
१नेपाली काँग्रेसको सभापतिमा गगन थापा
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
५सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
६एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
७चुनावी मैदानमा विप्लव
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
लमजुङ, ३ साउन । लमजुङको बेंसीसहरस्थित कारागारको पर्खाल भत्किएपछि त्यहाँ रहेका १०९ जना कैदी र थुनुवालाई तनहुँको दमौली र कास्कीको पोखरास्थित कारागारमा स्थानान्तरण गरिएको छ। कारागारमा ६ जना महिलासहित १०८ जना थिए, भने एक जना पुरुष जिल्ला प्रहरीको थुनुवा कक्षमा थिए।
गत बुधबार वर्षाका कारण कारागारको पश्चिमी पर्खाल र मुख्य प्रवेशद्वार नजिकैको संरचना भत्किएको थियो। असुरक्षित अवस्था र तत्काल मर्मत सम्भव नभएपछि शनिबार कैदी र थुनुवालाई स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताए।
कारागार प्रशासक बेनीबहादुर मोक्तानका अनुसार ३१ जनालाई दमौली र ७८ जनालाई पोखरा पठाइएको छ। जसमा ५ जना महिला र ५२ जना पुरुष कैदी, तथा १ जना महिला र ५१ जना पुरुष थुनुवा छन्। स्थानान्तरणका लागि चार ठूला बस र एउटा माइक्रोबस प्रयोग गरियो, जसलाई सशस्त्र र नेपाल प्रहरीले स्कर्टिङ गरेको थियो।
यो कारागार वि.सं. २०२८ मा बनेको हो र ३५ जनाको मात्र क्षमता छ। तर, यहाँ तेब्बरभन्दा बढी कैदी र थुनुवा राखिँदै आएको थियो। जीर्ण संरचनाका कारण पटक–पटक पर्खाल भत्किने समस्या थियो। मर्मत नभएसम्म कैदी र थुनुवा पोखरा र दमौलीमै रहनेछन्।
नेपालका कारागारहरूमा क्षमता भन्दा बढी कैदी र थुनुवा राख्ने समस्याले स्वास्थ्य र दैनिक जीवनमा कठिनाइ निम्त्याएको छ । लमजुङको यो घटनाले कारागारको जीर्ण अवस्था र सुधारको आवश्यकतामलाई पनि उजागर गरेको छ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण