
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
वासुदेव पौडेल, तनहुँ, २७ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ वैद्यपानी सिम्लेस्थित लाटी बाराही मन्दिर यहाँको प्राचीन तीर्थस्थल हो । प्राचीन तीर्थस्थलका रुपमा पुस्तौँदेखि पूजाआजा हुँदै आए पनि यो मन्दिर स्थापनाको यकिन तिथिमिति भने अझै अनुसन्धानकै पर्खाइमा छ ।
मन्दिर परिसरमा रहेको जलकुण्डमा बाह्रै महिना नै पानी भइरहनुले पनि यहाँको धार्मिक विश्वास बढाएको स्थानीय कुलबहादुर कुमाल बताउनुहुन्छ । पहराको कुनामा रहेको यस मन्दिर परिसरस्थित कुण्डमा तलबाट भुलभुल गरी पानी निरन्तर आइरहने र जस्तोसुकै खडेरीमा पानी नसुक्नु यहाँको विशिष्टता भएको उहाँले बताउनुभयो ।
“यो जिजुबाजेका पालादेखि नै श्रद्धा भक्तिका साथ पूजाआजा हुँदै आएको तीर्थस्थल हो”, उहाँले भन्नुभयो, “बोली नफुटेका बालबच्चालाई यहाँ ल्याएर कुण्डमा नुहाइदिएमा बोली आउने विश्वासले पनि यहाँको महिमा र गरिमा अझै चुलिएको छ ।”
बोली दिने देवीका रुपमा यस तीर्थस्थललाई लाटी बाराहीका रुपमा पूजाआजा गर्दै आइएको बताउँदै उहाँले प्रत्येक वर्ष वैशाख पूर्णिमा पछिको पञ्चमी तिथिमा बलिपूजासहित विशेष पूजाआजा गर्ने गरिएको जानकारी दिनुभयो ।
बच्चा नबोलेकै कारण थुप्रै धनराशि खर्चेर उपचार गर्दा पनि बोली नआएका बच्चालाई यहाँ ल्याएर कुण्डमा स्नान गराउँदै पूजाआजा गरेपछि बोली आएका धेरै उदाहरण रहेको स्थानीय बताउँछन् । बच्चाको बोली नआएकै कारण समस्यामा परिहेका दुई–तीनजना अभिभावकले यहाँ आएर पूजाआजा गरेपछि बच्चाको बोली आएको आफूले प्रत्यक्ष अनुभूति गरेको अर्का स्थानीय समाजसेवी श्रीराम सिग्देल बताउनुहुन्छ ।
प्राचीनकालदेखि नै यहाँस्थित मन्दिर रहेको कुण्ड वरपर जुठो तथा फोहोर गर्न हुन्न भन्ने विश्वासका कारण मन्दिर परिसर नजिकमा पानी नपिउने गरिएको उहाँले जानकारी दिनुभयो । पछिल्ला समयमा मन्दिर परिसरमा आएर भाकल पूजाका साथै अन्य ग्रहपूजा आदि गर्नका लागि ठाउँ ठाउँबाट सर्वसाधारण आउने गरेको उहाँको भनाइ छ ।
प्राचीनकालमा वैद्यहरूले उपचारका लागि यहाँको पानी प्रयोग गर्ने भएकाले यस ठाउँको नाम वैद्यपानी भन्ने गरिएको बूढापाका बताउँछन् । उमेर पुगेर पनि नबोल्ने बालबालिकालाई उक्त मन्दिरमा लगेर पूजाआजा गराएमा बोली आउने जनविश्वासका कारण पछिल्ला केही वर्षयता तनहुँ, कास्कीलगायतका विभिन्न जिल्लाबाट यहाँ दर्शनार्थी आउने गरेको उनीहरूको भनाइ छ ।
मन्दिरको स्थापना कहिले भयो भन्ने यकिन तथ्य अझै फेला नपरेको बताउने स्थानीय विष्णु खनाल आफूहरूले बाल्यकालमा उक्त स्थानमा सामान्य मौलो एवं शिला मात्रै देखेको अनुभव सुनाउनुहुन्छ । पछिल्लो समयमा महिला जागरण आमा समूहले लाटी बाराहीको मन्दिर निर्माण गर्दै यस स्थानलाई व्यवस्थित बनाउने प्रयास गरेको छ । खरखरे पहरोका बेंसीमा रहेको मन्दिर परिसरमा मौलो गाडिएको स्थानमा बेलाबेलामा लहरी छुट्नुलाई स्थानीयले धार्मिक आस्था एवम् विश्वाससँग जोडेर हेर्ने गरेका छन् ।
प्रत्येक वर्षको बडादसैँ र वैशाख पूर्णिमामा विशेष पूजाआजा गर्ने गरिएको यस मन्दिरमा बच्चाको बोली आउने विश्वासले टाढाटाढाबाट दर्शनार्थी आउने गरे पनि यहाँको अपेक्षित प्रचार भने हुन नसकेको क्याङ्दी मार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष लेखनाथ तिवारीले बताउनुभयो ।
उहाँले क्याङ्दी खोलामा पुल नभएकै कारण लामो समयदेखि यो क्षेत्र पछि परेको बताउँदै यहाँले यस स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने धेरै सम्भावना रहेको जानकारी दिनुभयो ।
पछिल्लो समयमा क्याङ्दी खोलामा पुल बनेसँगै तनहुँको दुलेगौंडाबाट सिम्ले, बाह्रविसे, कोखेबेँसी, जरेवर हुँदै साँखे लगायतका स्थानमा सवारी साधनबाट सर्वसाधारण आवतजावत गर्ने गरेका छन् । त्यस्तै जरेवर, चिसापानी, चिन्नेवासलगायत स्थानमा पनि सवारी साधन पुग्ने गरेका छन् ।
यस क्षेत्रमा रहेको लाटी बारही मन्दिरसँगै यहाँका भागरलगायत समग्र क्याङ्दी फाँटको समृद्धि र विकासका सम्भावनालाई उजागर गर्नु जरुरी रहेको नेपाली कांग्रेस तनहुँ क्षेत्र नं २ का सभापति चुडामणि खनाल बताउनुहुन्छ । “लाटी बाराही तीर्थस्थलसँगै यहाँको उब्जाउयोग्य भागर, वैद्यपानी, अरौँदीलगायत समग्र क्याङ्दी फाँटमा धार्मिक पर्यटनसँगै कृषि पर्यटनको विकास गर्न सकिन्छ”, उहाँले भन्नुुभयो, “क्याङ्दी खोलाको कटान नियन्त्रणसँगै उक्त खोलाको पानीलाई क्याङ्दी फाँटमा सिँचाइ गर्न सकिएमा कृषिबाटै यहाँका स्थानीयको समृद्धि हासिल हुने पक्का छ ।”
पछिल्लो समयमा दूध तथा तरकारी उत्पादनमा पनि अग्रणी स्थान ओगटिरहेको यस क्षेत्रमा सिँचाइलाई मात्रै व्यवस्थित गर्न सकेमा बढ्दो युवा विदेश पलायनलाई पनि रोक्न सकिने उहाँले बताउनुभयो । यस क्षेत्रमा माछापालनसहित तरकारी तथा फलफूलखेतीका पनि धेरै सम्भावना रहेको बताउँदै उहाँले क्याङ्दी पुलको निर्माण कार्यलाई पूर्ण रुपमा सम्पन्न गर्दै यहाँबाट जरेरबरसम्मको बाटोलाई व्यवस्थित बनाउन सकेमा त्यो यस क्षेत्रको समृद्धि र विकासका लागि महत्वपूर्ण आधार बन्ने बताउनुभयो ।
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय