
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
राम थापा, गण्डकी, १ कात्तिक । यसपालिको विजयादशमीका दिन दिन पर्यटक पथप्रदर्शक दिवस गुरुङ मनाङको विकट गाउँ नार्फु हुनुहुन्थ्यो । देशभर दसैँको उल्लास छाइरहँदा उहाँ भने इटालीका ग्याब्रियल र क्यारालाई साथमा लिएर अन्नपूर्ण क्षेत्रको पदयात्रामा निस्कनुभएको थियो । मनाङ सदरमुकाम चामे, नार्फु हुँदै, थोरङ भञ्ज्याङ काटेर मुस्ताङको मुक्तिनाथ पुग्ने योजनामा रहेको उक्त टोली अहिले पनि पदयात्राकै क्रममा छ ।
बिहीबार मनाङको याकखर्कबाट रासससँग टेलिफोनमा कुराकानी गर्दै पथप्रदर्शक गुरुङले १३ दिनको पदयात्रा दसैँको चार दिनअघिबाट सुरु गरिएको जानकारी दिनुभयो । “यसपालिको दसैँ पदयात्रामै बित्यो, घरपरिवारसँग बसेर मनाउन पाइएन”, उहाँले भन्नुभयो, “पथप्रदर्शक भएपछि चाडपर्व नै बिर्सेर पदयात्रामा जानुपर्ने हुन्छ, यो पेसा नै यस्तै हो ।” गुरुङले आउँदो तिहारमा अमेरिकी पर्यटकसँग घोडेपानी–पुनहिलको पदयात्रा तय भइसकेको बताउनुभयो ।
गत वर्ष तिहारमा पनि उहाँ इटालीका रिकार्डो र भेरोनिकालाई लिएर मनाश्लु क्षेत्रको पदयात्रामा जानुभएको थियो । उत्तरी गोरखाको चुम उपत्यका र गणेश हिमालको आधारशिविरको घुमघामका लागि उहाँ पर्यटकसहित त्यहाँ पुग्नुभएको थियो । गत वर्षको तिहार कात्तिक २९ गते परेको थियो । ३७ सय मिटरको उचाइमा अवस्थित प्राचीन मु–गुम्बाको आँगनमा गुरुङ, इटालीका रिकार्डो र भेरोनिकाले तिहार मनाउनुभएको थियो ।
गुरुङले भुइँमा गलैँचा ओछ्याएर तीनै जनाले एकापसमा भाइटीका लगाएको सम्झना अहिले पनि ताजै रहेको सुनाउनुभयो । त्योबेला भेरोनिकाले गुरुङको निधारमा सप्तरङ्गी टीकासहित ढाका टोपी र सयपत्री माला पहिराइदिनुभएको थियो । गुरुङपछि भेरोनिकाले उसैगरि रिकार्डोलाई पनि टीका, माला र टोपी लगाइदिनुभएको थियो । गुरुङ र रिकार्डोले भेरोनिकालाई मिठाई र फलफूल दिएर हार्दिकता साटासाट गर्नुभएको थियो ।
“गत वर्षको तिहारमा हिँड्दाहिँड्दै भाइटीकाका दिन जहाँ पुगिन्छ त्यहीँ तिहार मनाउने भनेर टीका र सामग्री म आफैले बोकेर गएको थिएँ”, उहाँले भन्नुभयो, “रिकार्डो र भेरोनिका स्कूले साथी हुन्, धेरैपछि नेपाल आउँदा दुई जनाबीच भेट भएको थियो, उनीहरुसँगै पदयात्रा गर्दा र भाइटीका लगाउन पाउँदा एकदमै रमाइलो अनुभूति गरेका थिए ।” मनाङको उपल्लो हिमाली भेगमा तिब्बतीयन संस्कृति रहेको र दसैँ मान्ने चलन नरहेका कारण यसपालि गत वर्षको जस्तो संयोग भने नजुरेको गुरुङले बताउनुभयो । उहाँले यात्राका क्रममा विदेशी पर्यटकलाई आफ्नो संस्कृतिबारे सुनाउन र बुझाउन पाउँदा गर्वको अनुभूति हुने गरेको सुनाउनुभयो ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेका गुरुङलाई चाडबाडमा घरपरिवार र आफन्तसँग नहुनु कुनै नौलो कुरा भने होइन । गुरुङले गत वर्षको दसैँ पनि पदयात्राकै क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रमा बेलायती पर्यटकसँग मनाउनुभएको थियो ।
दुई वर्षअघिको दसैँ–तिहारमा त उहाँ झनै टाढा कर्णाली क्षेत्रको पदयात्रामा निस्कनुभएको थियो । “शरद ऋतु पदयात्राको मुख्य याम पर्ने भएकाले दसैँ–तिहारका बेला प्रायः घमफिरमै रमाइरहेको हुन्छु”, गुरुङले भन्नुभयो, “कहिले एक्लै घुम्छु, कहिले पदयात्री पर्यटकलाई लिएर हिँडिरहेको हुन्छु, चाडबाड आउनुपूर्व नै पदयात्राको योजना तय भइसकेको हुन्छ ।” पथप्रदर्शक मात्र नभएर पर्यटन क्षेत्रका अन्य कर्मचारी र मजदुरका लागि पनि चाडपर्व खल्लो हुने गरेको उहाँको भनाइ छ ।
पहिलोपटक पोल्याण्डको एक जोडीलाई अन्नपूर्ण आधार शिविर पु¥याएर पथप्रदर्शकका काम सुरु गर्नुभएको गुरुङले कहिले कम्पनीहरुमार्फत त कहिले व्यक्तिगत सम्पर्कका आधारमा पर्यटकलाई विभिन्न गन्तव्यमा घुमाउने गर्नुभएको छ । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले चाडबाडकै बेला मुख्य पर्यटकीय याम पर्ने भएकाले आफूलाई चाडबाडको उल्लासले खासै नछुने बताउनुभयो । “पथप्रदर्शक, भरिया मात्र नभएर हामी व्यवसायीलाई पनि पर्यटकको सेवा, सत्कारमा भ्याइनभ्याइ हुन्छ, यो याममा काम नगरे व्यवसाय धान्नै गाह्रो हुन्छ”, उहाँले भन्नुभयो ।
पर्यटन क्षेत्रका व्यवसायी, कर्मचारी र मजदुरलाई चाडबाडका बेला झन् बढी काममा खटिनुपर्ने बाध्यता रहेको आचार्यले बताउनुभयो । “यो बेला काम नगरे जीविका चल्दैन, पर्यटन क्षेत्रमा चार महिना कस्सिएर काम गर्ने र अरु बेला पर्यटक कुरेर बस्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । नेपालमा असोज–मङ्सिर र चैत–जेठलाई मुख्य पर्यटकीय यामका रुपमा लिने गरिन्छ । पदयात्रा लागि पनि यी दुवै याम उत्तम मानिन्छन् । आचार्यले पथप्रदर्शक र भरियाले बाटैमा पर्यटक र साथीभाइसँग मिलेर चाडबाड मनाउने गरेको बताउनुभयो ।
“मनाङ, मुस्ताङतिर दसैँ–तिहारको खासै महसुस हुँदैन, तर तल्लो भेगमा जाँदा भने स्थानीयवासीसँग घुलमिल भएर रमाउँदै चाडबाड मनाउन पाइन्छ”, उहाँले भन्नुभयो । पछिल्लो सातायता पर्यटकीय राजधानी पोखरालगायत आसपासका गन्तव्यस्थलमा पर्यटकको चहलपहल बढेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । “पदयात्रामा जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बढेको छ, पर्यटकीयस्थल भरिभराउ छन्”, उहाँले भन्नुभयो ।
पदयात्राका लागि प्रख्यात यहाँका अन्नपूर्ण, मनाश्लु संरक्षण क्षेत्रलगायत गन्तव्यस्थल प्रख्यात छन् । नेपालीहरुमा विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निस्कने प्रवृत्ति बढीरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रविन कडरियाले बताउनुभयो । उहाँका अनुसार कोही परिवारसित त कोही साथीसङ्गी मिलेर पदयात्रामा रमाउँछन् । ‘एक्याप’भित्र पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, सिक्लेस, खुमै डाँडा, मनाङको तिलिचो ताल, थोरङ् भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक थिए । कुनैताका विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ ।
सडक र हवाईमार्गबाट विभिन्न गन्तव्यस्थलको भ्रमणमा जाने पर्यटकको संख्या पनि यो याममा उल्लेख्य हुन्छ । प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरु पदयात्रामा निस्कन्छन् । शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पदयात्रा गर्नु उपयुक्त मानिन्छ । रासस
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन