
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
८पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
९प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१०पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
गण्डकी, १६ पुस : पोखरेली गजलकारहरूले बहर वा स्वतन्त्र लयविधान जुनसुकै शैलीमा लेखिए पनि त्यो गजल नै हुने ठहर गरेका छन् । पोखरामा आयोजित गजलप्रेमीहरूको भेलाले नेपाली गजलमा देखिँदै आएको विवाद अनावश्यक रहेको निष्कर्ष निकालेको हो ।
भेलाले जारी गरेको सातबुँदे घोषणापत्रमा गैरबहरमा लेखिएका गजललाई गजल भन्न नहुने भन्दै केही समयदेखि केही गजलकाहरूले सञ्चालन गरेको अभियानले नवप्रवेशी गजलकारलाई दिग्भ्रमित पार्ने उल्लेख छ । भेलामा अवधारणापत्र प्रस्तुत गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले गजलमा आएको विवादले राम्रा गजलकामासमेत गजलप्रति वितृष्णा जगाएको बताउनुभयो । विशेष गरी बहरवादीहरूले स्वतन्त्र गजलप्रति गर्ने गालीगलौज र आक्षेपले नेपाली गजलको विकास नभइ विनाश गरिरहेको धारणा उहाँको थियो ।
गजलमै विशेषज्ञता हासिल गरेका विद्वानहरूलेसमेत निषेधात्मक सोच राख्नु नेपाली साहित्यकै दुःखद अवस्था भएको भन्दै सरुभक्तले नयाँ सिद्धान्तको प्रतिपादक हुने लोभमा स्थापित विधाप्रति घृणा गर्नु आपत्तिजनक भएको बताउनुभयो ।
कवि तीर्थ श्रेष्ठले साहित्यकारलाई कुनै वाद वा सुत्रको नियममा बाँध्ने प्रयास गर्न नहुने धारणा राख्नुभयो । वर्तमानमा नेपाली गजलका क्षेत्रमा स्वतन्त्र लयविधानकै गजललाई पाठक÷स्रोताले आत्मसात् गरेको बताउँदै उहाँले शास्त्रीय बहरमा लेखिएका रचनालाई मात्रै ‘गजल’ भन्ने सोच राख्न नहुने उहाँको भनाइ थियो । बहरमा रुचि हुनेले बहरमा लेख्दा पनि हुने र स्वतन्त्र लेखनमा रुचि हुनेले स्वतन्त्र लयविधानमा गजल लेख्न सकिने श्रेष्ठको धारणा थियो ।
भेलाका अध्यक्ष गजलकार लक्ष्मण थापा पोखरामा पनि बहरमा लेख्ने गजलकारहरू प्रशस्त भए पनि यहाँ कसैले कसैलाई आक्षेप नलगाएको धारणा राख्दै देशभरि नै आ–आफ्ना रुचिअनुसारका गजल लेख्न आह्वान गर्ने उद्देश्यले भेला आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले आवश्यक परे आगामी दिनमा पनि नेपाली गजलका बारेमा थप बहस गर्न यस्ता कार्यक्रमा आयोजना गर्न सकिने बताउनुभयो ।
गजलकार डा ईश्वरमणि अधिकारीले गतिशील संसारमा साहित्य पनि गतिशील हुने र समयअनुकूल विधागत वैशिष्ट्य पनि परिवर्तन हुनसक्ने बताउनुभयो । गजलकार दीपक समीपले आफूले पनि बहर र स्वतन्त्र लयविधान दुवैमा गजल लेख्ने गरेको अनुभव सुनाउनुभयो । आ–आफ्ना रुचि र क्षमताअनुसारका गजल लेख्ने सबैलाई उत्तिकै सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए