
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
त्रिभुवन विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५० (२०७७/६/१६ सम्मको संशोधनसहित)को परिच्छेद ९ को नियम ६७ को उपनियम १ मा राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नहुने स्पष्ट किटान गरेको छ ।
पोखरा, २९ असोज । त्रिभुवन विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम विपरित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पसमा शाखा अधिकृत पदमा कार्यरत प्रजापति पराजुली नेकपा एमालेको गण्डकी प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।
कानुन अनुसार एमालेका नेता पराजुलीले कि त कलेजको जागिरबाट राजिनामा दिनुपर्नेछ, कि त एमालेको गण्डकी प्रदेश सदस्यबाट । तर पराजुलीले अहिलेसम्म न त कलेजबाट राजिनामा दिएका छन्, न त पार्टीबाट । एमाले गण्डकी प्रदेश सदस्यमा विजयी भएपछि बधाई खाँदैं कलेजको भन्दा पनि बढि पार्टीको काममा खटिई रहेका छन् ।
त्रिभुवन विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५० (२०७७/६/१६ सम्मको संशोधनसहित)को परिच्छेद ९ को नियम ६७ को उपनियम १ मा राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नहुने स्पष्ट किटान गरेको छ । जसमा शिक्षक वा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिई वा नलिई राजनैतिक निर्वाचनमा उम्मेदवार बन्नु हुँदैन । तर प्रचलित कानुनबमोजिम बैठक, कार्यशाला, गोष्ठी, सम्मेलन, छलफलमा भाग लिई कुनै विचार व्यक्त गरी प्राज्ञिक स्वतन्त्रता उपयोग गर्न यस नियमले बाधा पुर्याएको मानिने छैन ।
सोही नियमको उपनियम २ मा कुनै शिक्षक वा कर्मचारीले राष्ट्रिय वा स्थानीय तहको कुनै राजनीतिक निर्वाचनमा भाग लिन चाहेमा कार्यकारी परिषद्ले अन्यथा निर्णय गरेमा बाहेक उम्मेदवारीको मनोनयन दाखिला गर्नुभन्दा १५ दिन पूर्व नै विश्वविद्यालय सेवाबाट राजिनामा गुर्नपर्नेछ ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीको प्रदेश खुल्ला सदस्य तर्फ भोट माग्दैं प्रजापति पराजुलीका शुभचिन्तक र अर्कोतर्फ पोखरा नर्सिङ कलेजमा सूचना अधिकारीको रुपमा राखिएको व्यानर ।
यस सम्बन्धमा त्रिभवुन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पस प्रमुख प्रा. निता ताम्रकारले भनिन्–‘उहाँ (पराजुली)ले दुईटा मध्ये एउटा छोड्नै पर्छ । मलाइ लाग्छ उहाँले राजनीति छोड्नु हुन्छ, नभए यता कलेजबाट राजीनामा दिनुपर्छ ।’

त्रिभवुन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पस प्रमुख प्रा. निता ताम्रकार
नेकपा एमालेको राजनीतिमा आवद्ध भएका कारण पराजुलीले कलेजमा पनि पूर्णरुपमा कहिल्यैं काम गरेनन् । विभिन्न सांगीतिक कार्यक्रमको जिम्मेवारी लिने र पार्टीका गतिविधिहरुमा सबैभन्दा बढि समय खर्चिने पराजुली निकै विवादित र आलोचित पात्र समेत हुन् । धेरै ठाउँमा उनी महिलाको विषयमा कुटपिट र झैझगडामा पनि फस्दैं आईरहेका छन् । पराजुलीको साथीसंगतको सर्कल हेर्दा समेत ठाडैं कानुनको उल्लंघन गर्ने र कसैलाई नटेर्ने विवादित अटेरीहरुको जमात नैं देखिन्छ ।
खुलेआम निर्वाचनको बेलामा नेकपा एमालेको चुनाव प्रसार–प्रसार फाँटमा देखिएरैं गीत गाउँदैं भोट माग्र्दै हिड्ने पराजुलीले अब कलेजबाट राजीनामा दिन्छन् वा पार्टीबाट, त्यो भने समयले नै देखाउने छ । यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौंका प्रवक्ता सहसचिव कमलप्रसाद भट्टराईसँग प्रतिक्रिया लिन खोज्दा उनको मोवाईलमा सम्पर्क हुन सकेन ।

प्रजापति पराजुली, नेकपा एमाले गण्डकी प्रदेश सदस्य