
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
आज बिहीबार पनि जिल्ला अदालत कास्कीमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडिआईजी छविलाल जोशी (बञ्जाडे)लाई म्याद थपका लागि ल्याईदैंछ । आज पनि अदालतका स्रेस्तेदार राजन खनालको कार्यकक्षमा राखेर सेवाचाँकडी गरिन्छ वा समान रुपमा अन्य थुनुवासरह व्यवहार गरिन्छ त्यो भने हेर्न नै बाँकी छ ।
पोखरा, ८ कार्तिक । जिल्ला अदालत कास्कीका स्रेस्तेदारको कार्यकक्षमा यतिबेला हाईप्रोफाईलका अभियुक्तहरुको रजगज चल्ने गरेको छ । सहकारी ठगी, संगठित अपराध र किर्तेमा पक्राउ परेका हाईप्रोफाईलका अभियुक्तहरुको सेवामा यतिबेला कास्कीका स्रेस्तेदार राजन खनाल व्यस्त पनि देखिन्छन् ।
अदालतको प्रशासन प्रमुख समेत रहेका स्रेस्तेदारको कार्यकक्षमा हाईप्रोफाईलका यस्ता अभियुक्तहरुलाई सोफामा राख्दैं कफि, चिया, ग्रिन टि र पानीले स्वागत गर्नुका साथै उनिहरुका साथीहरुलाई समेत त्यहाँ भेट्न दिईने व्यवस्था मिलाएको प्रष्ट देख्न सकिन्छ । जुन अदालतको सिसिक्यामेराको फुटेज हेर्ने हो भने पनि छर्लङ्ग हुन्छ नैं ।
जिल्ला अदालत कास्कीको यो दृश्य हेर्ने हो भने कानुन सबैलाई बराबर भन्ने सिद्धान्तको ठाडैं उल्लंघन प्रष्ट देख्न सकिन्छ । सहकारी ठगीमा पक्राउ परेका अभियुक्तहरुको प्रोफाईल हेरेर अदालतका कर्मचारीहरुले गर्ने यस्तो व्यवहार देख्दा अझै पनि दास मानसिकताको अन्त्य नभएको र शक्तिका अगाडि न्यायालय समेत झुक्ने गरेको आभाष हुने गर्दछ ।
घटना हो, सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडिआईजी छविलाल जोशी (बञ्जाडे)को सन्दर्भमा । यी दुई अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट न्यायालय लगेपछि देखिने दृश्यले धेरैको मन कुँडिन्छ पनि । यस्ता हाईप्रोफाईलका ठगहरुलाई अदालत परिसर भित्र गरिने चाँकडी, चाप्लुसी र विभेदपूर्ण व्यवहारले न्यायालयको गरिमालाई मात्र ध्वस्त बनाएको छैन, आमजनताको अदालतप्रतिको विश्वासलाई पनि धमिल्याएको छ ।
देशव्यापी रुपमा नै चर्किएको सहकारी ठगी र सबैभन्दा ठुलो रकम अपचलनको मुद्दामा पक्राउ परेका पात्रहरुलाई उनीहरुको प्रोफाईल हेरेर गरिने सत्कार, सम्मान र चाँकडीलाई लिएर आमपोखरेलीहरुको न्यायालयप्रति वितृष्णा बढ्दै गएको छ ।
कास्की अदालतमा उपस्थित भएका पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडिआईजी छविलाल जोशीलाई स्रेस्तेदार राजन खनाल ढोकामा स्वागतका लागि उभिने मात्र होइन, आफ्नै कार्यकक्षमा यस्ता अभियुक्तहरुलाई लगेर सोफामा राखी चियापानी र खाजाको समेत व्यवस्था मिलाउने गरेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।
अदालत परिसरमा पुगेका सर्वसाधारण जनताले अदालतका प्रशासन प्रमुख स्रेस्तेदार खनालको यो व्यवहार देखेर छक्क पर्दै ‘सानालाई ऐन, ठुलालाई चैन’ भनेको यहीं हो भन्दैं चाँकडीको पराकाष्ठा भएको भनि आलोचना गरिरहेको सुन्न पाईन्छ ।
प्रहरी हिरासतमा रहेका हाईप्रोफाईलका व्यक्ति अदालतमा उपस्थित गराईदाँ सजिलैंसँग प्रेसमिट गर्न पाउने, कार्यालय प्रमुखको कार्यकक्षमा बसेर आनन्दले चियापान गर्दै आफ्ना साथीभाइसँग भेटघाट गर्न पाउने, बिना हतकडी शानका साथ उनीहरुका निजी कानुन व्यवसायीहरुको गाडीसहित अदालत परिसरमा छिर्न पाउनु लगायतका घटनाले यतिबेला जिल्ला अदालत कास्कीको आलोचना भईरहेको छ ।

जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनाल
पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले म्याद थप गर्ने समयमा अदालत परिसर भित्र कानुन व्यवसायीहरुको साधनमा समेत प्रवेश निषेध गरेको थियो । त्यसदिन पनि रवि लामिछानेका कानुन व्यवसायीहरुले स्कारपियो गाडी लिएर अदालत परिसरभित्र शानका साथ प्रवेश गरेका थिए । आमसर्वसाधारण जनतालाई मात्र नभई एउटै पेशा व्यवसायमा आवद्ध कानुन व्यवसायीहरुमाथि पनि अदालत प्रशासनले विभेदपूर्ण व्यवहार गरेको थियो ।
त्यसो त यसअघि म्याद थपका लागि अदालतमा उपस्थित गराईदाँ पूर्वडिआईजी छविलाल जोशी (बञ्जाडे) हाफ पाईन्टमा अदालत परिसरमा उपस्थित भएको एक सेवाग्राहीले जानकारी दिए । उनले भने–‘अदालतमा सहकारी ठगी, संगठित अपराधमा पक्राउ परेर म्याद थपका लागि ल्याइएका डिआईजी छविलाल जोशी (बञ्जाडे) हाफ पाईन्टमा अदालत परिसरभित्र प्रवेश गरेका थिए ।’
अदालतमा ल्याईएका अभियुक्तहरुलाई राख्नका लागि अदालत प्रशासनले परिसर भित्र दुई स्थानमा गोलघर बनाएर तारजालीले घेरेर सुरक्षित रुपमा बस्न मिल्ने ठाउँ बनाएको छ । तर त्यहाँ सर्वसाधारण जनताहरु जसको पहुँच र सम्बन्ध माथिसम्म छैन, त्यस्तालाई मात्र राखिन्छन् भने हाईप्रोफाईलका अभियुक्तहरुलाई अदालत प्रशासन प्रमुखको कार्यकक्षमा चियापानीसहित व्यवस्था गरेर सोफामा राख्ने गरिन्छ ।
आज बिहीबार पनि जिल्ला अदालत कास्कीमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडिआईजी छविलाल जोशी (बञ्जाडे)लाई म्याद थपका लागि ल्याईदैंछ । आज पनि अदालतका प्रशासन प्रमुख स्रेस्तेदार राजन खनालको कार्यकक्षमा राखेर सेवाचाँकडी गरिन्छ वा समान रुपमा अन्य थुनुवासरह व्यवहार गरिन्छ त्यो भने हेर्न नै बाँकी छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ