
१पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३तिब्बतर्फ ताल पुन: फुट्यो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
८बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
९स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१०पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
पोखरा, १ जेठ । पृथ्वीनारायण क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियनको आवरणमा गुन्डागर्दी मौंलाएको छ । स्ववियुका केही नेताहरुको पछिल्ला गतिविधिहरुले क्याम्पस नै आतंकित र त्रसित हुन पुगेको छ । पृथ्वीनारायण क्याम्पसमा स्ववियुको आवरणमा एमाले कार्यकर्ताले खुलेआम गुन्डाराज चलाई रहेका छन् ।

उपप्राध्यापक डा.देवीलाल शर्मालाई क्याम्पस प्रमुखको कार्यकक्षमा कुट्दै दलित संगठनका नेताहरु । कुटपिट भईरहँदा पीडित भनिएका अमन परियार पनि त्यहीं थिए ।
एकजना उपप्राध्यापकमाथि स्वतन्त्र विद्यार्थी युनियनका जिम्मेवार नेताहरुले गुन्डागर्दी शैलीमा क्याम्पस प्रमुखको कार्यकक्षमा नै कुटपिट गरेको सिसिटिभी फुटेज बाहिरिएसँगैं यो तथ्य पुष्टि भएको हो । व्यवस्थापन अनुसन्धान विभागका प्रमुख उपप्राध्यापक डा. देवीलाल शर्मामाथि वैशाख ३० गते मंगलबारका दिन पौने १२ बजेको समयमा स्ववियुका सचिव विराट दुवाडीको नेतृत्वमा गएको टोलीले पटक–पटक आक्रमण गरेका थिए ।
स्ववियु सचिव दुवाडी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु पृथ्वीनाराय क्याम्पस कमिटी पोखराका संयोजक समेत हुन् । पृथ्वीनारायण क्याम्पसमा एमाले निकट विद्यार्थी संगठनको स्ववियुमा नेतृत्व रहेको छ । अनेरास्ववियुले विवाद मिलाउने नाममा सुनियोजित रुपमा राजनीतिक प्रतिशोध साँध्दैं आक्रमणमा उत्रिएको थियो । अनेरास्ववियुका कार्यकर्ताबाट कुटिएका उपप्राध्यापक डा. शर्मा नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ पिएन क्याम्पसका ईकाई सभापति समेत हुन् ।
कुनै पनि विद्यार्थीलाई परेको मर्का र समस्याका विषयमा स्ववियुमा लिखित वा मौखिक जानकारी दिएपछि समस्या समाधानका लागि पहल गर्नुपर्ने नेताहरुले नै आफ्नो दलगत स्वार्थ पुरा गर्न खोज्दा जातिय विभेद र अपहेलनाको विषयमाथि नैं प्रश्न चिन्ह खडा भएको छ ।

स्ववियु सचिव विराट दुवाडी उपप्राध्यापक डा.देवीलाल शर्मालाई क्याम्पस प्रमुखको कार्यकक्षमा कुट्दै ।
विवादको जड:
पिएन क्याम्पसमा एमबिए तेस्रो वर्षमा अध्ययनरत अमन परियारले वैशाख २५ गतेदेखि २९ गतेसम्म भएको शैक्षिक भ्रमणका क्रममा उपप्राध्यापक डा.शर्माले जातीय विभेद गरेको आरोप लगाएका छन् । शौक्षिक भ्रमणमा गएका बेला सिन्धुलीमा बस बिग्रिएको समय उपप्राध्यापक शर्माले जातीय विभेदजन्य र अश्लिल शब्द प्रयोग गरेर गालीगलौज गरेको उनको भनाई थियो ।
उपप्राध्यापक डा. शर्माले गल्ति गरेको भए प्रक्रियामा गएर स्ववियुका जिम्मेवार नेताले कारवाही गराउन सक्थे । तर एकाएक कुटपिटमा उत्रिएपछि आफूहरु जोगिन र घटनालाई साम्य पार्न स्ववियु लगायतले जातीय विभेदको विषयलाई मात्र केन्द्रित गर्दै कुटपिटको घटनालाई लुकाएर विज्ञप्ति जारी गरेका थिए ।
शैक्षिक भ्रमणका क्रममा विद्यार्थी अमन परियारलाई उपप्राध्यापक डा. शर्माले अपमानजनक शब्द प्रयोग गरेको आरोप लागेपछि सोही विषयमा क्याम्पस प्रमुखको कार्यकक्षमा छलफल चलिरहेको थियो । छलफलका क्रममा उपप्राध्यापक डा.शर्मालाई स्ववियु सचिव विराट दुवाडी, स्ववियु सदस्य सुशिल अधिकारी, अनेरास्ववियुका बिक्रम क्षेत्री र विद्यार्थी अमृत विक लगायतको टोलीले कुटपिट गरेका थिए ।
क्याम्पस प्रमुखको कार्यकक्षमा पुगेका उपप्राध्यापक डा. देवीलाल शर्मालाई घटनाका विषयमा केही पनि जानकारी नगराई सिधै त्यहीं बोलाएर झडपको स्थिति सिर्जनागरी धम्कीपूर्ण ढंगले जबरजस्ती गरिएको त्यहाँ उपस्थित एक प्राध्यापकले बताए । ती प्राध्यापकले भने–‘एमाले र काँग्रेसका केही मित्रहरु पनि डा.शर्मालाई विवादमा ल्याएर सिध्याउन चाहन्छन् । त्यसैले यहीं मौंकालाई हतियार बनाउन धेरै साथीहरु लागे ।’
जातिय विभेदको विषयमा केन्द्रित हुनुको साटो गुन्डागर्दी शैलीमा फरक विचार बोकेका उपप्राध्यापकमाथि गरिएको आक्रमणले विवाद सुल्झाउनुको साटो झन् बल्झाएको छ । उपप्राध्यापक डा. शर्माले गल्ति गरेको भए प्रक्रियामा गएर स्ववियुका जिम्मेवार नेताले कारवाही गराउन सक्थे । तर एकाएक कुटपिटमा उत्रिएपछि आफूहरु जोगिन र घटनालाई साम्य पार्न स्ववियु लगायतले जातीय विभेदको विषयलाई मात्र केन्द्रित गर्दै कुटपिटको घटनालाई लुकाएर विज्ञप्ति जारी गरेका थिए ।

उपप्राध्यापक डा.देवीलाल शर्मालाई कुट्दै स्ववियुका नेतादेखि दलित संगठनका नेताहरु ।
क्याम्पस प्रमुखको कार्यकक्षमा पुगेका उपप्राध्यापक डा. देवीलाल शर्मालाई घटनाका विषयमा केही पनि जानकारी नगराई सिधै त्यहीं बोलाएर झडपको स्थिति सिर्जनागरी धम्कीपूर्ण ढंगले जबरजस्ती गरिएको त्यहाँ उपस्थित एक प्राध्यापकले बताए । ती प्राध्यापकले भने–‘एमाले र काँग्रेसका केही मित्रहरु पनि डा.शर्मालाई विवादमा ल्याएर सिध्याउन चाहन्छन् । त्यसैले यहीं मौंकालाई हतियार बनाउन धेरै साथीहरु लागे । ‘
यस विषयमा प्रश्न गर्दा स्ववियुका सचिव दुवाडीले आफूले मिलाउन खोज्दा खोज्दैं माहोल चर्किएको, अलि अलि धकेलाधकेल सबै पक्षबाट भएको र बाहिर हात हालाहाल ग¥यो भनेर राजनीतिकरण गर्न खोजिएको आरोप लगाए ।
उपप्राध्यापक डा. शर्मामाथि आक्रमण गर्ने अर्का स्ववियु सदस्य सुशिल अधिकारीले भने–‘हामीले कुटपिट गरेका छैंनौं, त्यहीं नैं हो । धकेलाधुकुल भएको हो । हामी मिलाउन गएको हो ।’ त्यसैगरी, आक्रमणमा संलग्न अर्का विद्यार्थी अमृत विकले जेलमा जान परे पनि छाति थापेर जाने र समुदायका लागि आफू लडेको बताए ।
यस सम्बन्धमा थप जानकारी लिनका लागि उपप्राध्यापक डा.शर्मालाई सम्पर्क गर्न खोज्दा मोवाइल स्वीच अफ भएका कारण सम्पर्क हुन सकेन।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति