
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
पोखरा, २५ कात्तिक । मित्रमिलन सहकारी ठगीमा संलग्न उपाध्यक्ष एवं ताण्डव न्यूजका पत्रकार विजय लम्साल पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीले आज सहकारी ठगीमा पत्रकार लम्साललाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलाशले आज आइतबार भएको थुनछेक बहसका क्रममा सहकारीका उपाध्यक्ष लम्साललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । महिनौंदेखि फरार रहेका लम्साललाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अर्चलबोटस्थित ससुरालीघरबाट ४ दिन अघि पक्राउ गरेको थियो ।
सहकारी ठगीमा संलग्न उपाध्यक्ष लम्साल र ताण्डव न्यूजका सञ्चालक एवं सम्पादक अर्जुन गिरी मिलेर सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेका थिए । २०७५ असोज २६ गतेको पाँचौं विशेष साधारण सभाबाट लेखा समिति संयोजकको रुपमा जिम्मेवारी लिएदेखि २०७६ भदौं २० गते को छैटौं वार्षिक साधारण सभाबाट उपाध्यक्ष पदमा निर्वाचित भई हालसम्म सोही पदमा कार्यरत रहँदा लम्सालको गिरोहले सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेको थियो ।
सहकारीका अध्यक्ष रमण पौडेल, उपाध्यक्ष लम्साल, लेखा समितिका सदस्य समेत रहेका अर्जुन गिरी र कानुनी सल्लाहकार जनकल्याण पराजुली मिलेर सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेका थिए । कानुन व्यवसायी समेत रहेका जनकल्याण पराजुलीले नयाँबजारमा रहेको कित्ता नं. २५ को पक्की घर अशोक थापासँगको मिटरब्याजी कारोबारबाट हडपेका थिए । सो घर खाली गराउन मात्र पत्रकार अर्जुन गिरीले सहकारीको ६० लाख रुपैयाँ रकम असुलेका थिए ।
यो गिरोहमा संलग्न मध्ये सहकारीका अध्यक्ष रमण पौडेल र अर्जुन गिरी यसअघि नै सहकारी ठगीमा कास्की कारागारमा थुनामा रहेका छन् भने कानुन व्यवसायी जनकल्याण पराजुली धरौंटी बुझाएर जिल्ला अदालत कास्कीबाट तारेखमा रिहा भएका छन् ।
एकातर्फ चर्को मिटरब्याज धन्दामा संलग्न जनकल्याणले सो घर हडप्न अशोक थापाको परिवारलाई मानसिक तनाव दिएका थिए । डन न्यूजलाई प्राप्त कल रेकर्डमा कानुन व्यवसायी जनकल्याणले थापाको परिवारका महिलासदस्यहरुमाथि प्रयोग गरेका शब्दहरु आपत्तिजनक, अश्लिल र सुन्न नसकिने खालका छन् । पीडितमाथि भएको यो ज्यादतीपूर्ण अडियो रेकर्ड र घटनाका सम्बन्धमा न्यायिक निकायहरुमा कल रेकर्डसहितका सूचनाहरु इमेल मार्फत् पठाईएको परिवारस्रोतले जानकारी दिएको छ ।
लम्सालले सहकारीको २ करोड ५० लाख रुपैयाँ झिकेर कानुनी सल्लाहकार पराजुलीकी श्रीमती कमलाको नाममा रहेको साढे दुईतलाको पक्की घर २०७७ फागुन १७ गते आफ्नो नाममा पास गरेका थिए । पछि त्यो घर सहकारीको एक रुपैयाँ पनि नतिरी उपाध्यक्ष लम्सालले आफ्ना व्यवसायिक साझेदार ताण्डव न्यूजका सञ्चालक एवं सम्पादक अर्जुन गिरीलाई पास गरिदिएका थिए ।
लम्सालले आफ्नो तथा श्रीमतीको नाममा सहकारीमा रहेको बचत खातामा रामप्रसाद कार्की, प्रल्हाद पौडेल र रमण पौडेलको खाताबाट १० लाख ८९ हजार ६ सय रुपैयाँ रकमान्तर गरी हिनामिना गरेको बित्तीय छानबिन र प्रहरी अनुसन्धानका क्रममा भेटिएको थियो ।

मित्रमिलन सहकारी र प्रेस युनियन कास्कीका उपाध्यक्ष एवम् ताण्डव न्यूज डटकमका वरिष्ठ संवाददाता विजय लम्साल । फाईल तस्विर
त्यसैगरी, उपाध्यक्ष लम्साल र पत्रकार अर्जुन गिरीको स्वामित्वमा रहेको क्याफे दि गार्डेनले लिएको कर्जा चुक्ता गर्न कृतिम खाता खडा गरी रकम चलखेल गरेका थिए । लम्सालले २०७७ चैत ५ गते ३६ लाख २५ हजार ५ सय १५ रुपैयाँ र विभिन्न मितिमा ४ लाख ६९ हजार ४ सय ५० प्रल्हाद पौडेल, रमण पौडेल र प्राइम बचत तथा ऋण सहकारी संस्था लि.को नाममा उक्त सहकारीमा भएको बैंक खातामा रकामान्तर गरी लिएको अनुसन्धानका क्रममा खुलेको थियो ।
त्यसैगरी, ऋणी चन्द्रबहादुर विकको नाममा २०७८ साउन २६ गते १७ लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सोही मितिमा नै ऋणी चन्द्रबहादुर विकबाट स्याङ्जा जिल्ला साविकको टक्सार गाविस वडा नं. १ मा रहेको कित्ता नं. ४ को जग्गा आफ्नो नाममा राजिनामा पास गराई लम्सालले लिएका थिए ।
सो कर्जा हालसम्म भुक्तानी गर्न बाँकी रहेको र २०७८ चैत २९ गतेसम्म २६ लाख कर्जा लिदाँको बखतमा कर्जा प्रक्रिया पुरा नगरी दृष्टिबन्धक रोक्का गरेर मात्र उक्त रकम लिएको उल्लेखित कसुरको सम्बन्धमा वित्तीय विश्लेषक समक्ष लम्सालले आफ्नो कसुर स्वीकार गरेका थिए ।
मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको आर्थिक हिनामिना तथा ठगीमा संलग्न रहेको भन्दैं ३३ जना विरुद्ध जिल्ला अदालत कास्कीमा यतिबेला मुद्दा चलिरहेको छ । सहकारी ठगीमा जनप्रतिनिधि, पत्रकार, वकिल, टोलेगुन्डादेखि मिटरव्याजीहरुको संलग्नता रहेको प्रहरी अनुसन्धान र वित्तीय छानबिन समितिको प्रतिवेदनमा देखिएको थियो ।
मित्र मिलन सहकारीमा ३ हजार ४ सय ४६ जना पीडित बचतकर्ताहरुले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । सहकारीको वित्तीय विवरण सम्बन्धमा गरिएको अनुसन्धानका क्रममा २६ करोड ८३ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो । प्रहरी कार्यालयले ३१ करोड विगो दावीसहित सहकारी ऐन, २०४७ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा थप कारवाही गर्न अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर यस मुद्दामा राजनीतिक दवावका कारण सरकारी वकिलको कार्यालयले शुरुमा २१ करोडको मात्र बिगो माग दावी गरेको थियो भने पछि बचतकर्ताको दवावमा थप बिगो माग दावी गरिएको हो ।
सहकारी ऐन, २०७४ (दफा १२२ र १२४) अन्तर्गत सहकारी ठगीमा गत पुस १२ गते सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा दर्ता (मुद्दा नं. ०८०–सि१–०७०२) गराएको थियो । प्रहरी अनुसन्धान र सरकारी वकिलको कार्यालयको छानबिनबाट सहकारी ठगीमा ३३ जना विरुद्ध मुद्दा प्रक्रिया अघि बढाईएको थियो ।
सहकारीका उपाध्यक्ष लम्साललाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (ख), (ग), (घ), (ङ), (च), (ञ) र (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (क), (ग), (घ ५) बमोजिम अधिकतम सजायको मागदावी गरिएको छ ।