
१हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा, ६ मंसिर । महिलाले सारङ्गी बजाउनु हुँदैन भन्ने परम्परागत मान्यताविरुद्ध विद्रोह गरेर सानैदेखि गाउँदै गाउँघर डुल्दै आएकी लोकगायिका टीकामाया गायक र उनका पति लोकगायक बलराम गायकको सम्मानमा यही मङ्सिर ८ गते शनिबार पोखरामा ‘टीकामाया–बलराम सारङ्गी साँझ’ आयोजना हुने भएको छ।
पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले आयोजना गरेको कार्यक्रममा गायक दम्पत्तिलाई नगदसहित सम्मान गरिनेछ। कार्यक्रमलाई दुई चरणमा बाँडिनेछ, पहिलो चरणमा सम्मान हुनेछ भने अन्तरक्रियात्मक हिसाबले सञ्चालन गरिने दोस्रो चरणमा उनीहरूले केही गीत गाउनेछन्।
‘उहाँहरूले चार दशकभन्दा लामो समयदेखि सारङ्गी वादन र लोकगायन मार्फत् समाजमा सूचना, शिक्षा र मनोरञ्जनको संवाहक बनेर रैथाने सङ्गीतको विकासमा पु¥याउनु भएको योगदान अतुलनीय छ’, कार्यक्रमका संयोजक पत्रकार अमृत भादगाउँले भन्छन्, ‘यस्ता भुइँमान्छेलाई अगाडि ल्याएर उहाँहरूको मुहारमा खुसी भर्ने प्रयास गरेका हौं।’
पोखराको न्युरोडस्थित हिमालयन रिडर्स कर्नरमा शनिबार दिउँसो ४ बजेदेखि कार्यक्रम सुरु हुने छ। कार्यक्रम करिब डेढ घण्टा चल्ने छ ।
महिलाले सारङ्गी बजाउनु हुँदैन भन्ने परम्परागत मान्यताविरुद्ध विद्रोह गर्ने महिला हुन्, लोकगायिका टीकामाया गायक । उनका पति बलराम पनि चार दशकभन्दा लामो समयदेखि रैथाने सङ्गीत प्रवद्र्धनमा सक्रिय छन्।
कालिकानगर, पोखरामा बसोबास गर्दै आएका टीकामाया र बलराम दम्पत्ति गन्धर्व समुदायका प्रभावशाली प्रतिभा हुन्। उनीहरू कुशल सारङ्गीवादक मात्र होइनन्, सुमुधुर स्वरका धनी पनि हुन्।
टीकामाया विद्रोही नारी हुन्, आजभन्दा साँढे चार दशक अघि सारङ्गी बजाएर गाउँघर डुल्दै उनले समाजलाई ठुलो चुनौती दिएकी थिइन्। महिलाले सारङ्गी बजाउनु हुँदैन भन्ने मान्यताले जरा गाडेको त्यो समयमा सारङ्गी रेटेर घुम्नु चानचुने कुरा थिएन।
रेडियो नेपालमा गीत रेकर्ड गराउने पहिलो गन्धर्व महिला टीकामाया नै हुन्। तीसको दशकमा उनको स्वरमा ‘अमिलीको रस, दोभानमा बिजुली दाई साइँला, नौडाँडामा बस’ बोलेको गीत रकेर्ड भएको थियो। लोकगायक बलरामका पनि केही गीत रेकर्ड भएका छन्। रेडियो नेपालमा रेकर्ड भएको उनको पहिलो गीत हो, ‘काँचो सुन्तला, नटिपे यो चाला, टिपे कुन चाला ?’
विगतमा उनीहरूले छिमेकी मुलुक भारतको खर्साङ रेडियोमा पनि सारङ्गी बजाएका थिए।
माङदिङ गाउँ, भोजपुरकी टीकामाया र कालिकानगर, कास्कीका बलरामबीच प्रेम विवाह भएको हो। आज ५८ वर्षको उमेरमा आइपुग्दा समेत उनीहरू लोकसङ्गीतमा सक्रिय छन्।
हिउँदमा गीत गाउँदै गाउँघर डुल्छन्। बलराम टाढाटाढासम्म पुग्छन् भने टीकामाया आफ्नै बस्ती वरपर मात्र डुल्छिन्। केही समय अघि पाठेघरमा समस्या आएपछि उनको उपचार गरिएको थियो। त्यसैले गाउँदै टाढाटाढा जान उनलाई गाह्रो हुन्छ।
उनीहरूका ४ सन्तान छन्, ३ छोरी र एक छोरा।
सारङ्गी साँझले नयाँ पुस्ता माझमा यी प्रतिभालाई चिनाउन मद्धत गर्ने विश्वास गरिएको छ।
स्मरणीय छ, कन्सेप्ट नेपालले भुइँमान्छेको सम्मानमा बेलाबेलामा यस्ता कार्यक्रम गर्दै आएको छ। उसले वि.सं. २०७६ सालमा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीलाई काठमाडौं पु¥याएर एकल गायन कार्यक्रम गरेको थियो। त्यस्तै वि.सं. २०८० मा पोखराका मजदुर कवि इन्द्र राना ‘प्रतीक’को सम्मानमा ‘काठमाडौंमा भुइँमान्छेका कविता’ नामक एकल कविता वाचन कार्यक्रम गरेको थियो।
त्यति मात्र होइन, उसले बेलाबेलामा कवि, लेखक र पत्रकारलाई काव्ययात्रामा मुलुकका विभिन्न भूभागमा डुलाउँछ। हालसम्म खप्तड, फोक्सुन्डो ताल र आँपस्वारा दलित सामुदायिक होमस्टेमा काव्ययात्रा भैसकेको छ। काव्ययात्रामा पनि गाउँघरमा बसेर कला, साहित्य, सङ्गीत र सनातनी सिपको प्रवद्र्धन र संरक्षणमा सक्रिय भुइँमान्छेलाई नगदसहित सम्मान गर्दै आएको छ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर