
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
पोखरा, २४ माघ । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सहकारीकै रकमले घरजग्गा किनेको स्वीकार गर्दै अब बचतकर्ताहरुलाई नैं फिर्ता गर्ने बताएका छन् । राज्यका निकायले वातावरण बनाई दिएमा आफू घरजग्गा बेचेर रकम फिर्ता गर्न तयार रहेको पनि उनको भनाई थियो ।
सहकारी ठगीमा फरार रहेका मेयर नेपालीले सहकारीको रकम दुरुपयोग गरी आफू र पत्नी छेलाका नाममा घरजग्गा जोडेकोले जनताको बचतको रकम र बैंकको ऋण समेतबाट किनिएका उक्त जग्गा र घरहरु फिर्ता गर्न तयार भएको विज्ञप्ति मार्फत् नैं सार्वजनिक गरेका छन् ।
गत मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्,–‘हामी जनताको बचत फिर्ता गर्न घर जग्गा बेच्न पनि तयार छौं । प्रहरीको रेड कर्नर नोटिस, अदालतमा परेको मुद्दा र संघर्ष समितिमार्फत आक्रोशित जनताका कारण त्यो बिक्री गर्ने वातावरण बनेको छैन ।’
यस अघि फरार मेयर गत मंसिर ५ गते फेसबुक लाइभमा आएर बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए । सहकारी पीडित बचतकर्ताले दुई साताअघि बहुमत शेयर सदस्य मिलेर विशेष साधारण सभाको आयोजना गर्दै बैंकमा धितोमा रहेका घरजग्गा बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरेका थिए । लगत्तै मेयर नेपालीको नाममा रहेका घरजग्गाको कित्तासमेत उल्लेख गरेर लिलाम बिक्रीको प्रक्रिया शुरु भएको थियो ।
फरार मेयर नेपालीले ती घरजग्गा खरिदका क्रममा बचतकर्ताको १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना गर्नुका साथै राष्ट्रिय सहकारी बैंक, गरिमा बिकास बैंक र ग्लोबल आईएमई बैंक समेतमा ३५ करोड रुपैयाँ ऋण लिएको देखिएको छ ।
एकहजार ५ सय ४८ बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा अध्यक्ष नेपालीसहित सहकारीका तत्कालीन व्यवस्थापकहरु विरुद्ध सहकारी ठगी मुद्दा चलिरहेको छ । प्रहरीले सहकारीका कोषाध्यक्ष सहितका केही पदाधिकारी र सदस्यहरु पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
इमेज सहकारी गत वैशाख ६ गतेदेखि तरलता अभाव देखाएर बन्द गरिएको थियो । गत जेठ ५ गतेदेखि नैं अध्यक्ष नेपाली फरार छन् । उनीविरुद्ध नेपाल प्रहरीको इन्टरपोलले रेडकर्नर नोटिससमेत जारी गरिसकेको छ । मेयर नेपाली राजनीतिक संरक्षणमा नेपाल मैं रहेको आशंका गरिएको छ ।
बाढी पहिरो पीडितको राहत रकम समेत छाडेनन् मेयर नेपालीले
ढोरपाटनका मेयर देबकुमार नेपालीले चार वर्ष अघि संकलन गरिएको राहत रकमसमेत तत्कालीन नगर उपप्रमुखसहित अन्यको नाममा चेक बनाएर हिनामिना गरेका थिए ।
पीडितका नाममा संकलन भएको ३ करोड रुपैयाँ नगरपालिकाको खातामा नभेटिएपछि गत असारमा नीति तथा कार्यक्रम र बजेट निर्माणको बेला यो विषय सार्वजनिक भएको थियो । त्यतिबेला मेयर नेपाली श्रीमतीसहित फरार भइसकेका थिए । कार्यवाहक नगर प्रमुखका रुपमा उपप्रमुख धनबहादुर कायतले बजेट ल्याएका थिए ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने