
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
शान्ति केसीको चितवनको गर्दी वडा नं. ३ मा रहेको जमिन साविक कित्ता नं. ६८ (०–३–१३–५–० विघा), ८१९(०–३–१२–० विघा) र ८२१ (०–१०–५.५–० विघा) करिब साढे ३२ कठ्ठा जमिन २०७९ भदौं २९ गते वडाध्यक्ष दीपकप्रसाद सुवेदीले एक रुपैयाँ पनि नदिई चलाखीपूर्ण ढंगले आफ्नो नाममा पास गरेका थिए ।
पोखरा, २९ फागुन । ठगी मुद्दामा २० दिनदेखि थुनामा रहेका नेकपा एमालेबाट निर्वाचित पोखरा–२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीलाई कास्की प्रहरीले आज मंगलबार जिल्ला अदालत कास्कीबाट पुनः ५ दिनको म्याद थप गरेको छ ।
एक असहाय महिलाको साढे ३ करोड पर्ने जग्गा सित्तैंमा झुक्याएर आफ्नो नाममा पास गरी ठगी गरेको आरोपमा वडाध्यक्ष सुवेदीलाई प्रहरीले पक्राउ गरेको थियो । सोही मुद्दामा प्रहरीले थप अनुसन्धान गर्न आज मंगलबार जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।
पोखरा–१० रामबजार बस्ने शान्ति केसीको चितवनमा रहेको साढे तीन करोड रुपैयाँभन्दा बढि पर्ने जग्गा वडाध्यक्ष सुवेदीले चलाखीपूर्ण ढंगले सहकारीका सञ्चालकसँग मिलेर सित्तैमा आफ्नो नाममा पास गरेका थिए । सहकारीमा धितोमा राखिएको उक्त जमिन सित्तैमा हडपेका वडाध्यक्ष सुवेदीले ती महिलालाई सो जग्गा चाहिए २ करोड रुपैयाँ दिनुपर्ने भन्दैं धम्क्याउँदैं आईरहेका थिए ।
शान्ति केसीको चितवनको गर्दी वडा नं. ३ मा रहेको जमिन साविक कित्ता नं. ६८ (०–३–१३–५–० विघा), ८१९(०–३–१२–० विघा) र ८२१ (०–१०–५.५–० विघा) करिब साढे ३२ कठ्ठा जमिन २०७९ भदौं २९ गते वडाध्यक्ष सुवेदीले एक रुपैयाँ पनि नदिई चलाखीपूर्ण ढंगले आफ्नो नाममा पास गरेका थिए ।
पोखराको नयाँ बजारमा रहेको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेल र वडाध्यक्ष सुवेदी मिलेर धितोमा रहेको उक्त जमिन व्यवहार मिलाउने नाममा चलाखीपूर्ण ढंगले लुटेको पीडित शान्ति केसीले डन न्यूजलाई बताईन् । उनले भनिन्–‘सहकारीमा धितो राखिएको उक्त जमिन सहकारीका अध्यक्ष लगायत सञ्चालकहरु र वडाध्यक्ष सुवेदी मिलेर लुट्ने काम गरियो । यिनीहरुलाई कडा भन्दा कडा कारवाही हुनुपर्दछ ।’

म्याद थप गर्नका लागि आज मंगलबार जिल्ला अदालत कास्कीमा वडाध्यक्ष दीपकप्रसाद सुवेदी लगायतलाई लैजाँदैं कास्की प्रहरी । तस्विर: राजेन्द्र अधिकारी
मित्रमिलन सहकारीमा पीडित महिला केसीले ८० लाख रुपैयाँ ऋण लिएकी थिईन् । केही समय ब्याज र किस्ता तिरेपनि पछिल्लो समय गारो भएपछि सहकारीका अध्यक्ष पौडेलले लिलामीमा निकाल्नु भन्दा बरु व्यवहार मिलाएर सल्टाउन पाए संस्था र दुवैलाई फाईदा हुने भन्दैं वडाध्यक्ष सुवेदीलाई पास गराई दिएको उनले बताईन् । यसरी जग्गा पास गरेपछि सहकारीका अध्यक्ष पौडेल र वडाध्यक्ष सुवेदी दुवै सम्पर्कविहिन भएपछि मात्र शान्ति केसीले आफू ठगिएको थाहा पाएकी थिईन् ।
पटक–पटक सहकारीका अध्यक्ष पौडेल र वडाध्यक्ष सुवेदीलाई सो जग्गा फिर्ता गरिदिन वा साढे तीन करोड रुपैयाँ दिन आग्रह गर्दा पनि उल्टै धम्क्याएपछि पीडित महिला केसीले बाध्य भएर प्रहरीमा ठगीको मुद्दा दर्ता गराएकी थिईन् ।
यता, सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएसँगैं महिनौंसम्म फरार भएका वडाध्यक्ष सुवेदी अदालतमा उपस्थित भएकै दिन प्रहरीले अर्को ठगी मुद्दामा पक्राउ गर्न सफल भएको थियो । वडाध्यक्ष सुवेदीलाई मित्र मिलन सहकारी ठगीमा जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको एकल ईजलासले ८ लाख धरौंटीमा रिहा हुने आदेश दिएको थियो ।
धरौंटी बुझाएर साँझपख अदालतबाट बाहिरिदैं गर्दा वडाध्यक्ष सुवेदीलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राऊ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकका अनुसार वडाध्यक्ष सुवेदीका विरुद्धमा पोखरा–१० रामबजार बस्ने शान्ति केसीले ठगी गरेको भन्दैं जाहेरी दर्ता गराएकी थिईन् ।
पोखराको नयाँ बजारमा रहेको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेलले ऋणी शान्ति केसीलाई व्यवहार मिलाउने नाममा सो जग्गा वडाध्यक्ष सुवेदीको नाममा पास गराएका थिए । तर वडाध्यक्ष सुवेदीले पैसा नदिएपछि सहकारीले फुकुवा दिएर धितो बिक्री भईसके पनि ती पीडित महिलाको नाममा पुनः ऋण कायम गरिएको वित्तिय अनुसन्धानका क्रममा भेट्टिएको थियो । यतिबेला ८० लाख ऋण लिएकी शान्ति केसीले धितो वापत राखिएको जमिन गुमाएकी मात्र छैनन्, उल्टैं सहकारीमा १ करोड २० लाख रुपैयाँ भन्दा बढि पैसा बुझाउनु पर्ने देखिएको छ ।

जिल्ला अदालत कास्कीमा म्याद थपका लागि ल्याउँदैं गर्दा पोखरा–२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीसहित थुनुवाहरु ।
कास्की अदालतमा धमाधम सहकारी ठगीमा फरार भएकाहरुले राजनीतिक पहुँच, आर्थिक चलखेल र सेटिङ मिलाएर धमाधम धरौंटीमा रिहा हुन थालेपछि पीडितहरुले न्याय परिषदमा जाने तयारी गर्न बाध्य भएका थिए । सहकारीमा सर्वसाधारण जनताले बचत गरेको बचत रकम हिनामिना गर्ने पात्रहरुलाई अदालतले सामान्य धरौंटीमा छोड्न थालेपछि न्यायाधीशहरुको व्यापक आलोचना र विरोध भएको थियो ।
पीडितहरुले न्यायाधीशहरु आर्थिक प्रलोभनमा विकेको र ठगहरुलाई बचाउन गरिएको सेटिङको मतियार भएको आरोप लगाएका थिए । जुन आरोपलाई न्यायाधीशहरुले एकै प्रकृतिको मुद्दामा गरेका फरक–फरक फैसलाले पनि थप पुष्टि गरेको थियो ।


सहकारी ठगी मुद्दामा ८ लाख धरौंटीमा रिहा भए लगत्तैं सोही दिन पक्राउ परेका वडाध्यक्ष दीपकप्रसाद सुवेदी पुनः अर्को ठगी मुद्दामा प्रहरी थुनामा छन् । पहेलो घेरामा वडाध्यक्ष सुवेदी ।