
१रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
४झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
७घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
८जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
९सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
१०फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
७गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
११पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
पोखरा, ६ मंसिर । महिलाले सारङ्गी बजाउनु हुँदैन भन्ने परम्परागत मान्यताविरुद्ध विद्रोह गरेर सानैदेखि गाउँदै गाउँघर डुल्दै आएकी लोकगायिका टीकामाया गायक र उनका पति लोकगायक बलराम गायकको सम्मानमा यही मङ्सिर ८ गते शनिबार पोखरामा ‘टीकामाया–बलराम सारङ्गी साँझ’ आयोजना हुने भएको छ।
पर्यटनकर्मी युवाहरूको संस्था ‘कन्सेप्ट नेपाल’ले आयोजना गरेको कार्यक्रममा गायक दम्पत्तिलाई नगदसहित सम्मान गरिनेछ। कार्यक्रमलाई दुई चरणमा बाँडिनेछ, पहिलो चरणमा सम्मान हुनेछ भने अन्तरक्रियात्मक हिसाबले सञ्चालन गरिने दोस्रो चरणमा उनीहरूले केही गीत गाउनेछन्।
‘उहाँहरूले चार दशकभन्दा लामो समयदेखि सारङ्गी वादन र लोकगायन मार्फत् समाजमा सूचना, शिक्षा र मनोरञ्जनको संवाहक बनेर रैथाने सङ्गीतको विकासमा पु¥याउनु भएको योगदान अतुलनीय छ’, कार्यक्रमका संयोजक पत्रकार अमृत भादगाउँले भन्छन्, ‘यस्ता भुइँमान्छेलाई अगाडि ल्याएर उहाँहरूको मुहारमा खुसी भर्ने प्रयास गरेका हौं।’
पोखराको न्युरोडस्थित हिमालयन रिडर्स कर्नरमा शनिबार दिउँसो ४ बजेदेखि कार्यक्रम सुरु हुने छ। कार्यक्रम करिब डेढ घण्टा चल्ने छ ।
महिलाले सारङ्गी बजाउनु हुँदैन भन्ने परम्परागत मान्यताविरुद्ध विद्रोह गर्ने महिला हुन्, लोकगायिका टीकामाया गायक । उनका पति बलराम पनि चार दशकभन्दा लामो समयदेखि रैथाने सङ्गीत प्रवद्र्धनमा सक्रिय छन्।
कालिकानगर, पोखरामा बसोबास गर्दै आएका टीकामाया र बलराम दम्पत्ति गन्धर्व समुदायका प्रभावशाली प्रतिभा हुन्। उनीहरू कुशल सारङ्गीवादक मात्र होइनन्, सुमुधुर स्वरका धनी पनि हुन्।
टीकामाया विद्रोही नारी हुन्, आजभन्दा साँढे चार दशक अघि सारङ्गी बजाएर गाउँघर डुल्दै उनले समाजलाई ठुलो चुनौती दिएकी थिइन्। महिलाले सारङ्गी बजाउनु हुँदैन भन्ने मान्यताले जरा गाडेको त्यो समयमा सारङ्गी रेटेर घुम्नु चानचुने कुरा थिएन।
रेडियो नेपालमा गीत रेकर्ड गराउने पहिलो गन्धर्व महिला टीकामाया नै हुन्। तीसको दशकमा उनको स्वरमा ‘अमिलीको रस, दोभानमा बिजुली दाई साइँला, नौडाँडामा बस’ बोलेको गीत रकेर्ड भएको थियो। लोकगायक बलरामका पनि केही गीत रेकर्ड भएका छन्। रेडियो नेपालमा रेकर्ड भएको उनको पहिलो गीत हो, ‘काँचो सुन्तला, नटिपे यो चाला, टिपे कुन चाला ?’
विगतमा उनीहरूले छिमेकी मुलुक भारतको खर्साङ रेडियोमा पनि सारङ्गी बजाएका थिए।
माङदिङ गाउँ, भोजपुरकी टीकामाया र कालिकानगर, कास्कीका बलरामबीच प्रेम विवाह भएको हो। आज ५८ वर्षको उमेरमा आइपुग्दा समेत उनीहरू लोकसङ्गीतमा सक्रिय छन्।
हिउँदमा गीत गाउँदै गाउँघर डुल्छन्। बलराम टाढाटाढासम्म पुग्छन् भने टीकामाया आफ्नै बस्ती वरपर मात्र डुल्छिन्। केही समय अघि पाठेघरमा समस्या आएपछि उनको उपचार गरिएको थियो। त्यसैले गाउँदै टाढाटाढा जान उनलाई गाह्रो हुन्छ।
उनीहरूका ४ सन्तान छन्, ३ छोरी र एक छोरा।
सारङ्गी साँझले नयाँ पुस्ता माझमा यी प्रतिभालाई चिनाउन मद्धत गर्ने विश्वास गरिएको छ।
स्मरणीय छ, कन्सेप्ट नेपालले भुइँमान्छेको सम्मानमा बेलाबेलामा यस्ता कार्यक्रम गर्दै आएको छ। उसले वि.सं. २०७६ सालमा सुदूरपश्चिमकी लोकगायिका डीक्रा बादीलाई काठमाडौं पु¥याएर एकल गायन कार्यक्रम गरेको थियो। त्यस्तै वि.सं. २०८० मा पोखराका मजदुर कवि इन्द्र राना ‘प्रतीक’को सम्मानमा ‘काठमाडौंमा भुइँमान्छेका कविता’ नामक एकल कविता वाचन कार्यक्रम गरेको थियो।
त्यति मात्र होइन, उसले बेलाबेलामा कवि, लेखक र पत्रकारलाई काव्ययात्रामा मुलुकका विभिन्न भूभागमा डुलाउँछ। हालसम्म खप्तड, फोक्सुन्डो ताल र आँपस्वारा दलित सामुदायिक होमस्टेमा काव्ययात्रा भैसकेको छ। काव्ययात्रामा पनि गाउँघरमा बसेर कला, साहित्य, सङ्गीत र सनातनी सिपको प्रवद्र्धन र संरक्षणमा सक्रिय भुइँमान्छेलाई नगदसहित सम्मान गर्दै आएको छ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन