
१आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
२पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
३डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
४लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
५पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
८पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
९देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१०जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
११फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१२माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
६कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
७जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१२फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
पोखरा, ९ मंसिर । पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले शनिबार पोखरामा आयोजना गरेको ‘टीकामाया-बलराम सारङ्गी साँझ’मा करिब ५ दशकदेखि लोकगायनमा समर्पित दम्पत्ती टीकामाया गायक र बलराम गायकलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।
उनीहरूलाई लोकगायिका हरिदेवी कोइरालाले नगद र सम्मानपत्र प्रदान गरेकी थिइन्। सम्मानित भएसँगै उनीहरूको मुहार खुसीले धपक्कै बलेको थियो। दर्शकले तालि बजाएर उनीहरूको अभिनन्दन गरेका थिए ।
समाजमा योगदान पु¥याएका भुइँमान्छेलाई सम्मान गर्ने अभियानस्वरुप यो दम्पत्तीलाई रोजिएको सारङ्गी साँझका संयोजक पत्रकार अमृत भादगाउँलेले बताए। ‘योगदानको जीवन बाँचेका तर पछिल्लो समय कसैले पनि नसम्झिएका प्रतिभाको मुहारमा खुसी ल्याउने प्रयास गरेका हौं’, उनले भने, ‘हामी सबै मिलेर यस्ता प्रतिभालाई उजागर गर्ने अभियान चलाऔं ।’
कार्यक्रममा साहित्यकार सूरज उपाध्याय, सामाजिक अभियन्ता प्रकाश गुरुङ र लोकगायिका कोइरालाले लोकसंस्कृतिका साधकहरूको सम्मानले समाजमा सत्कर्म गर्नेहरूको हौसला बढ्ने बताए ।
कार्यक्रमलाई दुई चरणमा बाँडिएको थियो । पहिलो चरणमा सम्मान अर्पण गरिएको थियो भने दोस्रो चरणमा गन्धर्व दम्पत्तिले सारङ्गीको धुनसँगै जिन्दगीका कथा सुनाएका थिए। पत्रकार दीपक परियारले सहजीकरण गरेको दोस्रो चरणमा उनीहरूले ‘अमिलीको रस, दोभानमा बिजुली दाइँसाहिँला नौडाँडामा बस’, ‘काँचो सुन्तला, नटिपे यो चाला टिपे कुन चाला’, ‘रेशम फिरिरी’ लगायत केही गीत गाएका थिए । दर्शक दीर्घामा कला, साहित्य, संस्कृति, शिक्षा र पर्यटन क्षेत्रका दर्शकहरूको सहभागिता थियो ।
को हुन् टीकामाया र बलराम ?
पोखराको कालिकानगरमा बसोबास गर्दै आएका लोकगायक दम्पत्ति टीकामाया र बलराम दुबैजना ५८ वर्षका भए। दुबैले करिब ५ दशकदेखि सारङ्गी रेट्दै आएका छन्। सारङ्गीको धुनसँगै उनीहरू लोकगीत, कर्खा र घटना गाउँदै गाउँघर डुल्छन् ।

करिब ५ दशकदेखि लोकगायनमा समर्पित दम्पत्ती टीकामाया गायक र बलराम गायक
भोजपुरमा जन्मिएकी टीकामाया विद्रोही नारी हुन्। महिलाले सारङ्गी बजाउनु हुँदैन भन्ने त्यतिबेलाको परम्परागत मान्यतालाई तोडेर उनले ५ वर्षकै उमेरमा सारङ्गी वादन सुरु गरेकी थिइन् । सारङ्गी बजाएर सार्बजनिक रुपमा हिँड्ने पहिलो महिला त उनी हुँदै हुन्, रेडियो नेपालमा गीत रेकर्ड गराउने पहिलो गन्धर्व महिलाको इतिहास पनि टीकामायाले नै रचेकी छिन् । तीसको दशकमा टीकामायोका स्वरमा ‘अमिलीको रस’ बोलको गीत रेकर्ड भएको थियो ।
कालिकानगरका बलराम पनि सानैदेखि सारङ्गी बजाउँथे। उनको स्वरमा पनि तीन ओटा गीत रेकर्ड भएका छन्। आजका दिनमा पनि यो दम्पत्ति सारङ्गी बजाउँदै गाउँघर डुल्छ ।
दुबैजना १३ वर्षको उमेर हुँदा उनीहरूको पृथ्वीराजमार्गको जक्सन मुगलिनमा भेट भएको थियो । त्यहीँबाट प्रेम अँकुराएपछि उनीहरूले गीत गाउँदै पूर्वी नेपालको यात्रा गरेका थिए । छिमेकी मुलुकको खर्साङ रेडियोमा पनि केही बर्ष सारङ्गी बजाएका थिए ।
उक्त कार्यक्रममा टीकामाया दम्पत्तिका नातीहरु संयोग र संगमले पनि गीत गाएर सुनाएका थिए । यसरी रैथाने सङ्गीत मार्फत समाजमा सूचना, शिक्षा र मनोरञ्जनको संवाहक बनेका जोडीलाई सम्मान गरेर कन्सेप्ट नेपालले भुइँमान्छेको पक्षमा उदाहरणीय काम गरेको छ ।
स्मरणीय छ, कन्सेप्ट नेपालले बेलाबेलामा भुइँमान्छेको सम्मान गर्दै आएको छ। उसले वि.सं २०७५ सालमा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीको एकल गायन कार्यक्रम गरेर उनलाई गायनमा पुनरागमन गराएको थियो। त्यस्तै वि.सं. २०८० मा पोखराका ‘मजदुर कवि’ इन्द्र राना ‘प्रतीक’लाई ६० वर्षको उमेरमा पहिलो पटक काठमाडौं पु¥याएर ‘काठमाडौंमा भुइँमान्छेका कविता’ नामक एकल कविता वाचन कार्यक्रम गरेको थियो ।
उसले मुलुकका स्थापित कवि, लेखक र पत्रकारलाई विभिन्न ठाउँमा घुमाएर पर्यटन प्रवद्र्धनका काम पनि गर्दै आएको छ । यसै सिलसिलामा खप्तड, फोक्सुन्डो ताल र आँपस्वारा दलित सामुदायिक होमस्टेमा घुमाइसकेको छ । काव्ययात्रामा पनि कला, साहित्य, संस्कृति र सनातनी सिप संरक्षण गर्दै आएका स्थानीय भुइँमान्छेलाई नगदसहित सम्मान गर्ने गरेको छ । विभिन्न मनकारी व्यक्ति तथा संस्थाको सहयोगमा कार्यक्रम गरिन्छ ।

१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ