
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
तनहुँ । कोभिड–१९ पछि सुस्ताएको बन्दीपुरको पर्यटन चलायमान हुन थालेको छ । कोभिड–१९ पछि लकडाउन र निषेधाज्ञाका कारण ठप्प रहेको बन्दीपुरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ ।
बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष वैश गुरुङले बन्दीपुरमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको जानकारी दिनुभयो । “कोभिडका कारण लामो समय पर्यटन क्षेत्र अस्तव्यस्त बन्यो, परिस्थिति सहज हुँदै जान थालेपछि बन्दीपुरमा आन्तरिक पर्यटक आउन थालेका छन्”, उहाँले भन्नुभयो ।
चिसो मौसम बन्दीपुरमा पर्यटकको भीड हुने समय हो । कोभिडका कारण विगत वर्षजस्तो चहलपहल भने बन्दीपुरमा छैन । “अहिलेको बेला भनेको बन्दीपुरमा अत्यधिक विदेशी तथा स्वदेशी पर्यटकको भीड हुने समय हो, विगतका वर्षमा यतिबेला बन्दीपुरमा थामिनसक्नु भीड हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले कोभिडले परिस्थिति बदलिएको छ ।”
पछिल्लो समय निकै चर्चामा रहेको व्यास नगरपालिका–५ मानहुँकोटका कारण पनि बन्दीपुरमा पर्यटक बढेका छन् । बन्दीपुर आउने अधिकांश पर्यटक मानहुँकोट जाने र मानहुँकोट आएका पर्यटक बन्दीपुर आउने गरेका छन् । आन्तरिक पर्यटक आकर्षित गर्न यहाँका व्यवसायीले छुट प्याकेजसमेत सार्वजनिक गरेका छन् । चाडपर्वलाई लक्षित गरी सबै होटेल तथा रेष्टुरेन्टले १० देखि १५ प्रतिशतसम्म छुट प्याकेज दिइरहेको क्षेत्रीय होटेल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले जानकारी दिनुभयो । प्रधानका अनुसार सङ्घमा आबद्ध ७७ होटेलमा आउने पाहुनाले उक्त छुट पाउनेछन् ।
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बन्दीपुर सुरक्षित छ भन्ने सन्देशसहित व्यवसायी पर्यटक स्वागतमा जुटेको जानकारी दिनुभयो । राति बास बस्ने पर्यटकको सङ्ख्या कम रहे पनि दिउँसोमा घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रहेको छ । उहाँका अनुसार हाल दैनिक एक हजार पर्यटक बन्दीपुर भित्रिएका छन् । “शुक्रबार र शनिबार त्यो सङ्ख्या चार–पाँच हजारसम्म पुग्छन्”, उहाँले भन्नुभयो ।
बन्दीपुरमा होटेल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटेल सञ्चालनमा छन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर र सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन