
१महान्यायाधिवक्ताको विवादास्पद निर्णय
२नेपाली काँग्रेसको सभापतिमा गगन थापा
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
८चुनावी मैदानमा विप्लव
९राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१०पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
११जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
पोखरा, २८ वैशाख । कास्कीको माछापुच्छ्रे गाउँपालिका ३, घाचोकस्थित माछापुच्छ्रे बुद्धविहारलाई विपश्यना ध्यान केन्द्रको रुपमा विकास गर्न स्थानीयले आग्रह गरेका छन् ।
विसं १९६१ माघ २२ मा पिता टीकाराम र माता पूर्णकलाको कोखबाट घाचोकमा जन्मिएका जयलाल लम्साल शान्ति र ज्ञानको खोजीमा ७५ वर्षको उमेरमा बुद्ध धर्ममा लागेर ‘भिक्षु शुभद्र’ नामबाट परिचित भएका थिए ।
बुद्ध धर्मको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याएका उनले २०६२ जेठ ६ मा १०१ वर्षको उमेरमा परिनिर्वाण प्राप्त गरेका थिए । भिक्षु शुभद्रको १२१ औं स्मृति सभामा उनको जन्मस्थल घाचोकमा शनिबार आयोजित कार्यक्रममा वक्ताले बुद्धविहारलाई विपश्यना ध्यान केन्द्रको रुपमा विकास गरी अघि बढ्न सुझाव दिएका हुन् ।
धर्मशीला बुद्धविहारका भिक्षु धज्जवन्तोले उक्त कार्यक्रमको उद्घाटन गर्दै भिक्षु शुभद्रले देखाएको बाटो अवलम्बन गर्न सकेमात्र श्रद्धा व्यक्त गरेको सार्थक ठहरिने बताए ।
भगवान् बुद्धले ब्राह्मण जातले होइन, ज्ञानले हुने बताएको उल्लेख गर्दै बुद्धको यही सन्देश भिक्षु शुभद्रले पे्ररणाको रुपमा लिएको आफूले महसुस गरेको उनले बताए ।
माछापुच्छ्रे–३ का वडाध्यक्ष हरिश्चन्द्र लम्सालले घाचोकको विकासमा भिक्षु शुभद्रको उल्लेखनीय योगदान रहेको स्मरण गरे ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले भिक्षु शुभद्रले तपस्या गरेको स्थल र माछापुच्छ्रे बुद्ध विहारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने उल्लेख गरे ।
पूर्व वडाध्यक्ष सूर्यप्रसाद लम्सालले भिक्षु शुभद्र सामाजिक रुपातरणका आदर्श व्यक्तित्व भएको बताए ।
सिर्जना साहित्य सदनका पूर्व अध्यक्ष महेश्वर पोखरेलले सिर्जना पत्रिकाले ‘भिक्षु शुभद्र विशेषाङ्क’ प्रकाशित गरेको स्मरण गर्दै देशका धेरै अग्रज व्यक्तिहरुबाट उनको योगदानबारे आफूले जानकारी पाएको बताए ।
विश्व शान्ति स्तुप, अनदुका पूर्व अध्यक्ष प्रकाशमान गुभाजूले भिक्षु शुभद्रकाबारे विभिन्न जानकारी दिँदै भने, ‘उहाँ वुढो भन्तेकोरुपमा चिनिनुहुन्थ्यो र भिक्षाको सदुपयोग हुनुपर्नेमा जोड दिनु हुन्थ्यो ।’
कार्यक्रममा स्वागत मन्तव्य राख्दै भिक्षु शुभद्रका नाति सुरेश लम्सालले उहाँको सामाजिक, राजनीतिक र धार्मिक पक्षको चर्चा गरे । साथै उनले माछापुच्छ«े बुद्धविहारलाई विपश्यना ध्यान केन्द्रको रुपमा विकास गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
धर्मशीला बुद्धविहार दायक सभाको आयोजना तथा भिक्षुका परिवारजनको व्यवस्थापनमा भएको उक्त कार्यक्रममा अध्यक्षको आसनबाट धन्यवाद मन्तव्य राख्दै दायक सभाका अध्यक्ष श्याम शाक्यले हरेक वर्ष बुद्धजयन्तीमा भिक्षु शुभद्रको स्मृतिमा कार्यक्रम हुँदै आएको जानकारी दिए । नाति सुशील लम्सालले कार्यक्रम सञ्चालन गरेका थिए ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण