
१जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
४लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
५माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
६रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
७प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
८रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
९रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१०नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
११प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
वासुदेव पौडेल, तनहुँ, २७ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ वैद्यपानी सिम्लेस्थित लाटी बाराही मन्दिर यहाँको प्राचीन तीर्थस्थल हो । प्राचीन तीर्थस्थलका रुपमा पुस्तौँदेखि पूजाआजा हुँदै आए पनि यो मन्दिर स्थापनाको यकिन तिथिमिति भने अझै अनुसन्धानकै पर्खाइमा छ ।
मन्दिर परिसरमा रहेको जलकुण्डमा बाह्रै महिना नै पानी भइरहनुले पनि यहाँको धार्मिक विश्वास बढाएको स्थानीय कुलबहादुर कुमाल बताउनुहुन्छ । पहराको कुनामा रहेको यस मन्दिर परिसरस्थित कुण्डमा तलबाट भुलभुल गरी पानी निरन्तर आइरहने र जस्तोसुकै खडेरीमा पानी नसुक्नु यहाँको विशिष्टता भएको उहाँले बताउनुभयो ।
“यो जिजुबाजेका पालादेखि नै श्रद्धा भक्तिका साथ पूजाआजा हुँदै आएको तीर्थस्थल हो”, उहाँले भन्नुभयो, “बोली नफुटेका बालबच्चालाई यहाँ ल्याएर कुण्डमा नुहाइदिएमा बोली आउने विश्वासले पनि यहाँको महिमा र गरिमा अझै चुलिएको छ ।”
बोली दिने देवीका रुपमा यस तीर्थस्थललाई लाटी बाराहीका रुपमा पूजाआजा गर्दै आइएको बताउँदै उहाँले प्रत्येक वर्ष वैशाख पूर्णिमा पछिको पञ्चमी तिथिमा बलिपूजासहित विशेष पूजाआजा गर्ने गरिएको जानकारी दिनुभयो ।
बच्चा नबोलेकै कारण थुप्रै धनराशि खर्चेर उपचार गर्दा पनि बोली नआएका बच्चालाई यहाँ ल्याएर कुण्डमा स्नान गराउँदै पूजाआजा गरेपछि बोली आएका धेरै उदाहरण रहेको स्थानीय बताउँछन् । बच्चाको बोली नआएकै कारण समस्यामा परिहेका दुई–तीनजना अभिभावकले यहाँ आएर पूजाआजा गरेपछि बच्चाको बोली आएको आफूले प्रत्यक्ष अनुभूति गरेको अर्का स्थानीय समाजसेवी श्रीराम सिग्देल बताउनुहुन्छ ।
प्राचीनकालदेखि नै यहाँस्थित मन्दिर रहेको कुण्ड वरपर जुठो तथा फोहोर गर्न हुन्न भन्ने विश्वासका कारण मन्दिर परिसर नजिकमा पानी नपिउने गरिएको उहाँले जानकारी दिनुभयो । पछिल्ला समयमा मन्दिर परिसरमा आएर भाकल पूजाका साथै अन्य ग्रहपूजा आदि गर्नका लागि ठाउँ ठाउँबाट सर्वसाधारण आउने गरेको उहाँको भनाइ छ ।
प्राचीनकालमा वैद्यहरूले उपचारका लागि यहाँको पानी प्रयोग गर्ने भएकाले यस ठाउँको नाम वैद्यपानी भन्ने गरिएको बूढापाका बताउँछन् । उमेर पुगेर पनि नबोल्ने बालबालिकालाई उक्त मन्दिरमा लगेर पूजाआजा गराएमा बोली आउने जनविश्वासका कारण पछिल्ला केही वर्षयता तनहुँ, कास्कीलगायतका विभिन्न जिल्लाबाट यहाँ दर्शनार्थी आउने गरेको उनीहरूको भनाइ छ ।
मन्दिरको स्थापना कहिले भयो भन्ने यकिन तथ्य अझै फेला नपरेको बताउने स्थानीय विष्णु खनाल आफूहरूले बाल्यकालमा उक्त स्थानमा सामान्य मौलो एवं शिला मात्रै देखेको अनुभव सुनाउनुहुन्छ । पछिल्लो समयमा महिला जागरण आमा समूहले लाटी बाराहीको मन्दिर निर्माण गर्दै यस स्थानलाई व्यवस्थित बनाउने प्रयास गरेको छ । खरखरे पहरोका बेंसीमा रहेको मन्दिर परिसरमा मौलो गाडिएको स्थानमा बेलाबेलामा लहरी छुट्नुलाई स्थानीयले धार्मिक आस्था एवम् विश्वाससँग जोडेर हेर्ने गरेका छन् ।
प्रत्येक वर्षको बडादसैँ र वैशाख पूर्णिमामा विशेष पूजाआजा गर्ने गरिएको यस मन्दिरमा बच्चाको बोली आउने विश्वासले टाढाटाढाबाट दर्शनार्थी आउने गरे पनि यहाँको अपेक्षित प्रचार भने हुन नसकेको क्याङ्दी मार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष लेखनाथ तिवारीले बताउनुभयो ।
उहाँले क्याङ्दी खोलामा पुल नभएकै कारण लामो समयदेखि यो क्षेत्र पछि परेको बताउँदै यहाँले यस स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने धेरै सम्भावना रहेको जानकारी दिनुभयो ।
पछिल्लो समयमा क्याङ्दी खोलामा पुल बनेसँगै तनहुँको दुलेगौंडाबाट सिम्ले, बाह्रविसे, कोखेबेँसी, जरेवर हुँदै साँखे लगायतका स्थानमा सवारी साधनबाट सर्वसाधारण आवतजावत गर्ने गरेका छन् । त्यस्तै जरेवर, चिसापानी, चिन्नेवासलगायत स्थानमा पनि सवारी साधन पुग्ने गरेका छन् ।
यस क्षेत्रमा रहेको लाटी बारही मन्दिरसँगै यहाँका भागरलगायत समग्र क्याङ्दी फाँटको समृद्धि र विकासका सम्भावनालाई उजागर गर्नु जरुरी रहेको नेपाली कांग्रेस तनहुँ क्षेत्र नं २ का सभापति चुडामणि खनाल बताउनुहुन्छ । “लाटी बाराही तीर्थस्थलसँगै यहाँको उब्जाउयोग्य भागर, वैद्यपानी, अरौँदीलगायत समग्र क्याङ्दी फाँटमा धार्मिक पर्यटनसँगै कृषि पर्यटनको विकास गर्न सकिन्छ”, उहाँले भन्नुुभयो, “क्याङ्दी खोलाको कटान नियन्त्रणसँगै उक्त खोलाको पानीलाई क्याङ्दी फाँटमा सिँचाइ गर्न सकिएमा कृषिबाटै यहाँका स्थानीयको समृद्धि हासिल हुने पक्का छ ।”
पछिल्लो समयमा दूध तथा तरकारी उत्पादनमा पनि अग्रणी स्थान ओगटिरहेको यस क्षेत्रमा सिँचाइलाई मात्रै व्यवस्थित गर्न सकेमा बढ्दो युवा विदेश पलायनलाई पनि रोक्न सकिने उहाँले बताउनुभयो । यस क्षेत्रमा माछापालनसहित तरकारी तथा फलफूलखेतीका पनि धेरै सम्भावना रहेको बताउँदै उहाँले क्याङ्दी पुलको निर्माण कार्यलाई पूर्ण रुपमा सम्पन्न गर्दै यहाँबाट जरेरबरसम्मको बाटोलाई व्यवस्थित बनाउन सकेमा त्यो यस क्षेत्रको समृद्धि र विकासका लागि महत्वपूर्ण आधार बन्ने बताउनुभयो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए