
१फेवातालमा कार खस्दा अदित गुरुङको मृत्यु
२फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
३प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
६नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
७रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
८घट्यो बाल मृत्युदर
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
१२पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
३पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
४घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
५आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
६गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
७गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
८कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
९घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
१०टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
११पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
पोखरा, १० फागुन । मित्रमिलन सहकारी ठगीमा ताण्डव न्यूजका प्रधान सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि आज बिहीबार थुनामा पठाएको छ । नेकपा एमालेका कास्की जिल्ला सदस्य, एमाले वडा नं. २१ का ईञ्चार्ज र प्रेस चौतारी कास्कीका अध्यक्ष समेत रहेका गिरीलाई सहकारीको ४ करोड भन्दा बढि रकम हिनामिना गरेको अभियोगमा अदालतमा मुद्दा चलेको थियो ।
जिल्ला न्यायाधीश रामचन्द्र शर्माको एकल इजलासले दुई दिनको बहस पछि आज थुनामा पठाउने आदेश दिएको हो । मित्र मिलन सहकारीका लेखा समितिका पूर्वसदस्य समेत रहेका गिरी प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगैं झण्डै तीन महिनौंदेखि फरार थिए । पीडित बचतकर्ताको तर्फबाट अधिवक्ता कमल पौडेल लगायत सरकारी वकिलको कार्यालय कास्कीका अधिवक्ताहरु र प्रतिवादीका तर्फबाट रोहितराज बास्तोलाको समूहले बहस गरेका थिए ।

जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि कारागार तर्फ लैजाने तयारी गर्दै प्रहरी ।
कानुन व्यवसायी रोहितराज बास्तोलाको समूह सूर्यदर्शन र मित्र मिलन सहकारीमा ठगी आरोप लागेकाहरुसँग वर्षौंदेखिको उठबस र मित्रता भएका कारण पनि यतिबेला ठगीमा संलग्नहरुको बचाउका लागि अनेकन् तिकडम् र हतकण्डा प्रयोग गर्दै आईरहेका छन् ।
पत्रकार गिरीले सहकारीको रकमले ताण्डव न्यूज डटकम, क्याफे दि गार्डेन रेष्टुरेण्ट र नयाँबजारस्थित अशोक थापाको घर समेत आफ्नो नाममा ल्याई भोगचलन गर्दै आईरहेका थिए । गिरीले सहकारीका अध्यक्ष रमण पौडेल र उपाध्यक्ष विजय लम्सालसित मिलेर सहकारीको पैसाबाट ताण्डव न्यूज साप्ताहिक र अनलाईन सञ्चालनको लागि आवश्यक सम्पूर्ण खर्च जस्तैं कम्प्युटर खरिद, अफिस सेटिङ, घरभाडा, बिजुलीपानी, कर्मचारीहरुलाई तलब, छपाई खर्च र विभिन्न कार्यक्रमहरुको नाममा करोडौं रकम हिनामिना गरेका थिए ।
कानुन व्यवसायी रोहितराज बास्तोलाको समूह सूर्यदर्शन र मित्र मिलन सहकारीमा ठगी आरोप लागेकाहरुसँग वर्षौंदेखिको उठबस र मित्रता भएका कारण पनि यतिबेला ठगीमा संलग्नहरुको बचाउका लागि अनेकन् तिकडम् र हतकण्डा प्रयोग गर्दै आईरहेका छन् ।
त्यसैगरी, सहकारीका उपाध्यक्ष विजय लम्सालसँग मिलेर पोखराको चिप्लेढुंगामा क्याफे दि गार्डेन सञ्चालनका नाममा पनि सहकारीको करोडौं रकम हिनामिना गरेका थिए । व्यक्तिगत रुपमा लिएको ऋण समेत पत्रकार गिरीले आजसम्म एक रुपैयाँ पनि तिरेका छैनन् ।
पत्रकार गिरीका ठगी धन्दाका सहयोगी कानुन व्यवसायी जनकल्याण पराजुलीसँग मिलेर मिजरव्याज धन्दामा पोखरा–९, नयाँबजारका अशोक थापालाई फसाई घरजग्गा कब्जा गरेका थिए । मिटरव्याज कारोबारमा संलग्न जनकल्याणले सहकारीका उपाध्यक्ष विजय लम्सालसँग झण्डै साढे दुई करोड रुपैयाँ लिएर आफ्नी श्रीमतीको नामको घर लम्सालको नाममा पास गराई दिएका थिए । त्यस लगत्तै सहकारीमा धितो राखेर रकम लिईएको उक्त घर उपाध्यक्ष लम्सालले सित्तैंमा पत्रकार गिरीको नाममा पास गरिदिएका थिए ।
मित्रमिलन सहकारी ठगी प्रकरणमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । मित्रमिलन सहकारी प्रकरणमा पत्रकार गिरीसहित ७ जनामात्र पुर्पक्षका लागि थुनामा पुगेका छन् । मंगलबारमात्र पोखरा महानगरपालिका– २१ का वडाध्यक्ष दीपक सुवेदी अदालतमा उपस्थित भएपछि ८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । त्यसको लगत्तै सवा २ करोड रुपैयाँ ठगी आरोपमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको थियो ।
पछिल्लो समय मित्रमिलन सहकारी ठगी प्रकरणमा एकपछि अर्को धरौटीमा छुटिरहेका थिए । सोही सहकारीको ठगी प्रकरणमा फरार अधिवक्ता जनकल्याण पराजुली पनि सोमबार अदालत उपस्थित भएपछि ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
यसैगरी माघ २४ गते अर्का आरोपी सहप्राध्यापक विष्णुप्रसाद भण्डारीलाई पनि कास्की जिल्ला अदालतले ७ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको गरेको थियो ।
सहकारी ठगी आरोप लागेका सुरेशकुमार श्रेष्ठ र हरेराम भण्डारी ७ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए भने लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी ७ लाख, विष्णुप्रसाद भण्डारी ७ लाख र पूर्वअध्यक्ष कृष्णबहादुर राउत १२ लाख रुपैयाँमा छुटेका थिए ।
सहकारीका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार/शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामा छन् । २२ जना अझै फरार छन् । पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रुपैयाँ रकम अपचलन गरेका थिए ।
लेखा समितिका पूर्वसदस्य अर्जुन गिरीमाथि लागेको अभियोग :
सहकारीमा ताण्डव न्यूजको नाममा बचत तथा ऋण खाता सञ्चालन गरी कारोबार गर्दै आईरहेकोमा २०७६ असोज २६ गतेको पाँचौं विशेष साधारण सभाबाट लेखा समिति सदस्यको पदमा निर्वाचित भएपछि प्रेस सल्लाहकारको समेत जिम्मेवारी अर्जुन गिरीले लिएका थिए । सोही क्रममा गिरी र विजय लम्सालको स्वामित्वमा रहेको क्याफे दि गार्डेनले लिएको कर्जा चुक्ता गर्न २०७७ चैत ५ गते ३६ लाख २५ हजार ५ सय १५ रुपैयाँ र विभिन्न मितिमा ४ लाख ६९ हजार ४ सय ५० प्रल्हाद पौडेल, रमण पौडेल र प्राइम बचत तथा ऋण सहकारी संस्थाको नाममा उक्त सहकारीमा भएको बैंक खातामा रकमान्तर गरी लिएको देखिएको छ । गिरीको नाममा सहकारीमा रहेको बचत खातामा खर्च शिर्षक तथा प्रल्हाद पौडेल नामको खाताबाट २० लाख ७३ हजार २ सय ८५ रुपैयाँ लिएको, ताण्डव न्यूजको नाममा लिएको कर्जा २२ लाख, ९ हजार ९ सय ४६ र विभिन्न मितिमा रमण पौडेल, जमुना तामाङ अन्य आम्दानी, मित्र मिलन कृषि सहकारी जस्ता कृतिम खाताहरु समेतबाट ४३ लाख ७४ हजार ५४ रुपैयाँ गरी कुल ६५ लाख ८३ हजार ९ सय ९२ रुपैयाँ ताण्डव न्यूजका नाममा विभिन्न खातामा रकमान्तर गरी लिएको देखिएको छ ।

राजनीतिक शक्ति र पत्रकारिताको आडमा सहकारीको करोडौं रकम हिनामिना गरेका अर्जुन गिरीलाई थुनामा राखेर कारवाहीको माग गर्दै अदालतको गेट अगाडि धर्ना दिदैं गरेका पीडित बचतकर्ताहरु ।
साथै, ताण्डव न्यूजका प्रधान सम्पादक गिरीले क्याफे दि गार्डेनलाई पुर्नसंरचना गरी सटरहरु बनाउने भनि अभिषेक भन्ने खुमानन्द काफ्ले र हरेराम भण्डारीको मिलेमतोमा सहकारीको रकम हिनामिना गरेको देखिएको छ । सहकारीका अध्यक्ष रमण पौडेल, उपाध्यक्ष विजय लम्साल, जनकल्याण पराजुली र सम्पादक गिरीको मिलेमतोमा सहकारीको सम्पत्ति तथा बचतकर्ताको बचत रकम हिनामिना गरी जनकल्याण पराजुलीले आफ्नो पत्नीको नाममा लिएको पोखरा–९, नयाँबजारमा रहेको कित्ता नं. २५ मा भएको घरजग्गा उपाध्यक्ष विजय लम्सालको नाममा लिखित पारित गरेको साथै उक्त घरका पहिलाका घरबेटी अशोक थापाको परिवारले घर खाली गर्न नमानेपछि आफू पत्रकार भएको र सो घर खाली गराउन आफ्नो केही केटा (टोले गुन्डा)हरु लगायत अन्य निकायमा मेरो चल्छ मेरो नाममा घर पास गरौं भनि सहकारीको पैसा प्रयोग गरेर घर खाली गराएपछि घर बेचेर सहकारीको व्यवहार मिलाउने भन्दैं घर हडप्ने काम सम्पादक गिरीले गरेका थिए ।
घर खाली गराएपछि घर बेचेर सहकारीको व्यवहार मिलाउने भन्दै २०७८ माघ २३ गते गिरीले पास गरी लिएका थिए । घर खाली गराउने प्रयोजनका लागि पटक–पटक गरी गिरीले ५० लाख रुपैयाँ लिई हिनामिना गरेको सहकारीका अध्यक्ष रमण पौडेलले स्वतन्त्र रुपमा वित्तीय विश्लेषक समक्ष कागज गर्दा र अधिकार प्राप्त अधिकारी समक्ष बयान दिदाँ खुलाएका थिए ।
उक्त कुरा गिरीले पनि वित्तीय विश्लेषकले स्वतन्त्रपूर्वक सोधपुछ गर्दा उल्लेखित कार्यको सम्बन्धमा केही साविति रहे भएको देखिदाँ गिरीका विरुद्धमा सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (ख) र (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१) को खण्ड (ग), (घ, ४) बमोजिम अधिकतम सजायको माग दावी गर्दै अदालतमा मुद्दा चलिरहेको छ ।