
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
पोखरा, १४ मंसिर । उच्च अदालत पोखराले मित्र मिलन सहकारी ठगीमा संलग्न पत्रकार अर्जुन गिरीको घटनामा जिल्ला अदालत कास्कीको आदेशलाई बिहीबार सदर गरेको छ । सहकारी ठगीमा गिरी नौं महिनादेखि कास्की कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन कुमार राईको संयुक्त इजलासले जिल्ला अदालत कास्कीको आदेशलाई सदर गरेको हो । गिरीसँगैं सो गिरोहमा संलग्न सहकारीका अध्यक्ष रमण पौडेल र उपाध्यक्ष विजय लम्साल पनि पुर्पक्षका लागि कास्की कारागारमा नैं रहेका छन् ।
मित्र मिलन सहकारीको ४ करोड रुपैयाँ भन्दा बढी ठगीको आरोप लागेका पत्रकार गिरीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राखेर मुद्दा अनुसन्धान गर्न आदेश दिएको थियो । पत्रकार गिरी २०८० फागुन १० गतेदेखि पुर्पक्षका लागि कारागार थुनामा रहेका छन् ।
ताण्डव न्यूजका प्रधान सम्पादक, तत्कालिन नेकपा एमालेका कास्की जिल्ला सदस्य, एमाले वडा नं. २१ का ईञ्चार्ज र प्रेस चौतारी कास्कीका अध्यक्ष समेत रहेका गिरीलाई जिल्ला न्यायाधीश रामचन्द्र शर्माको एकल इजलासले दुई दिनको बहस पछि फागुन १० गते बिहीबार थुनामा पठाउने आदेश दिएको थियो ।
मित्र मिलन सहकारीका लेखा समितिका पूर्वसदस्य समेत रहेका गिरी प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगैं झण्डै तीन महिनासम्म लुकेर बसेका थिए । अदालतदेखि माथिसम्म लाखौं रुपैयाँ पैसाको चलखेल गरी राजनीतिक सेटिङ मिलाएर धरौंटीमा छुटाउने भन्दैं पोखराको एक गिरोहको योजनामा गिरी अदालतमा उपस्थित भएका थिए । तर अदालतले त्यो गिरोहको योजनालाई पटक–पटक तुहाई दिएको छ ।
पछिल्लो पटक उच्च अदालत पोखरामा पनि एमाले निकटका न्यायाधीशको इजलासमा पेशी पार्ने र छुटाई दिने भन्दैं उहीं गिरोह सक्रिय रुपमा लागेको थियो । बाहिर उच्च अदालतबाट छुट्ने भन्दैं एमालेका केही पत्रकार र कार्यकर्ताहरु स्वागतका लागि दिउँसैंदेखि कारागार बाहिर पर्खिएर बसेका थिए ।
पत्रकार गिरीले सहकारीको रकमले ताण्डव न्यूज डटकम, क्याफे दि गार्डेन रेष्टुरेण्ट र नयाँबजारस्थित अशोक थापाको घर समेत आफ्नो नाममा ल्याई भोगचलन गर्दै आईरहेका थिए । गिरीले सहकारीका अध्यक्ष रमण पौडेल र उपाध्यक्ष विजय लम्सालसित मिलेर सहकारीको पैसाबाट ताण्डव न्यूज साप्ताहिक र अनलाईन सञ्चालनको लागि आवश्यक सम्पूर्ण खर्च जस्तैं कम्प्युटर खरिद, अफिस सेटिङ, घरभाडा, बिजुलीपानी, कर्मचारीहरुलाई तलब, छपाई खर्च र विभिन्न कार्यक्रमहरुको नाममा करोडौं रकम हिनामिना गरेका थिए ।
३ हजार ४ सय ४६ जना पीडित बचतकर्ताहरुको १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको आरोपमा प्रहरीले ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सहकारीको वित्तीय विवरण सम्बन्धमा गरिएको अनुसन्धानका क्रममा २६ करोड ८३ लाख रुपैयाँ हिनामिना भएको देखिएको छ ।
प्रहरी कार्यालयले ३१ करोड विगो दावीसहित सहकारी ऐन, २०४७ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा थप कारवाही गर्न अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर यस मुद्दामा राजनीतिक दवावका कारण सरकारी वकिलको कार्यालयले शुरुमा २१ करोडको मात्र बिगो माग दावी गरेको थियो भने पछि बचतकर्ताको दवावमा थप बिगो माग दावी गरिएको थियो ।
सहकारी ऐन, २०७४ (दफा १२२ र १२४) अन्तर्गत सहकारी ठगीमा गत पुस १२ गते सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा दर्ता (मुद्दा नं. ०८०–सि१–०७०२) भई हाल विचाराधिन अवस्थामा रहेको छ ।