
१५३ मृतकका परिवारलाई ८ करोड राहत
२मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
३प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
४निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
५चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
६निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
७‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१२इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
अपराधिक र गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका महेन्द्र भोटे नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव र स्थानीय चुनावमा कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा पराजित पात्र हुन् । यिनैं भोटेलाई बचाउन नेता महेश बस्नेत, राजिव पहारीको टोली पोखरामा आएर फिस्टेल लजमा सिडिओ र एसपीसँग बसेर गोप्य वार्ता र सेटिङ पनि गरेका थिए ।
पोखरा, १८ पुस । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा कास्की जिल्ला अदालतले शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई आज बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश बसन्तजंग थापाको इजलासले थुनछेक बहस पछि गुरुङ र अर्याललाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । गत भदौं २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका महेन्द्र भोटे र भविश्वर हिजो मंगलबार कानुन व्यवसायी रोहितराज बाँस्तोलाको सहयोगमा अदालतमा आत्मसमर्पण गरेका थिए ।

बाराही ग्रुपसँग आवद्ध शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ले पाँच तारे होटल सेदी लक्जरीमा लगानी भित्र्याउन मलेशिया र हङकङमा आयोजित कार्यक्रममा । सहकारीबाट लुटेको रकम यसरी लगानी गरिएको छ ।
महेन्द्र भोटे सहकारीको सञ्चालक समिति सदस्य तथा लेखा समितिमा धेरै वर्ष रहेर करोडौं रुपैयाँ आर्थिक अनियमितता गरेको तथ्य अनुसन्धानका क्रममा खुलेको थियो । साथै महेन्द्र भोटेको नाममा पोखराको नालामुखमा रहेको सहकारीको कार्यालयको भवन समेत पास गरिएको भेटिएको छ । त्यसैगरी स्वर्णलक्ष्मी सहकारीलाई १५ करोड रुपैयाँ ऋण लिनका लागि मञ्जुरीनामा दिएको विषय पनि अदालतमा वहसका क्रममा कानुनी व्यवसायीहरुले उठाएका बचतकर्ताहरुले जानकारी दिएका छन् ।
सहकारीमा भविश्वरको ठूलो कारोबार नदेखिए पनि महेन्द्र भोटेको भने सहकारीको करोडौं रुपैयाँ हिनामिना गर्ने कार्यमा जीवी राईसँग बलियो साँठगाँठ देखिएको छ । महेन्द्र भोटे पक्राउ परेसँगैं अब भोटेको माध्यमबाट सहकारीको पैसा हिनामिना गर्ने अन्य ३/४ जनाको बारेमा पनि थप जानकारी आउने आशा कास्की प्रहरीले गरेको छ । महेन्द्र भोटेलाई सहकारीको रकम अपचलन गरेको मुद्दामा साढे आठ करोड विगो दावी गरिएको छ ।
जिल्ला अदातलमा दर्ता भएको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालाई दिलाउन माग गरिएको छ । सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी ठगी मुद्दामा १९ जनालाई प्रतिवादी बनाइएको छ । सहकारी ऐनको दफा १२२ (घ), (ङ), (च), (छ), (ज) र (त) अनुसारको कसूरमा दफा १२४ (घ) र घ (६) अनुसार बिगो बमोजिम जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।
सहकारीका तत्कालिन अध्यक्ष गितेन्द्र बाबु (जीबी) राई, टोले गुन्डा महेन्द्र भोटे लगायत १९ जनाको समूहले सहकारीको १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको छानबिन प्रतिवेदन र प्रहरीको अनुसन्धानबाट खुलेको थियो । सहकारी ऐन अनुसार १ अर्ब रुपैयाँ भन्दा बढी ठग्नेलाई ८ वर्षदेखि १० वर्षको कैद सजायको व्यवस्था गरिएको छ ।
सहकारीको रकम पदाधिकारी तथा पूर्वसञ्चालकहरु मिलेर १८ हजार ७ सय जनाको बचतकर्ताको रकम हिनामिना गरेको अनुसन्धानबाट देखिएको थियो । जीबी राई र महेन्द्र भोटेको समूहले कृतिम शेयर सदस्य र खाता खोलेर सहकारीको रकम हिनामिना गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा राखिएको प्रहरीको अनुसन्धानमा देखिएको थियो ।

सहकारी ठगीमा संलग्न राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव महेन्द्र भोटेलाई कारागार लैजाँदैं प्रहरी ।
देशभरका विभिन्न सहकारीबाट यो समूहले झण्डैं १६ अर्ब रुपैयाँ हिनामिना गर्दै नेटवर्क बनाएर विभिन्न क्षेत्रमा लगानी गरेको थियो । अनुसन्धानका क्रममा जीबी राई समूहले पोखरामा पनि कागजातबिनै विभिन्न सहायक कम्पनीका नाममा पैसा अपचलन गरेको भेटिएको थियो । जीवी राईको अधिकांश व्यवसायमा महेन्द्र भोटे सहकारी कैं पैसामा साझेदारी रहँदैं आईरहेका थिए ।
अपराधिक र गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका महेन्द्र भोटे नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव र स्थानीय चुनावमा कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा पराजित पात्र हुन् । यिनैं भोटेलाई बचाउन नेता महेश बस्नेत, राजिव पहारीको टोली पोखरामा आएर फिस्टेल लजमा सिडिओ र एसपीसँग बसेर गोप्य वार्ता र सेटिङ पनि गरेका थिए ।

बचतकर्ताहरुलाई विभिन्न वाहनामा धम्क्याउँदै आईरहेका अधिवक्ता रोहितराज बाँस्तोलाका विरुद्धमा पनि जिल्ला अदालत कास्कीमा उपस्थित भएका पीडित सहकारी बचतकर्ताहरुले नारा लगाएका थिए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी