
१५३ मृतकका परिवारलाई ८ करोड राहत
२मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
३प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
४निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
५चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
६निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
७‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१२विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
पोखरा, १४ मंसिर । उच्च अदालत पोखराले मित्र मिलन सहकारी ठगीमा संलग्न पत्रकार अर्जुन गिरीको घटनामा जिल्ला अदालत कास्कीको आदेशलाई बिहीबार सदर गरेको छ । सहकारी ठगीमा गिरी नौं महिनादेखि कास्की कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन कुमार राईको संयुक्त इजलासले जिल्ला अदालत कास्कीको आदेशलाई सदर गरेको हो । गिरीसँगैं सो गिरोहमा संलग्न सहकारीका अध्यक्ष रमण पौडेल र उपाध्यक्ष विजय लम्साल पनि पुर्पक्षका लागि कास्की कारागारमा नैं रहेका छन् ।
मित्र मिलन सहकारीको ४ करोड रुपैयाँ भन्दा बढी ठगीको आरोप लागेका पत्रकार गिरीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राखेर मुद्दा अनुसन्धान गर्न आदेश दिएको थियो । पत्रकार गिरी २०८० फागुन १० गतेदेखि पुर्पक्षका लागि कारागार थुनामा रहेका छन् ।
ताण्डव न्यूजका प्रधान सम्पादक, तत्कालिन नेकपा एमालेका कास्की जिल्ला सदस्य, एमाले वडा नं. २१ का ईञ्चार्ज र प्रेस चौतारी कास्कीका अध्यक्ष समेत रहेका गिरीलाई जिल्ला न्यायाधीश रामचन्द्र शर्माको एकल इजलासले दुई दिनको बहस पछि फागुन १० गते बिहीबार थुनामा पठाउने आदेश दिएको थियो ।
मित्र मिलन सहकारीका लेखा समितिका पूर्वसदस्य समेत रहेका गिरी प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगैं झण्डै तीन महिनासम्म लुकेर बसेका थिए । अदालतदेखि माथिसम्म लाखौं रुपैयाँ पैसाको चलखेल गरी राजनीतिक सेटिङ मिलाएर धरौंटीमा छुटाउने भन्दैं पोखराको एक गिरोहको योजनामा गिरी अदालतमा उपस्थित भएका थिए । तर अदालतले त्यो गिरोहको योजनालाई पटक–पटक तुहाई दिएको छ ।
पछिल्लो पटक उच्च अदालत पोखरामा पनि एमाले निकटका न्यायाधीशको इजलासमा पेशी पार्ने र छुटाई दिने भन्दैं उहीं गिरोह सक्रिय रुपमा लागेको थियो । बाहिर उच्च अदालतबाट छुट्ने भन्दैं एमालेका केही पत्रकार र कार्यकर्ताहरु स्वागतका लागि दिउँसैंदेखि कारागार बाहिर पर्खिएर बसेका थिए ।
पत्रकार गिरीले सहकारीको रकमले ताण्डव न्यूज डटकम, क्याफे दि गार्डेन रेष्टुरेण्ट र नयाँबजारस्थित अशोक थापाको घर समेत आफ्नो नाममा ल्याई भोगचलन गर्दै आईरहेका थिए । गिरीले सहकारीका अध्यक्ष रमण पौडेल र उपाध्यक्ष विजय लम्सालसित मिलेर सहकारीको पैसाबाट ताण्डव न्यूज साप्ताहिक र अनलाईन सञ्चालनको लागि आवश्यक सम्पूर्ण खर्च जस्तैं कम्प्युटर खरिद, अफिस सेटिङ, घरभाडा, बिजुलीपानी, कर्मचारीहरुलाई तलब, छपाई खर्च र विभिन्न कार्यक्रमहरुको नाममा करोडौं रकम हिनामिना गरेका थिए ।
३ हजार ४ सय ४६ जना पीडित बचतकर्ताहरुको १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको आरोपमा प्रहरीले ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सहकारीको वित्तीय विवरण सम्बन्धमा गरिएको अनुसन्धानका क्रममा २६ करोड ८३ लाख रुपैयाँ हिनामिना भएको देखिएको छ ।
प्रहरी कार्यालयले ३१ करोड विगो दावीसहित सहकारी ऐन, २०४७ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा थप कारवाही गर्न अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर यस मुद्दामा राजनीतिक दवावका कारण सरकारी वकिलको कार्यालयले शुरुमा २१ करोडको मात्र बिगो माग दावी गरेको थियो भने पछि बचतकर्ताको दवावमा थप बिगो माग दावी गरिएको थियो ।
सहकारी ऐन, २०७४ (दफा १२२ र १२४) अन्तर्गत सहकारी ठगीमा गत पुस १२ गते सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा दर्ता (मुद्दा नं. ०८०–सि१–०७०२) भई हाल विचाराधिन अवस्थामा रहेको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी