
१विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
२विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
५सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
६डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
७सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
८चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
९नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
१०आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
११‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडौँ, २३ असोज । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले सुशासन प्रवर्द्धनमा सञ्चारकर्मी एवं सञ्चार जगतको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ ।
आज बुधबार तराई विकास तथा सञ्चार केन्द्रले यहाँ आयोजना गरेको सुशासन प्रवर्द्धनमा नीति निर्माण तहका पदाधिकारीहरुको भूमिका विषयक छलफल तथा विजया दशमी २०८१ को शुभकामना आदानप्रदानमा बोल्दै मुख्य सचिव अर्यालले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “सुशासन प्रवर्द्धन तथा नीति निर्माण तहमा हाम्रो भूमिका सकारात्मक छ । अहिले सञ्चार माध्यममा आएका कुरा पाठकले झट्टै विश्वास गर्ने भएकाले सुशासन प्रवर्द्धनमा कलम चलाएको खण्डमा हामीलाई अझ सहज हुन्छ ।”
मुख्य सचिव अर्यालले प्राविधिक तथा वातावरणीय परीक्षणविना ग्रामीण क्षेत्रमा निर्माण गरिएका सडकलगायतका संरचनाका कारण यसपटक बाढीपहिरोबाट ठूलो क्षति बेहोर्नुपरेको बताउनुभयो । प्राविधिक तथा वातावरणीय परीक्षणविना धादिङको झ्याप्ले खोलामाथि सडक बनाइएका कारण ठूलो मानवीय क्षति भएको उहाँको भनाइ थियो । यसैगरी दसैँ, तिहार लगायतका मुख्य चाडपर्वका समयमा केही वर्गले दैनिक उपभोग्य वस्तुमा महँगी बढाउने, गाडीको भाडा दोब्बर बढाउने गरेको गुनासो आएकाले त्यस्ता व्यक्तिलाई कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको जानकारी दिनुभयो ।
यसैगरी बाढीपहिरोका कारण क्षति पुगेका ठाउँमा कमाण्ड पोष्ट खडा गरेर सडक सञ्चालन भइरहेको सचिव शर्माले जानकारी दिनुभयो । सडक खुलाउने काममा खटिएका टिमलाई दसैँको टीकाको दिनबाहेक अन्य दिन बिदा नदिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सुमित्रा अमात्यले सुशासन प्रवर्द्धनको अनुभूति हुने काममा सरकारले जोड दिनुपर्ने बताउनुभएको थियो । रासस