
१प्रधानमन्त्री बालेनको भ्रमणका तीन ‘मेजर आउटकम’ : आर्थिक प्याकेजदेखि बन्दरगाह र रेलमार्गसम्म
२नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
३प्रधानमन्त्री बालेन शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादद्वारा स्वागत
४इजरायल पठाउने नाममा ठगी गर्ने कांग्रेस नेता चौलागाईं जेल चलान
५प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत
६पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
७सशस्त्र प्रहरीको विद्यालयको अनियमिततामा डिआइजी दिग्विजय पनि अख्तियारको छानबिनमा
८अवैध असुलीमा पक्राउ पुर्जी जारी भएपछि पूर्वमुख्यसचिव एकनारायण अर्याल फरार
९सिडिओ हुँदा भ्रष्टाचार, सहसचिव हुँदा अवैध असुली: उमेश ढुंगाना सीआईबीको हिरासतमा
१०नेपाली श्रमिकबाट साढे दुई अर्ब ठगी, दुई पूर्वमन्त्रीसहित उच्च अधिकारी पक्राउ
११गाउँ फर्काउने लक्ष्यसहित पुस ८ मा सात सय कोल्मा बहाकोट क्रसकन्ट्री दौड
१२वर्षमान पुनको दाबी: ‘बालेनले जुनसुकै बेला रविलाई थुन्न सक्छन्, एमाले एकताका लागि हतारियो’
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
७पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
८‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
९आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
१०डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
११न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
१२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
च्योर्दोङ सुनको फूल पार्ने कुखुरी बन्न सक्छ। यो सत्य लिलारामहरूले मात्र बुझेर हुन्न, जिरी नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारले कहिले बुझ्लान् ?
रञ्जन राजभण्डारी । काठमाडौंमा बसेर पर्यटनकर्ममा लागेको तीन दशक नाघिसक्यो। यो भागदौडको जिन्दगीमा धेरैथरि मान्छेसँग सङ्गत गर्न पाइयो। दिनदिनै नयाँनयाँ मान्छेसँग भेटघाट भइरहेको छ। भनिन्छ, दोबाटोमा भेटिएकाहरू दोबाटोमै छुटिन्छन्। तर, कतिपय मनकारी मान्छेहरूसँगको सहकार्य जीवनभर चलिरहन्छ। यस्तै एक मित्र हुन्, जिरीका पर्यटन अभियन्ता लिलाराम खड्का।
हिजो अर्थात् १० वर्ष अघि उनी जिरीमै बसेर पर्यटन र सामाजिक काम गर्थे। त्यतिबेला उनले हामीलाई जिरीको पर्यटनबारे बुझाउन बोलाएका थिए। उनले जिरी उपत्यका, ठुलो नागी र च्योर्दोङ क्षेत्रमा साइक्लिङको सम्भावना उजागर गर्ने कुरा गरिरहन्थे।
उनी बेलाबेलामा पर्यटनकर्मी र पत्रकारलाई आफ्नै खर्चमा जन्मथलो जिरी मात्र होइन, दोलखाका अन्य गन्तव्यहरू भीमेश्वर, कालिञ्चोक र सैलुङ घुमाइरहन्छन्। हामीलाई पनि निम्तो दिइरहन्छन्। तर, दश वर्षपछि फेरि उनीसँगै जिरी घुम्ने मौका मिल्यो। यसपालीको अभियान थियो, ‘जाऔं है च्योर्दोङ’। व्यानरमा आयोजकको नाम पर्यटन प्रर्वद्धन मञ्च नेपाल भनेर लेखिएको थियो तर, सबै खर्च उनै लिलाराम स्वयंले गरेका हुन्।

रञ्जन राजभण्डारी
यही मङ्सिर २४ देखि २७ गतेसम्म चार दिन हामीलाई च्योर्दोङ घुमाएर अभियान शुभारम्भ गरेका हुन्। काठमाडौंबाट मात्र हामी १६ जना जिरी पुगेका थियौं। त्यहाँबाट पनि केही साथीहरू थपिए। साथै डाँडामा क्याम्पिङ गर्नुपर्ने भएकाले सगरमाथा आरोही लालबहादुर जिरेलको समूहलाई क्याम्पिङ जिम्मेवारी दिइएको थियो। उनीसँग १५ जना सहयोगी थिए। यसरी हामीले मङ्सिर २५ गते एक रात च्योर्दोङ डाँडामा क्याम्पिङ गरेर वितायौं।
साँच्चै च्योर्दोङ (३,७०० मिटर) स्वर्गको टुक्रा नै रहेछ। डाँडाबाट हिमाल, सूर्योदय, सूर्यास्तको मनमोहक दृश्य देखिँदो रहेछ। च्योर्दोङ त हरेक दिन गौरीशंकर हिमालसँग आँखा जुधाउँदो रहेछ !
च्योर्दोङले मात्र होइन, डाँडामा पुग्ने सबै घुमन्तेहरूले गौरीशंकरसँग पिरती गाँस्न पाउँछन्। दुःखको कुरा, डाँडामा खाना र बासका लागि होटल, लज वा होमस्टे सुबिधा छैन। अहिलेका लागि क्याम्पिङको विकल्प देखिँदैन।
यति रमाइलो डाँडामा हामी (म, गोपाल श्रेष्ठ, सुदिप पौडेल र चन्दा खड्का)ले साइकल कुदायौं। डाँडामा कुदाउन रमाइलो भयो। तर, एउटा कुरा भनौं, माथि डाँडासम्म साइकल लैजान सजिलो छैन। च्योर्दोङको बेस क्याम्पसम्म सडक खुलाउन सके सजिलो हुन्थ्यो। डाँडाबाट डाउनहिल साइक्लिङ गर्न भने सकिन्छ। सिकारु होइन, अनुभवी साइक्लिस्टले साइकल कुदाउन सक्छन्। त्यसैले यहाँ साइक्लिङ पर्यटनको भविश्य छ।
हाम्रो अभियानका आयोजक पर्यटनकर्मी लिलारामले यहाँ डाउनहिल साइक्लिङ प्रतियोगिता गर्ने योजना बनाइसकेका छन्। त्यसो गर्न सकेमा धेरैको ध्यानाकर्षण हुनेछ।

पदयात्राका लागि च्योर्दोङ उपयुक्त छ। जिरीबजारबाट क्याङ्से, पेमादिङ हुँदै च्योर्दोङ पुग्न करिब ६ घण्टा लाग्छ। क्याङ्से पोखरीसम्म सडक ट्रयाक खुलेको छ। तर, जिरीबाट एकै दिनमा माथि पुग्नु राम्रो हुँदैन किनकी जिरीको उचाई १९०० मिटर छ भने क्याङ्सेको ३७०० मिटर। बीचमा एक रात बसेर माथि जाने वातावरण बनाउन सके च्योर्दोङमा आन्तरिक पर्यटकको भिड लाग्नेछ।

च्योर्दोङ सुनको फूल पार्ने कुखुरी बन्न सक्छ। यो सत्य लिलारामहरूले मात्र बुझेर हुन्न, जिरी नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारले कहिले बुझ्लान् ? एउटा व्यक्तिले अभियान शुभारम्भ गरेर उनले राम्रो सन्देश दिएका छन्।
च्योर्दोङ घुमियो। मन रमायो। तर, धित मरेको छैन। दशकअघिको च्योर्दोङ सपना पुरा भयो। डाँडामै क्याम्प गरेर दुईचार रात विताउन पाए हुन्थ्यो भन्ने लागिरह्यो। च्योर्दोङबाट फर्केको धेरै दिन भएको छैन, फेरि जान मन लागिसक्यो।
(राजभण्डारी नेपाल साइक्लिङ संघका महासचिव हुन्।)



१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त