
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
‘शान्ति केसीको जग्गा पास गरेर एक रुपैयाँ पनि दिएका छैनन् । बरु मेरो कास्कीकोटमा रहेको साढे २ रोपनी, सराङकोट हाउजिङ नजिकको २० आना जग्गा पासै गरेर र लेखनाथको साढे १२ रोपनी जग्गा जम्मा ५० लाख रुपैयाँमात्र लिएर खाएका छन् । यो व्यवहार पनि मिलाउँ भन्दा अध्यक्ष सुवेदी शान्ति केसी र मसँग छलफल गर्नै मान्दैनन् ।’-सहकारीका अध्यक्ष रमण पौडेल
पोखरा, २२ असोज । कहिले नागरिकता काण्ड, कहिले प्राकृतिक स्रोत साधनको दोहन लगायतका विषयमा विवादमा आईरहने पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दिपक सुवेदी पुनः ठगी धन्दामा संलग्न रहेको सप्रमाण भेटिएको छ ।
वडाध्यक्ष सुवेदीले एक सहकारीलाई पनि झुक्याउँदैं एक असहाय महिलालाई घरबार विहिन बनाई दिएका छन् । एक रुपैयाँ पनि पैसा नदिई ती महिलाको साढे तीन करोड रुपैयाँ पर्ने जग्गा हडपेका वडाध्यक्षले उल्टै जग्गा चाहिए २ करोड रुपैयाँ दिनुपर्ने भन्दैं धम्क्याउँदैं आईरहेका छन् । सो विषय चर्किदैं जाँदा वडाध्यक्ष सुवेदीले ती पीडित महिलामाथि हातपात समेत गरेको भिडियो डन न्यूजलाई प्राप्त भएको छ ।

पीडित महिला शान्ति केसी र वडाध्यक्ष दिपक सुवेदी बिच भएको झगडा । पीडित महिलालाई नै हातपात गरेर वडाध्यक्ष सुवेदी भाग्ने प्रयास गर्दै थिए ।
पोखरा वडा नं. १० रामबजार बस्ने शान्ति केसीको जग्गा वडाध्यक्ष सुवेदीले चलाखीपूर्ण ढंगले हडपेका हुन् । पोखराको नयाँ बजारमा रहेको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमण पौडेलले ऋणी शान्तिलाई व्यवहार मिलाउने नाममा सो जग्गा वडाध्यक्ष सुवेदीको नाममा पास गराएका थिए ।
मित्रमिलन सहकारीमा ८० लाख रुपैयाँ शान्तिले ऋण लिएकी थिईन् । केही समय ब्याज र किस्ता तिरेपनि पछिल्लो समय गारो भएपछि सहकारीका अध्यक्ष पौडेलले लिलामीमा निकाल्नु भन्दा बरु व्यवहार मिलाएर सल्टाउन पाए संस्था र दुवैलाई फाईदा हुने भन्दैं यो विषयमा वडाध्यक्ष सुवेदीलाई जोड्न पुगे ।
चितवनको गर्दी वडा नं. ३ मा रहेको जमिन साविक कित्ता नं. ६८ (०–३–१३–५–० विघा), ८१९(०–३–१२–० विघा) र ८२१ (०–१०–५.५–० विघा) करिब साढे ३२ कठ्ठा जमिन २०७९ भदौं २९ गते वडाध्यक्ष सुवेदीले आफ्नो नाममा पास गराएका थिए । जग्गा पास गरेपछि झण्डैं १ वर्ष हुन लाग्दा पनि न त वडाध्यक्ष सुवेदी ती महिलाको सम्पर्कमा आए, न त सहकारीका अध्यक्ष पौडेललाई सहजैं शान्तिले भेट्न पाईन् ।

पीडित महिला शान्ति केसीको नाममा रहेको जमिन सहकारीको व्यवहार मिलाउने र थप मूल्य थप्ने नसके बेचबिखन गर्ने भनेर पास गरिएको लालपुर्जा । पछि वडाध्यक्षले जग्गा पास भईसकेपछि ती महिला र सहकारीमाथि नै घात गर्दै १ वर्षदेखि सम्पर्कविहिन भएर बसेका थिए ।
‘जग्गा लिने हो भने साढे दुई करोड भन्दा बढि रकम थप्नु पर्ने र नभए जग्गा अरुलाई नैं बेचेर हिसाब मिलाउनु पर्नेमा वडाध्यक्ष सुवेदीले उल्टैं मलाई मतलव छैन, तपाईले उतै कुरा (सहकारीका अध्यक्ष रमणसँग) गर्नुस्, तपाईको र मेरो सरोकारको विषय केहीं पनि छैन, जग्गा लिने हो भने २ करोड रुपैयाँ ल्याउनुस् र लैजानुस्’, भन्दैं हपार्ने गरेको पीडित महिला शान्तिले बताईन् ।
यस विषयमा जिज्ञासा राख्दा वडाध्यक्ष सुवेदीले आफूले १ करोड २२ लाखमा सो जग्गा किनेको दावी गरे । वडाध्यक्ष सुवेदीले आफूले नगद र चेक दिएर सो जग्गा किनेको तर नगद कति र चेक कति दिएको अहिले भन्न नसक्ने बताए । वडाध्यक्ष सुवेदीले भने–‘मैले सहकारीमा पैसा बुझाईदिए । उनीहरुको सहकारीमा व्यवहार थियो । पैसा नबुझी कसैंले जग्गा पास गर्छ र ?

विवादित वडाध्यक्ष : नेकपा एमालेका तर्फबाट पोखरा महानगरपालिका वडा नं. २१ को वडाध्यक्ष जितेका दिपक सुवेदी कहिले नागरिकता काण्ड, कहिले प्राकृतिक स्रोत र साधनको दोहन त कहिले जग्गा ठगी लगायतका विवादमा फस्दैं आईरहेका विवादित पात्र हन् । रातो घेरामा वडाध्यक्ष सुवेदी ।
यस विषयमा सहकारीका अध्यक्ष रमण पौडेललाई प्रश्न गर्दा साढे दुई करोड रुपैयाँ दिने भनेर सो जग्गा पास गरिएको तर शान्ति केसीलाई वडाध्यक्ष सुवेदीले एक रुपैयाँ पनि आजसम्म नदिएको बताए । पैसा नदिने भए शान्ति केसीको जग्गा फिर्ता गरिदेऊ भन्दा अध्यक्ष सुवेदीले अटेर गर्दै आईरहेको उनको भनाई थियो ।
अध्यक्ष पौडेलले भने–‘शान्ति केसीको जग्गा पास गरेर एक रुपैयाँ पनि दिएका छैनन् । बरु मेरो कास्कीकोटमा रहेको साढे २ रोपनी, सराङकोट हाउजिङ नजिकको २० आना जग्गा पासै गरेर र लेखनाथको साढे १२ रोपनी जग्गा जम्मा ५० लाख रुपैयाँमात्र लिएर खाएका छन् । यो व्यवहार पनि मिलाउँ भन्दा अध्यक्ष सुवेदी शान्ति केसी र मसँग बस्नै मान्दैनन् ।’