
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
त्रिभुवन विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५० (२०७७/६/१६ सम्मको संशोधनसहित)को परिच्छेद ९ को नियम ६७ को उपनियम १ मा राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नहुने स्पष्ट किटान गरेको छ ।
पोखरा, २९ असोज । त्रिभुवन विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम विपरित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पसमा शाखा अधिकृत पदमा कार्यरत प्रजापति पराजुली नेकपा एमालेको गण्डकी प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।
कानुन अनुसार एमालेका नेता पराजुलीले कि त कलेजको जागिरबाट राजिनामा दिनुपर्नेछ, कि त एमालेको गण्डकी प्रदेश सदस्यबाट । तर पराजुलीले अहिलेसम्म न त कलेजबाट राजिनामा दिएका छन्, न त पार्टीबाट । एमाले गण्डकी प्रदेश सदस्यमा विजयी भएपछि बधाई खाँदैं कलेजको भन्दा पनि बढि पार्टीको काममा खटिई रहेका छन् ।
त्रिभुवन विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५० (२०७७/६/१६ सम्मको संशोधनसहित)को परिच्छेद ९ को नियम ६७ को उपनियम १ मा राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नहुने स्पष्ट किटान गरेको छ । जसमा शिक्षक वा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिई वा नलिई राजनैतिक निर्वाचनमा उम्मेदवार बन्नु हुँदैन । तर प्रचलित कानुनबमोजिम बैठक, कार्यशाला, गोष्ठी, सम्मेलन, छलफलमा भाग लिई कुनै विचार व्यक्त गरी प्राज्ञिक स्वतन्त्रता उपयोग गर्न यस नियमले बाधा पुर्याएको मानिने छैन ।
सोही नियमको उपनियम २ मा कुनै शिक्षक वा कर्मचारीले राष्ट्रिय वा स्थानीय तहको कुनै राजनीतिक निर्वाचनमा भाग लिन चाहेमा कार्यकारी परिषद्ले अन्यथा निर्णय गरेमा बाहेक उम्मेदवारीको मनोनयन दाखिला गर्नुभन्दा १५ दिन पूर्व नै विश्वविद्यालय सेवाबाट राजिनामा गुर्नपर्नेछ ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीको प्रदेश खुल्ला सदस्य तर्फ भोट माग्दैं प्रजापति पराजुलीका शुभचिन्तक र अर्कोतर्फ पोखरा नर्सिङ कलेजमा सूचना अधिकारीको रुपमा राखिएको व्यानर ।
यस सम्बन्धमा त्रिभवुन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पस प्रमुख प्रा. निता ताम्रकारले भनिन्–‘उहाँ (पराजुली)ले दुईटा मध्ये एउटा छोड्नै पर्छ । मलाइ लाग्छ उहाँले राजनीति छोड्नु हुन्छ, नभए यता कलेजबाट राजीनामा दिनुपर्छ ।’

त्रिभवुन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पस प्रमुख प्रा. निता ताम्रकार
नेकपा एमालेको राजनीतिमा आवद्ध भएका कारण पराजुलीले कलेजमा पनि पूर्णरुपमा कहिल्यैं काम गरेनन् । विभिन्न सांगीतिक कार्यक्रमको जिम्मेवारी लिने र पार्टीका गतिविधिहरुमा सबैभन्दा बढि समय खर्चिने पराजुली निकै विवादित र आलोचित पात्र समेत हुन् । धेरै ठाउँमा उनी महिलाको विषयमा कुटपिट र झैझगडामा पनि फस्दैं आईरहेका छन् । पराजुलीको साथीसंगतको सर्कल हेर्दा समेत ठाडैं कानुनको उल्लंघन गर्ने र कसैलाई नटेर्ने विवादित अटेरीहरुको जमात नैं देखिन्छ ।
खुलेआम निर्वाचनको बेलामा नेकपा एमालेको चुनाव प्रसार–प्रसार फाँटमा देखिएरैं गीत गाउँदैं भोट माग्र्दै हिड्ने पराजुलीले अब कलेजबाट राजीनामा दिन्छन् वा पार्टीबाट, त्यो भने समयले नै देखाउने छ । यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौंका प्रवक्ता सहसचिव कमलप्रसाद भट्टराईसँग प्रतिक्रिया लिन खोज्दा उनको मोवाईलमा सम्पर्क हुन सकेन ।

प्रजापति पराजुली, नेकपा एमाले गण्डकी प्रदेश सदस्य
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर