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, खाष्टेताल ज्येष्ठ नागरिक समाज र खराने चोक फराकको चौतारा ज्येष्ठ नागरिक समूहलाई वाद्ययन्त्र प्रदान गरिएको छ। यस्तै, देउराली मन्दिर समूहलाई पनि एक सेट वाद्ययन्त्र हस्तान्तरण गरिएको छ।
वाद्ययन्त्र हस्तान्तरण गर्दै वडाध्यक्ष थापाले ज्येष्ठ नागरिकको अनुभव, सीप र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। उनले ज्येष्ठ नागरिकहरू स्वाभाविक रूपमा धार्मिक र भजन–कीर्तनमा रुचि राख्ने भएकाले यस्ता वाद्ययन्त्रले उनीहरूको गतिविधिलाई थप सहज बनाउने बताए।
थापाले आफूहरू निर्वाचित भएपछि पहिलो निर्णयमै ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा खाजा वितरण र विपन्न सुत्केरीलाई पोषण वितरणको कार्यक्रम लागू गरेको स्मरण गरे। उनले वडाका चारवटा ज्येष्ठ नागरिक सेवा केन्द्रमा वार्षिक रूपमा खाजा वितरणको कार्यक्रम निरन्तर रहेको जानकारी दिए।
हस्तान्तरण कार्यक्रममा वडा सदस्य लक्ष्मीदेवी भट्टराई, सुजाता बराल सुनार, सचिव लीलामणि भण्डारीसहित वडा कार्यालयको टोली सहभागी थियो।
यसैबीच, लोकसंस्कृति संरक्षण र प्रवद्र्धनका लागि परियार समाज, पोखरा–२६ लाई पनि पञ्चेबाजाको एक सेट हस्तान्तरण गरिएको छ। समाजका अनिल परियारसहितको टोलीलाई वडाध्यक्ष थापाले उक्त सामग्री हस्तान्तरण गरे। यो पहलले स्थानीय कला र संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो