
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
लमजुङ, ३ साउन । लमजुङको बेंसीसहरस्थित कारागारको पर्खाल भत्किएपछि त्यहाँ रहेका १०९ जना कैदी र थुनुवालाई तनहुँको दमौली र कास्कीको पोखरास्थित कारागारमा स्थानान्तरण गरिएको छ। कारागारमा ६ जना महिलासहित १०८ जना थिए, भने एक जना पुरुष जिल्ला प्रहरीको थुनुवा कक्षमा थिए।
गत बुधबार वर्षाका कारण कारागारको पश्चिमी पर्खाल र मुख्य प्रवेशद्वार नजिकैको संरचना भत्किएको थियो। असुरक्षित अवस्था र तत्काल मर्मत सम्भव नभएपछि शनिबार कैदी र थुनुवालाई स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताए।
कारागार प्रशासक बेनीबहादुर मोक्तानका अनुसार ३१ जनालाई दमौली र ७८ जनालाई पोखरा पठाइएको छ। जसमा ५ जना महिला र ५२ जना पुरुष कैदी, तथा १ जना महिला र ५१ जना पुरुष थुनुवा छन्। स्थानान्तरणका लागि चार ठूला बस र एउटा माइक्रोबस प्रयोग गरियो, जसलाई सशस्त्र र नेपाल प्रहरीले स्कर्टिङ गरेको थियो।
यो कारागार वि.सं. २०२८ मा बनेको हो र ३५ जनाको मात्र क्षमता छ। तर, यहाँ तेब्बरभन्दा बढी कैदी र थुनुवा राखिँदै आएको थियो। जीर्ण संरचनाका कारण पटक–पटक पर्खाल भत्किने समस्या थियो। मर्मत नभएसम्म कैदी र थुनुवा पोखरा र दमौलीमै रहनेछन्।
नेपालका कारागारहरूमा क्षमता भन्दा बढी कैदी र थुनुवा राख्ने समस्याले स्वास्थ्य र दैनिक जीवनमा कठिनाइ निम्त्याएको छ । लमजुङको यो घटनाले कारागारको जीर्ण अवस्था र सुधारको आवश्यकतामलाई पनि उजागर गरेको छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम