
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
सहकारीको रकम अध्यक्ष पौडेल, उपाध्यक्ष लम्साल, सहकारीका प्रेस सल्लाहकार अर्जुन गिरी र कानुनी सल्लाहकार जनकल्याण पराजुली लगायतको मिटरब्याजी समूहले विना रेकर्ड हिनामिना गरेपछि सञ्चालक पौडेल र कर्मचारी किरण यसअघि सहकारी बन्द गरेर भारत भागेका थिए ।
पोखरा, १२ कार्तिक । सर्वसाधारण जनताले बचत गरेको रकममाथि सञ्चालक, पत्रकार, वकिल, जनप्रतिनिधि र मिटरव्याजी गुण्डाहरुले अपचलन गरेको भन्दैं पीडितहरु आन्दोलित भएका छन् । सहकारीको करोडौं रकम हिनामिना गर्दै वेहिसाब खर्च गरेको तथ्यहरु सार्वजनिक हुन थालेपछि बचतकर्ताहरुले प्रहरीकोमा उजुरी दिएका हुन् ।
पोखराको नयाँबजारमा प्रधान कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना भएपछि पीडितहरुले गण्डकी प्रदेश अन्तर्गतको सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा उजुरी दिएका थिए । बचतकर्ताको उजुरी लगत्तै सहकारी रजिष्ट्रार कार्यालयका निमित्त रजिष्ट्रार ईश्वरी ढकालले जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र लेख्दैं आवश्यक छानबिन र कारवाहीको गर्न सिफारिस गरेकी हुन् ।
सहकारीका ३४ जना बचतकर्ताहरुले दर्ता गरेको निवेदनको सक्कलैप्रति पत्रसाथ संलग्न गरी निवेदकहरुको माग बमोजिम सो संस्थामा आवश्यक छानबिन गरी कारवाही प्रकृया अगाडि बढाउन सहकारी रजिष्ट्रारको कार्यालयले प्रहरीलाई अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाले पत्र बुझ्दैं सहकारीको रकम अपचलन गर्ने जो कोहीलाई पनि नछाड्ने बताएका छन् । एसपी थापाले सहकारीको रकम हिनामिनामा संलग्न जो सुकै भएपनि कारवाही गरिने भन्दैं विश्वस्त रहन बचतकर्तालाई आग्रह गरे ।
पोखरा–९, नयाँबजारमा कार्यालय रहेको मित्र मिलन सहकारीले १ वर्षदेखि बचतकर्ताहरुलाई न त साँवा, न त ब्याँज नै दिन सकेको थियो । सहकारी बचतकर्ता सरस्वती सिग्देलले आफूले पाउनु पर्ने रकम नपाएपछि चेक अनादर मुद्दामा सोही सहकारीका अध्यक्ष रमण पौडेल र प्रमुख प्रशासकीय अधिकृत किरण अधिकारीका विरुद्ध उजुरी दिदाँ उनीहरु सात दिन देखि नैं प्रहरी हिरासतमा रहेका छन् ।
रकम वेहिसाब हिनामिना गर्ने सो सहकारीको सञ्चालक समितिको अध्यक्षमा पौडेल, उपाध्यक्षमा विजय लम्साल, सचिवमा कुशल पौडेल र कोषाध्यक्षमा भिमलाल पौडेल रहेका छन् । त्यसैगरी सदस्यहरुमा गोपाल खनाल, संगिता रेग्मी सुवेदी र रनिता थापा रहेका छन् । साथै लेखा समितिको संयोजकमा सुर्यबहादुर अधिकारी, प्रतिक लामिछाने, जनकराज पौडेल रहेका छन् ।

मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति
सहकारीको रकम सञ्चालकहरुले मनपरी जग्गा खरिद–बिक्री, मिटरब्याज, अनलाईन सञ्चालन, रेष्टुरेण्ट सञ्चालन, घर खरिदबिक्री र मोजमस्तीमा उडाएपछि बचतकर्ताहरु बाध्य भएर प्रहरीकोमा जान परेको एक बचतकर्ताले डन न्यूजलाई बताए ।
सहकारीको रकम ताण्डव न्यूज अनलाईन सञ्चालन, क्याफे दि गार्डेन रेष्टुरेण्ट सञ्चालन, नयाँबजारमा पत्रकार अर्जुन गिरीका नाममा घर खरिद, पोखरा र चितवन लगायतका विभिन्न ठाउँमा सञ्चालक र उनका परिवारका नाममा घरघडेरी लगायत क्षेत्रमा सहकारीको नियम विपरित लगानी गरिएको थियो ।
सहकारीको रकम अध्यक्ष पौडेल, उपाध्यक्ष लम्साल, सहकारीका प्रेस सल्लाहकार अर्जुन गिरी र कानुनी सल्लाहकार जनकल्याण पराजुली लगायतको मिटरब्याजी समूहले विना रेकर्ड हिनामिना गरेपछि सञ्चालक पौडेल र कर्मचारी किरण यसअघि सहकारी बन्द गरेर भारत भागेका थिए ।

गण्डकी प्रदेश अन्तर्गतको सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा पुगेर छलफलपछि उजुरी लेख्दैं मित्र मिलन सहकारीका बचतकर्ताहरु ।
भारत भाग्नु अघि अध्यक्ष पौडेलले लेखेको पत्रमा सहकारीको रकम हिनामिना गर्ने सबैको नाम उल्लेख गरेका छन् । अब प्रहरीले थाल्ने अनुसन्धानमा सहकारीको रकम अपचलन गर्ने सम्पूर्ण गिरोहका मतियारहरु पक्राउ हुने आशा बचतकर्ताहरुले लिएका छन् । यो सहकारीका अध्यक्ष रमण पौडेलको परिवारको नाममा रहेका जग्गाहरु पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदीले सेटिङमा आफ्नो नाममा पास गरेका छन् । सोही वडाका इञ्चार्ज गिरीसहितको मिलेमतोमा वडाध्यक्ष सुवेदीले डुब्दैं गरेको सहकारीका सञ्चालकहरुका श्रीमतीका नाममा रहेका जमिनहरु आफ्नो नाममा सेटिङ मिलाउँदैं पास गरेका हुन् ।
सहकारीमा ऋण लिएवापत धितो राखिएको जमिन पनि सुवेदीले कब्जा गरेका छन् । शान्ति केसीको नाममा रहेको जमिन कब्जा गरेपछि यो विवाद सार्वजनिक रुपमा सञ्चारमाध्यममा पनि आएको थियो । जसको खुलासा सप्रमाण डन न्यूजले यस अघि नै गरिसकेको छ । प्रहरी प्रशासनले बचतकर्ताको लगानी डुबाउने सञ्चालकमात्र नभई, उनीहरुको सेटिङमा सम्पत्ति जोगाउन आफ्नो नाममा पास गर्ने वडाध्यक्ष सुवेदी जस्ता पात्रलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्दछ ।
