News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज डन न्यूज खोज प्रमुख समाचार

पोखरा-२१ का वडाध्यक्ष दिपक सुवेदीको ठगी धन्दा, जग्गा हडपेर उल्टै २ करोडको माग

‘शान्ति केसीको जग्गा पास गरेर एक रुपैयाँ पनि दिएका छैनन् । बरु मेरो कास्कीकोटमा रहेको साढे २ रोपनी, सराङकोट हाउजिङ नजिकको २० आना जग्गा पासै गरेर र लेखनाथको साढे १२ रोपनी जग्गा जम्मा ५० लाख रुपैयाँमात्र लिएर खाएका छन् । यो व्यवहार पनि मिलाउँ भन्दा अध्यक्ष सुवेदी शान्ति केसी र मसँग छलफल गर्नै मान्दैनन् ।’-सहकारीका अध्यक्ष रमण पौडेल

पोखरा, २२ असोज । कहिले नागरिकता काण्ड, कहिले प्राकृतिक स्रोत साधनको दोहन लगायतका विषयमा विवादमा आईरहने पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दिपक सुवेदी पुनः ठगी धन्दामा संलग्न रहेको सप्रमाण भेटिएको छ ।

वडाध्यक्ष सुवेदीले एक सहकारीलाई पनि झुक्याउँदैं एक असहाय महिलालाई घरबार विहिन बनाई दिएका छन् । एक रुपैयाँ पनि पैसा नदिई ती महिलाको साढे तीन करोड रुपैयाँ पर्ने जग्गा हडपेका वडाध्यक्षले उल्टै जग्गा चाहिए २ करोड रुपैयाँ दिनुपर्ने भन्दैं धम्क्याउँदैं आईरहेका छन् । सो विषय चर्किदैं जाँदा वडाध्यक्ष सुवेदीले ती पीडित महिलामाथि हातपात समेत गरेको भिडियो डन न्यूजलाई प्राप्त भएको छ ।

पीडित महिला शान्ति केसी र वडाध्यक्ष दिपक सुवेदी बिच भएको झगडा । पीडित महिलालाई नै हातपात गरेर वडाध्यक्ष सुवेदी भाग्ने प्रयास गर्दै थिए ।

पोखरा वडा नं. १० रामबजार बस्ने शान्ति केसीको जग्गा वडाध्यक्ष सुवेदीले चलाखीपूर्ण ढंगले हडपेका हुन् । पोखराको नयाँ बजारमा रहेको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेलले ऋणी शान्तिलाई व्यवहार मिलाउने नाममा सो जग्गा वडाध्यक्ष सुवेदीको नाममा पास गराएका थिए ।

मित्रमिलन सहकारीमा ८० लाख रुपैयाँ शान्तिले ऋण लिएकी थिईन् । केही समय ब्याज र किस्ता तिरेपनि पछिल्लो समय गारो भएपछि सहकारीका अध्यक्ष पौडेलले लिलामीमा निकाल्नु भन्दा बरु व्यवहार मिलाएर सल्टाउन पाए संस्था र दुवैलाई फाईदा हुने भन्दैं यो विषयमा वडाध्यक्ष सुवेदीलाई जोड्न पुगे ।

चितवनको गर्दी वडा नं. ३ मा रहेको जमिन साविक कित्ता नं. ६८ (०–३–१३–५–० विघा), ८१९(०–३–१२–० विघा) र ८२१ (०–१०–५.५–० विघा) करिब साढे ३२ कठ्ठा जमिन २०७९ भदौं २९ गते वडाध्यक्ष सुवेदीले आफ्नो नाममा पास गराएका थिए । जग्गा पास गरेपछि झण्डैं १ वर्ष हुन लाग्दा पनि न त वडाध्यक्ष सुवेदी ती महिलाको सम्पर्कमा आए, न त सहकारीका अध्यक्ष पौडेललाई सहजैं शान्तिले भेट्न पाईन् ।

पीडित महिला शान्ति केसीको नाममा रहेको जमिन सहकारीको व्यवहार मिलाउने र थप मूल्य थप्ने नसके बेचबिखन गर्ने भनेर पास गरिएको लालपुर्जा । पछि वडाध्यक्षले जग्गा पास भईसकेपछि ती महिला र सहकारीमाथि नै घात गर्दै १ वर्षदेखि सम्पर्कविहिन भएर बसेका थिए ।

‘जग्गा लिने हो भने साढे दुई करोड भन्दा बढि रकम थप्नु पर्ने र नभए जग्गा अरुलाई नैं बेचेर हिसाब मिलाउनु पर्नेमा वडाध्यक्ष सुवेदीले उल्टैं मलाई मतलव छैन, तपाईले उतै कुरा (सहकारीका अध्यक्ष रमणसँग) गर्नुस्, तपाईको र मेरो सरोकारको विषय केहीं पनि छैन, जग्गा लिने हो भने २ करोड रुपैयाँ ल्याउनुस् र लैजानुस्’, भन्दैं हपार्ने गरेको पीडित महिला शान्तिले बताईन् ।

यस विषयमा जिज्ञासा राख्दा वडाध्यक्ष सुवेदीले आफूले १ करोड २२ लाखमा सो जग्गा किनेको दावी गरे । वडाध्यक्ष सुवेदीले आफूले नगद र चेक दिएर सो जग्गा किनेको तर नगद कति र चेक कति दिएको अहिले भन्न नसक्ने बताए । वडाध्यक्ष सुवेदीले भने–‘मैले सहकारीमा पैसा बुझाईदिए । उनीहरुको सहकारीमा व्यवहार थियो । पैसा नबुझी कसैंले जग्गा पास गर्छ र ?

विवादित वडाध्यक्ष : नेकपा एमालेका तर्फबाट पोखरा महानगरपालिका वडा नं. २१ को वडाध्यक्ष जितेका दिपक सुवेदी कहिले नागरिकता काण्ड, कहिले प्राकृतिक स्रोत र साधनको दोहन त कहिले जग्गा ठगी लगायतका विवादमा फस्दैं आईरहेका विवादित पात्र हन् । रातो घेरामा वडाध्यक्ष सुवेदी ।

यस विषयमा सहकारीका अध्यक्ष रमण पौडेललाई प्रश्न गर्दा साढे दुई करोड रुपैयाँ दिने भनेर सो जग्गा पास गरिएको तर शान्ति केसीलाई वडाध्यक्ष सुवेदीले एक रुपैयाँ पनि आजसम्म नदिएको बताए । पैसा नदिने भए शान्ति केसीको जग्गा फिर्ता गरिदेऊ भन्दा अध्यक्ष सुवेदीले अटेर गर्दै आईरहेको उनको भनाई थियो ।

अध्यक्ष पौडेलले भने–‘शान्ति केसीको जग्गा पास गरेर एक रुपैयाँ पनि दिएका छैनन् । बरु मेरो कास्कीकोटमा रहेको साढे २ रोपनी, सराङकोट हाउजिङ नजिकको २० आना जग्गा पासै गरेर र लेखनाथको साढे १२ रोपनी जग्गा जम्मा ५० लाख रुपैयाँमात्र लिएर खाएका छन् । यो व्यवहार पनि मिलाउँ भन्दा अध्यक्ष सुवेदी शान्ति केसी र मसँग बस्नै मान्दैनन् ।’