News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

प्रधानमन्त्री ओलीबाट भाइटीका ग्रहण

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालासँग आज प्रधानमन्त्री निवास बालुवाटारमा तिहारको भाइटीका लगाउनुभएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले पनि बहिनीलाई टीका लगाइदिनुभयो । कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहनुभएकाले प्रधानमन्त्री ओलीले एक बहिनीबाट मात्र भाइटीका लगाउनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।