
१मनिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
२रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
३नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
४फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
५बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
६अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
७स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
८कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
९उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
१०रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
११कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
६पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
७पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
८उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
९कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१०कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
बडो चलाखीपूर्ण ढंगले उपाध्यक्ष विजय लम्सालले सहकारीमा आफैंले धितोमा राखेको घर नक्कली कागजपत्र बनाउँदैं सित्तैंमा आफ्ना व्यवसायिक साझेदार नेकपा एमाले वडा नं. २१ का ईञ्चार्ज, प्रेस चौतारी कास्कीका अध्यक्ष एवं ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीको नाममा पास गरेका हुन् ।
पोखरा, २ कार्तिक । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको झण्डैं ३ करोड रुपैयाँ हिनामिना पार्दै किनिएको घरमा नेकपा एमाले वडा नं. २१ का ईञ्चार्ज, प्रेस चौतारी कास्कीका अध्यक्ष एवं ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीले रजाईं गरेका छन् । बडो चलाखीपूर्ण ढंगले सहकारीका उपाध्यक्ष विजय लम्सालले आफैंले धितोमा राखेको घर नक्कली कागजपत्र बनाउँदैं सित्तैंमा आफ्ना व्यवसायिक साझेदार पत्रकार गिरीको नाममा पास गरेका थिए ।
यसरी सहकारीको झण्डैं ३ करोड रुपैयाँ सञ्चालक समितिका उपाध्यक्ष लगायत ४ जना मिलेर हिनामिना गरेको सप्रमाण डन न्यूजलाई प्राप्त भएको छ । सहकारीका अध्यक्ष रमण पौडेल, उपाध्यक्ष लम्साल, पूर्वलेखा सुपरिवेक्षण समितिका सदस्य समेत रहेका ताण्डव न्यूजका सम्पादक गिरी र कानुनी सल्लाहकार जनकल्याण पराजुलीको मिलेमतोमा सो रकम अपचलन गरिएको हो ।
डन न्यूजलाई प्राप्त प्रमाण अनुसार पोखराको नयाँबजारमा कार्यालय रहेको सहकारीको रकम सञ्चालक समितिका उपाध्यक्ष विजय लम्सालले सबैभन्दा धेरै हिनामिना गरेका छन् । उनले सहकारीको २ करोड ५० लाख रुपैयाँ झिकेर कानुनी सल्लाहकार पराजुलीकी श्रीमती कमलाको नाममा रहेको साढे दुईतलाको पक्की घर आफ्नो नाममा पास गरेका थिए । पछि त्यो घर सहकारीको एक रुपैयाँ पनि नतिरी उपाध्यक्ष लम्सालले आफ्ना व्यवसायिक साझेदार गिरीलाई पास गरिदिएपछि यो रहस्य बाहिरिएको हो । १ वर्षसम्म सहकारीमा न साँवा, न त व्याँज नै तिरेका उपाध्यक्ष लम्सालले गिरीलाई घर पास गरिदिदाँ ऋणमात्र २ करोड ८० लाख रुपैयाँ नाघिसकेको थियो ।

सहकारीको सम्पत्तिमाथि सित्तैंमा रजाई : बचतकर्ताको झण्डैं ३ करोड रुपैयाँ हिनामिना पारेर किनिएको पोखरा वडा नं. ९ स्थित अभियान टोलमा रहेको साढे दुई तले घर । यतिबेला यो घरमा नेकपा एमाले वडा नं. २१ का इञ्चार्ज तथा ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीले सित्तैंमा रजाईं गरिरहेका छन् । तस्विर: राजेन्द्र अधिकारी
शुरुमा पोखरा–९, अभियान टोल (गल्ली नं. १३) मा रहेको कित्ता नं. २५ (२०३.५५ क्षेत्रफल) भएको साढे दुईतलाको पक्की घर २०७७ फागुन ११ गते कमला पराजुलीको नामबाट सहकारीका उपाध्यक्ष लम्सालको नाममा पास गरिएको थियो । सोही घर २०७८ माघ २३ गते उपाध्यक्ष लम्सालले आफ्ना व्यवसायिक साझेदार गिरीको नाममा पास गरिदिएका थिए । १ वर्षसम्म तिर्नुपर्ने झण्डैं ३० लाख रुपैयाँ व्याज र २ करोड ५० लाख रुपैयाँ ऋण पनि लम्सालले सहकारीलाई बुझाएनन् । सहकारीको धितोमा राखिएको घर कसरी उपाध्यक्ष लम्सालले फुकुवा गरे र पत्रकार गिरीका नाममा पास गरे त्यो खोजीको विषय बनेको छ ।
सहकारीको झण्डैं ३ करोड रुपैयाँको हिनामिना गरेका उपाध्यक्ष लम्साल र पत्रकार गिरीलाई अन्तिममा सहकारीका अध्यक्ष पौडेलले पनि साथ दिएको भेटिएको छ । पत्रकार गिरीका नाममा सो घर आईसकेपछि पछिल्लो समय सहकारीका अध्यक्ष पौडेलसहित उपाध्यक्ष लम्साल दुवैजना साक्षी बसेर आई.सि.एफ.सि.फाईनान्स लिमिटेडमा धितोमा राखिएको भेटिएपछि यो घटनामा सबैको मिलेमतो रहेको पुष्टि भएको छ ।
यस सम्बन्धमा बुझ्नका लागि सहकारीका अध्यक्ष पौडेलको मोवाईलमा सम्पर्क गर्न खोज्दा मोवाईल स्वीचअफ भएको संकेत आईरह्यो । उपाध्यक्ष लम्साललाई प्रश्न गर्दा त्यो सहकारीको नामको घर नभएको र आफ्नो नामको सम्पत्ति भएको दावी गरे । उनले भने–‘त्यसको हिसाब–किताब छुट्टैं छ । हिसाबकिताब मिलाउनलाई गरेको हो त्याँ । मैले कमला पराजुलीसँग किनेको हो ।’
उक्त घर सहकारीमा धितोमा नरहेको दावी गरेका उपाध्यक्ष लम्सालले आफ्ना साझेदार पत्रकार गिरीलाई कतिमा बेचियो भन्ने हाम्रो प्रश्नमा भने–‘हिसाबकिताब छुट्टैं भएको र अहिले नैं ठ्याक्कै यसरी नै भन्न मिलेन । हामी दुईजना पार्टनर पनि हो । उहाँको र मेरो हिसाब मिलाएर गरेको हो । ठ्याक्कै यति भन्ने छैन ।’

मित्र मिलन सहकारीमा उपाध्यक्ष विजय लम्सालले धितो राखेर २ करोड ५० लाख रुपैयाँ ऋण लिएको यो घर, ऋण नतिरी यसरी नक्कली कागजपत्र बनाएर फुकुवा गरी पत्रकार अर्जुन गिरीका नाममा पास गरिएको थियो ।
सहकारीका पूर्वलेखा सुपरिवेक्षण समितिका सदस्य, नेकपा एमाले वडा नं. २१ क इञ्चार्ज, ताण्डव न्यूजका सम्पादक गिरीसँग सो घर कतिमा किनिएको हो भन्ने हाम्रो प्रश्नमा उनले भने–‘त्यो घर मैले विजय लम्सालबाट २ करोड ८० लाखमा किनेको हुँ । वकाईदा पैसा दिएर किनेको हुँ । त्यो घर सहकारीको नाममा थिएन, व्यक्तिको नाममा थियो । विजय लम्सालको नाममा भएको घर मैले किनेको हो ।’
‘आफूले सो घर किन्दा बैंकमा साक्षीका रुपमा सोही सहकारीका अध्यक्ष रमण र उपाध्यक्ष विजय बस्नु भएको छ । कसैलाई क्यास तिरे, कसैंलाई बैंक टु बैंक सार्देको हुँ,’ पत्रकार गिरीले भने–‘पहिला जसको नाममा थियो, उहाँलाई दिनुपर्ने कुराहरु दिएको छु । यो घर सहकारीको नाममा थिएन ।’
सहकारीका कानुनी सल्लाहकार पराजुलीसँग कसरी अशोक थापासँग घर खरिद गर्नुभयो, मिटरब्याजमा घर हडप्नु भएको हो कि लेनदेन के हो ? भन्ने प्रश्नमा उनले भने–‘लिएको हो । सल्लाहले बेचेको हो । अहिले म बाटोमा छु । लामो बोल्न मिल्दैन । मेडमको नाममा किनेको, बेचेको त्यहीं त हो नि ।’
पुनः मिटरब्याजबाट हडप्नु भएको हो भन्ने आरोप छ नि भन्ने प्रश्नमा वकिल समेत रहेका पराजुलीले झोक्किदैं भने–‘नचाहिने कुरा गर्नुहुन्छ, म धेरै बोल्दिन । गाडी ड्राइभिङ गर्दैछु । अहिले राखे पछि कुरा गर्छु ।’ उनले झर्कदैं मोवाइल फोन काटे ।

पोखरा महानगरपालिका वडा नं. ९ को नयाँबजारमा रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय ।
सहकारीका कानुनी सल्लाहकार जनकल्याणकी श्रीमती कमलासँग फोन सम्पर्क गर्दा उनले भनिन्–‘मिजरब्याजमा होइन । एकदमैं उसको राजिखुशीले हो । उसको (अशोक थापा) व्यवहार बिग्रेको भएर हामीले हाम्रो जग्गा बैंकमा धितो राखेर पैसा झिकेर कालोसूचीबाट निकालेका हौं । उसले ५ वर्षको म्याद राखेको, त्यति गर्दा पनि उसले सावाँव्याज केही तिर्न सकेन । अनि तिर्न नसकेपछि त हामीले के गर्ने त नि ?’
‘अशोक थापा (ऊ) सम्पर्कमा नै नआउने । साँवा पनि नदिने, व्याज पनि नदिने । केही नगरेको भएर अनि त्यसपछि हामीले पनि आफ्नो गर्नुप¥र्यो भनेर त्यसपछि हामीबाट उता (विजय लम्सालकोमा) गएको हो,’ उनले भनिन्–‘विजय र अर्जुन सरहरु हुनुहुन्थ्यो । के–के भयो सरलाई नै थाहा छ । अब त्यस्तो हामीले पैसा त्यसरी उस(अशोक थापा)बाट लिएको भन्दा पनि विजयको नाममा बेच्यौं र विजयको नामबाट अर्जुनको नाममा गएको हो । अरु केही पनि छैन ।’
यसरी सहकारीको रकम हिनामिना भएपछि बचतकर्ताहरु पीडित बन्न पुगेका छन् । चनाचटपट बेच्नेदेखि मजदुरी हुँदैं विदेशमा गएर बर्षौंसम्म दुःख गरेर कमाएर ल्याएको पैसा जम्मा गरेका बचतकर्ताहरु सञ्चालक समितिको यस्तो लापरवाहीप्रति आक्रोशित बन्न पुगेका छन् । उनीहरुले सहकारीको रकम हिनामिना गर्ने र यसमा संलग्न हुने जो कोहीलाई पनि नछाड्ने चेतावनी दिएका छन् ।

मित्र मिलन बचत तथा ऋण सहकारीका उपाध्यक्ष विजय लम्साल र नेकपा एमाले वडा नं. २१ का इञ्चार्ज एवं ताण्डव न्यूजका सम्पादक अर्जुन गिरी । यसरी केक खुवाए झैं उपाध्यक्ष लम्सालले सहकारीको धितोमा राखिएको जग्गा किर्ते कागज गरी फुकुवा गर्दै गिरीका नाममा पास गरिदिए । फाईल तस्विर

मित्र मिलन बचत तथा ऋण सहकारीका कानुनी सल्लाहकार जनकल्याण पराजुली । जसले आफ्नो पैसा उठाउन सहकारीको करोडौं रुपैयाँ डुबाउने काम गरे ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप