
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
एमाले नेताहरु महेश बस्नेत, राजीव पहारी, एमाले प्रचार विभागका सदस्य, समाधान दैनिकका प्रधान सम्पादक एवम् महेन्द्र भोटेका ‘हिडन पार्टनर’ रामकृष्ण ज्ञवालीसहित जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापा सहितको उपस्थितिमा बैठक बसेर महेन्द्र भोटे लगायतको समूहलाई सेटिङमा भगाईएको थियो । जसको आधिकारिकता पुष्टिका लागि हामीले प्रमाणका रुपमा महेन्द्र भोटेको समूहलाई भगाउन बैठक बसेर लजबाट बाहिरिदैं गर्दाको सिसिटिभी फुटेजका केही दृश्यहरु पनि यहीं समाचारमार्फत् सार्वजनिक गरेका छौं ।
पोखरा, ३० मंसिर । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका उपमहासचिव रहेका टोले गुन्डा शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’को समूहलाई प्रहरीले पक्राउपुर्जी जारी गरेसँगैं सिडिओ र एसपीसहित नेकपा एमालेका नेताहरुको सेटिङमा भगाईएको रहस्य खुलेको छ । सो सेटिङमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाको सहभागिता रहेको थियो ।
जसको नेतृत्व एमाले नेता महेश बस्नेत र राजिव पहारीले गरेका थिए । साथमा महेन्द्र भोटेका ‘हिडन पार्टनर’ नेकपा एमालेका प्रचार विभागका सदस्य एवम् समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवाली पनि संलग्न थिए । प्रहरीले ‘महेन्द्र भोटे’लाई पक्राउ पुर्जी जारी गरेसँगैं नेता बस्नेत पोखरा आएका थिए ।

फिस्टेल लजको सिसिक्यामेरा फुटेजमा स्पष्टसँग देखिएको नेकपा एमालेका नेता राजिव पहारी, प्रचार विभाग तथा समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवाली लगायतको टोली । यो टोली छलफल लगत्तै महेन्द्र भोटेसँगैं यसरी बाहिरिएको थियो । यो फुटेज डन न्यूजसँग सुरक्षित रहेको छ ।
एमाले नेताहरु महेश बस्नेत, राजीव पहारी, एमाले प्रचार विभागका सदस्य, समाधान दैनिकका प्रधान सम्पादक एवम् महेन्द्र भोटेका ‘हिडन पार्टनर’ रामकृष्ण ज्ञवालीसहित जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापा सहितको उपस्थितिमा बैठक बसेर महेन्द्र भोटे लगायतको समूहलाई सेटिङमा भगाईएको थियो । जसको आधिकारिकता पुष्टिका लागि हामीले प्रमाणका रुपमा महेन्द्र भोटेको समूहलाई भगाउन बैठक बसेर लजबाट बाहिरिदैं गर्दाको सिसिटिभी फुटेजका केही दृश्यहरु पनि यहीं समाचारमार्फत् सार्वजनिक गरेका छौं ।
जसको विषयमा नेपाल प्रहरीले छानबिन गर्ने हो भने अझै ठुलो रहस्य भेटिने छ । तर राजनीतिक दवावका कारण प्रहरीले त्यस घटनाको छानबिन र सोही दिनको सिसिटिभी फुटेज अनुसन्धानको दायरमा ल्याउन सक्छ वा सक्दैंन, त्यो आगामी दिनमा हेर्न नै बाँकी छ । यदि जिल्ला अदालत कास्कीले यो दिनको सिसिटिभी फुटेज मगाउने हो भने सहकारी ठगीमा संलग्नहरुलाई बचाउने गिरोहमा को को संलग्न थिए अझ बढि खुल्नेछ ।

धन्दामा पत्रकारसहित टोले गुन्डाको सहकार्य: पोखरा–१८, सेदी डाँडामा निर्माण भईरहेको पाँच तारे होटल सेदी लक्जरीको प्रचारप्रसारका लागि विदेशमा कार्यक्रम सञ्चालन गर्दै टोले गुन्डा महेन्द्र भोटे र साथमा यो समूहको साझा लगानीमा खोलिएको पोखराको लोकल समाधान दैनिकका रामकृष्ण ज्ञवालीसहितको टोली । जीबी राई समूहको धन्दामा यो टोलीको पनि संलग्नता रहेको छ ।
कास्कीको मादी गाउँपालिका वडा नं. १० घर भई हाल पोखरा बस्दैं आईरहेका ३९ वर्षीय शिवबहादुर गुरुङ (महेन्द्र भोटे)को समूहले सहकारीबाट ठगेको रकमले पोखरा–१८ मा रहेको सेदी लक्जरी होटलदेखि, हिडन क्याम्प रिर्सोट, पोखरा अल्ट्रा लाईट, ट्रेजर लञ्च एण्ड बार, लोकल पत्रिका समाधान दैनिक हुँदैं पोखरादेखि विभिन्न शहरहरुमा जग्गा र भवन खरिद बिक्रीमा सो रकम लगानी गरेका छन् ।
मादी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका तर्फबाट चुनावी मैदानमा समेत उत्रिएका महेन्द्र भोटे कुनै समय प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका एलजी ग्रुपको नाममा पोखरामा गुन्डागर्दी गर्ने अपराधिक पृष्ठभूमिका पात्र हुन् । शुरुमा नेपाली कांग्रेससँद्ध आवद्ध भोटेलाई पोखराका नेता राजीव पहारी र पत्रकार रामकृष्ण ज्ञवालीले स्वर्गीय नेता रवीन्द्र अधिकारीको संरक्षकत्वमा एमालेमा प्रवेश गराएका थिए । यो गिरोहले पोखरामा राजनीति, पत्रकारिता र गुन्डागर्दीका नाममा यस्तै ठगी र असुली धन्दा चलाउँदैं आईरहेको छ । यस समूहमा आवद्ध अन्य पत्रकार, वकिल र पात्रहरु पनि यतिबेला ठगी मुद्दामा नैं फरार भएका छन् । यसरी राजनीतिक संरक्षणमा मौलाएको अपराधलाई नियन्त्रण गर्न यतिबेला प्रहरी प्रशासनलाई पनि निकै चूनौंती देखिएको छ ।

फेवाताल पारी रहेको फिस्टेल लजमा सूर्यदर्शन सहकारी ठग्ने महेन्द्र भोटेसहितको टोलीसँग छलफल गरेर बाहिर निस्कदैं नेकपा एमाले नेता महेश बस्नेतसहितको टोली ।

प्रहरीले पक्राउ पुर्जी जारी लगत्तै फरार हुनु अगाडि फिस्टेल लजमा महेश बस्नेतसँगैं टोलीसँग छलफलमा बसेर बाहिरिदैं टोले गुन्डा शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ ।

‘सहकारी ठगी काण्डमा जीबी राई र महेन्द्र भोटेसहित १८ जनाविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी हुँदैं’
बचतकर्ताको सवा अर्ब रुपैयाँ हिनामिना गरेर फरार भएका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वसञ्चालकहरुलाई पक्राउ गर्न नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गर्ने तयारी गरेको छ । देश बाहिर रहेको सूचनाका आधारमा प्रहरीले सहकारीको रकम हिनामिना गर्ने पूर्वसञ्चालकहरु गीतेन्द्र (जीबी) राई र शिवबहादुर गुरुङ (महेन्द्र भोटे)सहित १८ जना विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)बाट रेड कर्नर नोटिस जारी गर्न लागेको हो ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका बचतकर्ताहरु, सहकारीको रकम हिनामिना गर्नेलाई कारवाहीको मााग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाउँदैं ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले फरार रहेका १८ जनाको खोजीका लागि सीआईबीलाई भनेको र देश बाहिर रहेको सूचना प्राप्त भएकोले रेड कर्नर नोटिस जारी गर्न लागेको बताए । एसपी थापाले भने–‘अदालतबाट पक्राउ पुर्जी दुई तीन दिन अघि नैं आईसकेको छ । यिनीहरु विदेशमा लुकेर बसेको भन्ने सूचना पाइएकोले पक्राउका लागि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा फाईल पठाउने तयारी पुरा भईसकेको छ । डकुमेन्ट आजभोलिमा पुग्छ र अब छिट्टैं रेड कर्नर नोटिस जारी हुनेछ ।’
सहकारीका कोषाध्यक्ष कुमार रम्तेल बाहेक १८ जना हालसम्म पनि फरार रहेका छन् । सहकारीका तत्कालिन अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई, टोले गुन्डा शिव बहादुर गुरुङ (महेन्द्र भोटे), सञ्चालक भूपेन्द्र राई, थानबहादुर बुढा, कैलाश दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगैं फरार भएका हुन् ।
सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ बिगो माग दाबीसहित जिल्ला अदालत कास्कीमा अभियोग दायर गरिएको थियो । ठगी प्रकरणमा आवश्यक छानबिन गर्न पोखरा महानगरपालिकाले गठन गरिएको विज्ञको प्रतिवेदन अनुसार भने ठगिएको रकम १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार देखिएको थियो ।
अपराध र राजनीतिको संयोजन: नेकपा एमालेका नेता महेश बस्नेत र राजिव पाहारी टोले गुन्डा महेन्द्र भोटेको साथमा ।
संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख रुपैयाँ हिनामिना गरेका थिए । त्यसैगरी, थानबहादुर बुढाको २७ करोड ४८ लाख रुपैयाँ हिनामिना गरेका छन् । नक्कली सेयर सदस्य र विभिन्न कम्पनी खडा गरेर पैसा निकालेर जीबी र भोटेको समूहले सहकारीको रकम हिनामिना गरेका थिए । जीबी राई अध्यक्ष हुँदा २१ करोड ४२ लाख र उनका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख रकम हिसाब नैं नराखी हिनामिना गरेका थिए ।
त्यसैगरी संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख रुपैयाँ हिनामिना गरेका थिए । त्यसैगरी, थानबहादुर बुढाको २७ करोड ४८ लाख रुपैयाँ हिनामिना गरेका छन् । त्यसैगरी नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका उपमहासचिव टोले गुन्डा महेन्द्र भोटेले ९ करोड रुपैयाँ हिनामिना गरेको तथ्य अनुसन्धानका क्रममा भेटिएको थियो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ