News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज प्रमुख समाचार

मित्र मिलन सहकारी ठग्ने गिरोहको मिटरब्याजदेखि कमिसन धन्दाको नालीबेली

‘वडाध्यक्ष दीपक सुवेदीको गिरोह पैसा खोजिदिने, कमिसन असुल्ने धन्दामा पनि सक्रिय’

सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीले भारत भाग्नु अघि लेखेको पत्रमा सहयोगका नाममा सावा भन्दा बढि मिटरब्याज लिने, पैसा खोजिदिए वापत लाखौं कमिशन लिने, करोडौं ऋण लिएर नतिर्ने, आफ्नो स्वार्थपूर्ति गर्न संस्थाको गलत प्रयोग गरेको भन्दैं दीपक सुवेदी (वडाध्यक्ष), अर्जुन गिरी (पत्रकार), जनकल्याण पराजुली (कानुनी व्यवसायी), भरत भट्टराई, रञ्जना भट्टराई, कृष्णहरि सिग्देल, हरेराम भण्डारी, सुबास अधिकारी र विनिता थापा लगायत अन्य धेरैलाई आरोप लगाइएको छ । तर केही आरोपितहरुले यसको खण्डन गर्दै आफूलाई गलत आक्षेप लगाएको बताएका छन् ।

पोखरा, १ मंसिर । केही सञ्चालकहरुको आर्थिक अपचलनका कारण मिटरब्याजी र कमिशनखोरहरुको चंगुलमा फस्दा पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था यतिबेला संकटग्रस्त अवस्थामा पुगेको छ । केही सञ्चालक, कर्मचारी र संस्थाका निकट भनिएका पात्रहरुको गलत आर्थिक गतिविधिका कारण हजारौंं बचतकर्ताहरुको रकम जोखिममा परेको हो ।

पोखरा–९, नयाँबजारमा मुख्य कार्यालय राखेर सेवा विस्तार गरेको मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारी बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि चेक बाउन्सको मुद्दामा कार्तिक ४ गते शनिबार फुलपातीका दिनदेखि आजसम्म पनि प्रहरी हिरासतमा रहेका छन् । हिरासतमा रहेका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले लेखेको पत्रमा आफूहरु मिटरब्याजी र कमिसनखोरको चंगुलमा फस्दा सहकारी डुब्न पुगेको आरोप लगाएका छन् ।

यता, बचतकर्ताहरुको उजुरी पश्चात् केही सञ्चालकहरुको अनुरोधमा सहकारीको आजसम्मका सम्पूर्ण आर्थिक गतिविधिका सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराले छानबिन गरिरहेको छ । छानबिनका सम्बन्धमा कुनै पनि जानकारी दिन नमिल्ने भन्दैं सहकारी रजिष्ट्रारको कार्यालय पोखराले छिट्टैं प्रतिवेदन बुझाउने र दोषीमाथि कारवाहीको प्रक्रिया सुरु हुने बताएको छ ।

सहकारीका अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले भारत भाग्नु अघि लेखेको पत्रमा सहयोगका नाममा सावा भन्दा बढि मिटरब्याज लिने, पैसा खोजिदिए वापत लाखौं कमिशन लिने, करोडौं ऋण लिएर नतिर्ने, आफ्नो स्वार्थपूर्ति गर्न संस्थाको गलत प्रयोग गरेको भन्दैं दीपक सुवेदी (वडाध्यक्ष), अर्जुन गिरी (पत्रकार), जनकल्याण पराजुली (कानुनी व्यवसायी), भरत भट्टराई, रञ्जना भट्टराई, कृष्णहरि सिग्देल, हरेराम भण्डारी, सुबास अधिकारी र विनिता थापा लगायत अन्य धेरैलाई आरोप लगाइएको छ । तर केही आरोपितहरुले यसको खण्डन गर्दै आफूलाई गलत आक्षेप लगाएको बताएका छन् । तर केही आरोपितहरुले यसको खण्डन गर्दै आफूलाई गलत आक्षेप लगाएको बताएका छन् ।

सहकारीका अध्यक्ष पौडेलले २०७९ मंसिर १५ गते राती २ बजे लेखेको पत्रमा संस्थामा पैसा नहुँदा डिपोजिट स्वरुप सहयोग गरेपनि मिटर ब्याज लिने, संस्थाको खातामा पनि पैसा राख्ने र संस्थाको चेक पनि लिई बारम्बार त्यहीं विषयबाट ट्रचर गर्ने, सावा भन्दा ब्याज बढि लिने, हिजो आफूसँग नजिक भएर फाईदा लिनेहरुले नै अहिले अफ्ठ्यारो पार्ने, चेक बाउन्स गर्ने, पिट्ने, ज्यान मार्ने धम्की दिने, वेइज्जत गर्ने र मानसिक तनाव दिने काम गरेकोले आफू बाध्य भएर भाग्नु परेको उल्लेख गरेका थिए ।

सहकारीका अध्यक्ष रमण पौडेल, उपाध्यक्ष विजय लम्साल र कर्मचारी किरण अधिकारीको समूहले सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेको तथ्य सार्वजनिक भएसँगैं बचतकर्ताहरुले सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा उजुरी दिएका थिए । उजुरी पश्चात् सहकारी रजिष्ट्रारको कार्यालयले शुरुदेखि कैं सम्पूर्ण आर्थिक गतिविधिहरुका विषयमा अनुसन्धान गरिरहेको छ ।

वडाध्यक्ष दीपक सुवेदीको गिरोह मिटरब्याजदेखि कमिसनखोरीसम्म संलग्न
पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदीको समूहले मित्र मिलन बचत तथा ऋण सहकारी संस्थामा मिटरब्याज असुल्नेदेखि ऋण खोजिदिए वापत कमिसन लिने गरेको तथ्य पनि भेटिएको छ । वडाध्यक्ष सुवेदी, सुबास अधिकारी र भरत भट्टराईको समूह मिलेर ऋण खोजिदिए वापत मात्र १५ लाख रुपैयाँ कमिसन लिएको सहकारीका अध्यक्ष रमण पौडेलको लिखित पत्रमा र पीडित महिलासँगैं भएको विवादका क्रममा पनि उल्लेख गरेका छन् । यस विषयमा जानकारी लिन खोज्दा अध्यक्ष सुवेदी र उनका दुई श्रीमतीहरु मिना आचार्य सुवेदी र मिना जिसीले प्रश्न नै नसुनी एकोहोरो अपशब्द र गालीगलौंज गरेका छन् ।

पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी

पछिल्लो समय, सहकारीको छानबिनका क्रममा संस्थाका अध्यक्ष पौडेल र वडाध्यक्ष सुवेदी मिलेर गैरकानुनी ढंगले धितो फुकुवा गरी ऋणीको जमिन बेचिएको, बैंकको ऋण समेत १ रुपैयाँ चुक्ता नगरिएको र जग्गाधनीलाई पैसा नै नदिइएको तथ्य खुलेको छ । सहकारीका अध्यक्ष पौडेल र वडाध्यक्ष सुवेदी मिलेर व्यवहार मिलाउने भन्दैं एक एकल महिलालाई यसरी ठगेका हुन् ।

ती पीडित महिला शान्ति केसीले डन न्यूजसँग भनिन्–‘ऋणको किस्ता तिर्न नसकेपछि लिलामीमा आउनुभन्दा बरु जग्गा बिक्री गरेर सहकारीको पैसा पनि तिर्छु र बाँकी पैसाले घरव्यवहार पनि मिलाउँछु भनेर सहकारीका अध्यक्ष रमण र वडाध्यक्ष दीपकले भने झैं पछि पैसा दिने शर्तमा तत्कालै १ रुपैयाँ पनि नलिई जग्गा पास गरिदिए । पछि त दुबैजना सम्पर्कमा आएनन् । पछि बुझ्दैं जाँदा म ठगिएको रहेछु । यिनीहरुले न त सहकारीको ऋण तिरिदिएका रहेछन्, न त मलाई नैं जग्गाको पैसा दिए । दुवैजना मिलेर मलाई झुक्याएर ठग्ने काम गरे ।’

यता, एकल महिलाको ३२ कठ्ठा जमिन सित्तैमा पास गरेका वडाध्यक्ष सुवेदीको समूहले सहकारीका लागि कृष्णबहादुर गुरुङबाट पटक–पटक गरी १ करोड २५ लाख रुपैयाँ खोजिदिएको नाममा १५ लाख कमिशन लिएका छन् । साथै सोही रकमका लागि भनेर कृष्णबहादुर गुरुङका भतिज नाता पर्ने दिनेश गुरुङलाई बुझाएको २६ लाख रुपैयाँ पनि वडाध्यक्ष सुवेदीले आफूले पाउनु पर्ने भन्दैं दावी गर्दै आईरहेको सहकारीका अध्यक्ष पौडेलको पत्रमा उल्लेख छ ।

‘मसँग भएका कागज र चेकहरु फिर्ता गर्न तयार छु’: सुबास अधिकारी
भरत भट्टराई फुपुको छोरा भएको हुनाले उनी मार्फत् नैं रमण पौडेल र दीपक सुवेदीलाई चिनेको हुँ । पछिल्लो समय सहकारीको शाखा विस्तार गर्नका लागि पैसा खोजिदिन पर्‍यो भनेर उनीहरु आएका हुन् । विश्वासमा परेर मैले आफू जिम्मामा बसेर दिनेश गुरुङ दाइसँग कुरा गरी कृष्णबहादुर गुरुङसँग भएको पैसा खोजिदिएको हुँ । पटक–पटक कारोबार गरी १ करोड २५ लाख रुपैयाँ भएको थियो ।

यसमा मैले कुनै पनि फाईदा लिएको छैन । चिनेजानेको हिसाबले सहयोग गरेको हुँ । बरु साढे २ करोड रुपैयाँ खोजिदिए वापत वडाध्यक्ष दीपक सुवेदीले १५ लाख रुपैयाँ कमिसन खाने कुरा भने भएको हो । कृष्णबहादुर गुरुङको पनि हिसाब मिलाउने भन्दा भन्दैं रमणहरु सहकारी बन्द गरेर भागेपछि कृष्ण गुरुङसँग सम्बन्ध पनि बिग्रियो । पछि अर्जुन गिरी र विजय लम्सालसहित सहकारीका मान्छेहरु आएर कृष्ण गुरुङलाई घरमा नै भेटेर त्यो पैसा सहकारीमा नै बचत गर्ने प्रस्ताव राखेर गएका थिए । सोही अनुसार काम भएको हो ।

रमण पौडेलका नामका र केही सहकारीका नामका चेक अनि यो कारोबारको सम्पूर्ण कागजपत्र भएर पनि तपाईले दिनु भएको छैन नि भन्ने हाम्रो प्रश्नमा अधिकारीले भने–‘यी सबै कारोबारका कागजपत्रहरु मसँग सुरक्षित छन् । बरु, पत्रमा रमण पौडेलले लेखे झैं कृष्णबहादुर गुरुङसँग भएका कागजपत्र र ३७ लाख ५० हजारको चेक मसँग छन् । जुन म उनीहरुले मागेको बखतमा फिर्ता गर्न तयार छु । निर्मल पोखरीको १२ रोपनी जमिन भने फिर्ता भईसकेको छ ।’

‘२/३ करोड मिटर ब्याज लिएको भन्ने झुटो हो, मिटर ब्याजमा कारोबार भएको होइन’: भरत भट्टराई
मित्र मिलन सहकारीमा रमण पौडेल अघि म अध्यक्षको रुपमा बसेको थिए । पूर्णकालिन अध्यक्ष भने भएको होइन । थोरै अफ्ठ्यारो पर्यो, बसिदिन पर्यो भनेपछि बसेको हुँ । पछि आफूलाई ज्ञान नभएको कुरामा बस्दिन भनेर साधारण सभा नहुँदैं बिचमा नै राजीनामा दिएर रमण पौडेलले त्यतिबेला कार्यवाहक चलाएका हुन् ।

दीपक सुवेदी र शान्ति केसीको जग्गा किनबेचका सन्दर्भमा मैले रमण सरले भनेर सहजिकरण गरिदिएको भएपनि कति पैसामा, के कसरी पास भएको हो भन्ने मलाई केही पनि थाहा छैन । मैले दीपक सुवेदीलाई चिनेको भएर मलाई सहजीकरण गरिदिन रमण सरले भन्नुभएको मात्र हो ।

भरत भट्टराईका साथमा मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेल

२/३ करोड रुपैयाँ मिटरब्याजका रुपमा तपाईले नगद नैं लिईसक्नु भएको छ भन्ने आरोपमा उनले भने–‘मिजरब्याजी कारोबार केही पनि होइन । रमण र म एकदमैं मिल्ने साथी नै हो । साथी भएको कारणले गर्दा खेरी यस्तो अफ्ठ्यारो पर्‍यो । यसरी चलाउन पर्‍यो, यसो गर्दिनु पर्‍यो भने पछि मैले साथीहरुसँग खोजखन्तर गरेर, मेरो एकाउण्टमा भएको पैसा, मेरो कम्पनीमा भएको पैसा पनि सापटी दिएको हुँ ।’

‘मेरो कम्पनीमा मित्र मिलन सहकारीका स्टापहरु आएर क्यास पैसा नै लिएर जान्थे । रमणले २/४ दिन, १०/१५ दिन मा दिन्छु भन्नुहुन्थ्यो । कहिले समस्या पर्यो भने पछि तपाईकैं एकाउण्टमा हाल्दिन्छु, ट्रान्सफर गर्दिन्छु । यहींबाट पछि मिलाएर निकाल्नुहोला भनेर भन्नुहुन्थ्यो । मैले त्यहाँबाट थोरै थोरै रकम झिकेर तिर्नु पर्ने ठाउँमा तिरिदिएको छु ।’

रमण पौडेलसँग आफ्नो व्यक्तिगत कारोबार धेरै भएको र विश्वासले काम गरेको बताउँदै सहकारीका पूर्वअध्यक्ष समेत रहेका भट्टराईले भने–‘संस्थागत हिसाबले १ रुपैयाँ पनि उहाँको ऋण वा केही गरेर खाएको छैन । व्यक्तिगत रुपमा रमणसँग कारोबार भएको छ । मिटरब्याजमा १ रुपैयाँमा पनि मैले खाएको छैन । बरु उल्टै मैले साथीभाइ र आफन्तको खोजिदिएको पैसा यहीं सहकारीमा फसेको छ । ’

‘पछिल्लो समय हामीबाट लगेको पैसाले सहकारी चलेको रहिछ’ : हरेराम भण्डारी
रमण पौडेलसँग अर्कै कम्पनीसँग सम्झौंता गरेर हामीले चिप्लेढुंगाको क्याफे दि गार्डेन भित्र मार्केट बनाउने ठेक्का लिएका हौं । यसमा अभिषेक काफ्ले र हामीलेसँगैं काम गरेको हो । १ करोड ३८ लाखमा ठेक्का लिएकोमा रमणले ८० लाख रुपैयाँमात्र भुक्तानी गरेका छन् । बाँकी हिसाबकिताब गर्दा उल्टै हामीले लिनुपर्नेछ ।

पैसा आउन छाडेपछि हामीले पनि काम पुरा गर्न सकेनौं । फ्लोरिङ र टायल मात्र राख्ने काम बाँकी थियो । साथै एक्स्ट्रा कामको पैसा पनि हामीले पाएनौं । हामीले गर्नुपर्ने काम १५ देखि १८ लाखसम्मको थियो । त्यहाँ काम गरेको पैसा हामीले अझैं अरुलाई तिर्न नै बाँकी छ ।

रामघाटबाट बालुवा, गिटी बिक्री गरेर आएको पैसा दैनिक २/४ लाख रुपैयाँ मित्र मिलन सहकारीमा गएको छ । पछिल्लो समय हामीबाट लगेको पैसाले नै सहकारी चलेको रहिछ भन्ने बुझियो । अझै पनि हामीहरुले त्यहींको पैसा लिन बाँकी छ । त्यसैको चेक लिएर बसेका हौं हामीले ।

तपाईहरुको कारोबार मिटरब्याज भन्ने आरोप अध्यक्ष रमण पौडेलले लगाएका छन् नि भन्ने प्रश्नमा भण्डारीसँगको कुराकानीमा उनले भने–‘मिटरब्याजको नभई कारोबारको नै चेक हो । जुन हामीले डिपोजिट गरेको पनि देखिन्छ । अनि डेलि वेसिकमा डिपोजिट गरेको देखिन्छ । हामीहरुको एकाउण्टमा नै भएको पैसा देखिन्छ । कसरी मिटर ब्याजको कुरा आयो र ।’

उहाँसँग चिनजान भएर, नजिक हुँदाखेरी पीडित भएको अवस्था हो । उहाँहरुसँग कारोबार गर्नुको साटो उन्नती सहकारी र डेभिजफल्समा पैसा हालेको भए त ऋण पनि घट्थ्यो, अहिले मेरो त्यहाँ ऋण जस्ताको तस्तै छ ।’ उनले भने ।

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारी भारत भाग्नु अघि लेखेको पत्र । जसमा मिटरब्याज र कमिसन खाने पात्र र उनीहरुले दिएको सास्तीका विषयमा उल्लेख गरिएको छ ।