
१मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
२रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
३नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
४फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
५बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
६अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
७स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
८कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
९उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
१०रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
११कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
१२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
६पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
७पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
८उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
९कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१०कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
पोखरा, २१ असोज । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष एवम् ग्यालेक्सी फोर के टेलिभिजन काठमाडौंका सञ्चालक कुमार रम्तेल ठगी मुद्दामा पुर्पक्षका लागि कास्की कारागार चलान भएका छन् । गितेन्द्रबाबु (जीबी) राई र टोले गुन्डा शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे समूहसँग मिलेर रम्तेलले देशभरका विभिन्न सहकारीबाट बचतकर्ताको १६ अर्ब रुपैयाँ हिनामिना गरेका थिए ।
जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले सूर्य दर्शन सहकारीका कोषाध्यक्ष रम्तेललाई थुनामा राख्न आदेश दिएको हो । मुलुकी फौजदारी कार्यविधि समिता ७४ को दफा ६७ बमोजिम कोषाध्यक्ष रम्तेललाई थुनामा पठाइएको जिल्ला अदालत कास्कीले जनाएको छ । जीबी राई र नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका उपमहासचिव टोले गुन्डा महेन्द्र भोटे लगायत १८ जना भने अझैं फरार छन् ।
कोषाध्यक्ष रम्तेलको रकम हिनामिनामा प्रमुख भूमिका देखिएपछि धरौंटीमा रिहा नगरी थप अनुन्धानका लागि कारागर पठाइएको अदालतले जनाएको छ । प्रतिवादी १९ जनालाई १ अर्ब १ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगो बमोजिम जरिवाना र ८ देखि १० बर्षसमम्म कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको थियो ।
मुद्दाको पक्षमा जिल्ला न्यायाधिवक्ता गोपालप्रसाद ढकाल, जाहेरीवालाको पक्षमा अधिवक्ता युवराज पराजुली, नारायणप्रसाद शर्मा र विष्णुप्रसाद अधिकारीले बहस गरेका थिए । उता, पक्राउ परेका रम्तेलका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा र अधिवक्ता ईश्वर चिलुवालले बहस गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले सहकारीका कोषाध्यक्ष रम्तेललाई पुर्पपक्षका लागि कारागार पठाइएको जानकारी दिए । एसपी थापाले भने–‘बाँकी फरार १८ जनालाई पक्राउ गर्न प्रहरी निरीक्षकको नेतृत्वमा विशेष टाक्सफोर्स नै खटाएको छु । काठमाडौं जिल्ला प्रहरी परिसर, उपत्यका अपराध महशाखा र नेपालभरका प्रहरी युनिटलाई पक्राउ गर्नका लागि सर्कुलर भएको छ ।’
‘जिल्ला अदालतले फेरि पक्राउ पूर्जी जारी गर्छ र कोही विदेश गएको अवस्था भए इन्टरपोललाई पनि पत्र लेख्छौं,’ एसपी थापाले भने, ‘थुनछेक बहसपछि थुनामा राख्न आदेश दिएको छ, छिट्टै फरार प्रतिवादीलाई पक्राउ गर्न अर्को अदालतले अर्को पूर्जी जारी गरेपछि इन्टरपोलको पनि सहयोग लिनेछौं ।’
सूर्यदर्शन सहकारीबाट मात्र जीबी राई र टोले गुन्डा महेन्द्र भोटेको समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी खडा गरी बचतकर्ताको १ अर्ब ११ करोड १९ लाख रुपैयाँ ठगेका थिए । सूर्यदर्शन सहकारीको रकम ठगी गरेर तत्कालिन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, शिव बहादुर गुरुङ (महेन्द्र भोटे), सञ्चालक भूपेन्द्र राई, थानबहादुर बुढा, कैलाश दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ अझैंसम्म पनि फरार छन् ।

पीडित जनताहरु अदालतको गेटमाः सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराका पीडित बचतकर्ताहरु जिल्ला अदालत कास्कीको मुख्य गेटमा धर्ना दिदैं । कोषाध्यक्ष कुमार रम्तेलको थुनछेक बहसका क्रममा नछुटुन् भन्दैं पीडितहरु भेला भएका थिए ।
जीबी राई अध्यक्ष हुँदा २१ करोड ४२ लाख र उनका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख रकम हिसाब नैं नराखी हिनामिना गरेका थिए । त्यसैगरी संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख रुपैयाँ हिनामिना गरेका थिए । त्यसैगरी, थानबहादुर बुढाको २७ करोड ४८ लाख रुपैयाँ हिनामिना गरेका छन् । त्यसैगरी महेन्द्र भोटेले ९ करोड रुपैयाँ हिनामिना गरेको देखिएको छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप