
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा, १० वैशाख । विन्दवासिनी बचत तथा ऋण सहकारीको करिब ७ करोड रुपैयाँ डुबाउने मुख्य अभियुक्तहरु मध्ये सचिव गंगाधर सुवेदीलाई यतिबेला सेटिङमा छुटाउने तयारी भईरहेको भन्दैं पीडित बचतकर्ताहरुले त्यसो नगर्न अदालतलाई आग्रह गरेका छन् । एकै प्रकृतिको सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीमा हुने फरक–फरक निर्णयका पछाडी कानुनी व्यवसायीमार्फत् अदालतसम्म गरिने आर्थिक चलखेल र राजनीतिक दवाव नैं मुख्य कारण भएको भन्दैं बचतकर्ताहरु सशंकित भएका हुन् ।
आइतबार हिजो आफैं अदालतमा उपस्थित भएका सचिव सुवेदीको बयान नसकिएपछि प्रहरी थुनामा राखिएको छ । सुवेदीको आज सोमबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासमा थुनछेक बहस हुँदैंछ । तर बाहिर लाखौं खर्च गरी कानुनी व्यवसायीमार्फत् अदालत र न्यायाधीशसम्म सेटिङ मिलाएर आफू सहजैं उम्किने र बचतकर्ताहरुले आफूलाई केही गर्न नसक्ने धम्की उनी र उनका आफन्तहरुले दिएको भन्दैं पीडित बचतकर्ताहरुले न्याय परिषद र सम्बन्धित निकायले राम्रोसँग यस्ता मुद्दाहरुको छानबिन गर्नुपर्ने माग राखेका छन् ।
सहकारी ठगी सम्बन्धि मुद्दामा कास्कीका विभिन्न सहकारीमा एकै प्रकृतिका मुद्दामा पनि न्यायाधिशहरुले फरक–फरक निर्णय र धरौंटी माग समेत असाध्यैं न्यून गरिरहेको अवस्थामा कास्कीसँगैं रहेको अन्य जिल्लाहरुमा भने यहाँको भन्दा ठ्याक्कैं फरक पीडित बचतकर्ताको पक्षमा न्यायाधीशहरुले निर्णय गरिरहेका छन् । प्रहरी प्रशासनदेखि न्यायालयसम्म लाखौं रुपैयाँ चलखेल गरी मुद्दा कमजोर पार्ने र पीडकलाई उन्मुक्ति दिईने घटना भने नौंलो र पुराना होइनन् ।
पोखरामा भएको सहकारी ठगी र बचतकर्ताको रकम हिनामिना गरिएको मध्ये अहिलेसम्म अदालतमा आएको मुद्दामा सबैभन्दा थोरै रकम विन्दवासिनी सहकारीको रहेको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले ३१ जनालाई प्रतिवादी बनाउँदैं २०८० चैत १५ गते मुद्दा दर्ता गरेको थियो । सहकारी ऐन २०७४ को दफा १२२ र दफा १२४ अनुसार सहकारी ठगीमा मुद्दा चलाईएको थियो ।
यो सहकारीमा अध्यक्ष सुवर्णमान नकर्मी र सचिव गंगाधर सुवेदी मिलेर सहकारीको रकम किर्ते कागजपत्र बनाएर, सहकारी ऐन र प्रचलित कानुन विपरित ठगी गरेका थिए । यस ठगीमा सचिव सुवेदीका आफ्नैं सानीआमाका छोरा भाइ नाता पर्ने उदिप सन्दिप पौडेल पनि संलग्न छन् । तर अदालतले यसअघि नैं उदिपसन्दिपलाई असाध्यैं न्यून धरौंटीमा छोडिसकेको छ ।
सहकारीका अध्यक्ष नकर्मी र सचिव सुवेदी मिलेर सहकारीको नाममा रहेको साढे ५ करोडको जग्गा व्यक्तिगत नाममा ल्याई सहकारीको रकम हिनामिना गरेका थिए । अध्यक्ष नकर्मी र सचिव गंगाधर सुवेदी मिलेर कार्य समितिका अन्य पदाधिकारीहरु समेतको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेका थिए । साथै सहकारीको नाममा रहेको कि.नं. ८९३२ सिट नं. ०९०११६७१ को क्षेत्रफल ३.१.३.० मो जग्गा समेत किर्ते गरी बेचबिखन गरेका थिए । उनीहरुले यो ठगी काण्डमा सहकारीको झण्डै ५ करोड रुपैयाँ हिनामिना गरेका छन् । लम्की–चुहा नगरपालिका वडा नं. ६ कैलालीकी रेजिना विष्ट र पोखरा–१७, विरौटा बस्ने उदितसन्दीप पौडेललाई योजनावद्ध ढंगले अध्यक्ष नकर्मी र सचिव सुवेदीले जग्गा नामसारी गरिदिएका थिए ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु