
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
९कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१०रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
पोखरा, २८ वैशाख । कास्कीको माछापुच्छ्रे गाउँपालिका ३, घाचोकस्थित माछापुच्छ्रे बुद्धविहारलाई विपश्यना ध्यान केन्द्रको रुपमा विकास गर्न स्थानीयले आग्रह गरेका छन् ।
विसं १९६१ माघ २२ मा पिता टीकाराम र माता पूर्णकलाको कोखबाट घाचोकमा जन्मिएका जयलाल लम्साल शान्ति र ज्ञानको खोजीमा ७५ वर्षको उमेरमा बुद्ध धर्ममा लागेर ‘भिक्षु शुभद्र’ नामबाट परिचित भएका थिए ।
बुद्ध धर्मको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याएका उनले २०६२ जेठ ६ मा १०१ वर्षको उमेरमा परिनिर्वाण प्राप्त गरेका थिए । भिक्षु शुभद्रको १२१ औं स्मृति सभामा उनको जन्मस्थल घाचोकमा शनिबार आयोजित कार्यक्रममा वक्ताले बुद्धविहारलाई विपश्यना ध्यान केन्द्रको रुपमा विकास गरी अघि बढ्न सुझाव दिएका हुन् ।
धर्मशीला बुद्धविहारका भिक्षु धज्जवन्तोले उक्त कार्यक्रमको उद्घाटन गर्दै भिक्षु शुभद्रले देखाएको बाटो अवलम्बन गर्न सकेमात्र श्रद्धा व्यक्त गरेको सार्थक ठहरिने बताए ।
भगवान् बुद्धले ब्राह्मण जातले होइन, ज्ञानले हुने बताएको उल्लेख गर्दै बुद्धको यही सन्देश भिक्षु शुभद्रले पे्ररणाको रुपमा लिएको आफूले महसुस गरेको उनले बताए ।
माछापुच्छ्रे–३ का वडाध्यक्ष हरिश्चन्द्र लम्सालले घाचोकको विकासमा भिक्षु शुभद्रको उल्लेखनीय योगदान रहेको स्मरण गरे ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले भिक्षु शुभद्रले तपस्या गरेको स्थल र माछापुच्छ्रे बुद्ध विहारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने उल्लेख गरे ।
पूर्व वडाध्यक्ष सूर्यप्रसाद लम्सालले भिक्षु शुभद्र सामाजिक रुपातरणका आदर्श व्यक्तित्व भएको बताए ।
सिर्जना साहित्य सदनका पूर्व अध्यक्ष महेश्वर पोखरेलले सिर्जना पत्रिकाले ‘भिक्षु शुभद्र विशेषाङ्क’ प्रकाशित गरेको स्मरण गर्दै देशका धेरै अग्रज व्यक्तिहरुबाट उनको योगदानबारे आफूले जानकारी पाएको बताए ।
विश्व शान्ति स्तुप, अनदुका पूर्व अध्यक्ष प्रकाशमान गुभाजूले भिक्षु शुभद्रकाबारे विभिन्न जानकारी दिँदै भने, ‘उहाँ वुढो भन्तेकोरुपमा चिनिनुहुन्थ्यो र भिक्षाको सदुपयोग हुनुपर्नेमा जोड दिनु हुन्थ्यो ।’
कार्यक्रममा स्वागत मन्तव्य राख्दै भिक्षु शुभद्रका नाति सुरेश लम्सालले उहाँको सामाजिक, राजनीतिक र धार्मिक पक्षको चर्चा गरे । साथै उनले माछापुच्छ«े बुद्धविहारलाई विपश्यना ध्यान केन्द्रको रुपमा विकास गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
धर्मशीला बुद्धविहार दायक सभाको आयोजना तथा भिक्षुका परिवारजनको व्यवस्थापनमा भएको उक्त कार्यक्रममा अध्यक्षको आसनबाट धन्यवाद मन्तव्य राख्दै दायक सभाका अध्यक्ष श्याम शाक्यले हरेक वर्ष बुद्धजयन्तीमा भिक्षु शुभद्रको स्मृतिमा कार्यक्रम हुँदै आएको जानकारी दिए । नाति सुशील लम्सालले कार्यक्रम सञ्चालन गरेका थिए ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग