
१पोखराका मेयरले गफ लगाउँदा गृहमन्त्री विवादमा
२फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
३शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
४नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
५लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
६फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
७कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
८शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
११सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
१२आजदेखि एसईई परीक्षा सुरु
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
११कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका उपमहासचिव टोले गुन्डा महेन्द्र भोटेले मात्र यो सहकारीको ९ करोड रुपैयाँ हिनामिना गरेको देखिएको छ ।
पोखरा, १९ असोज । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले गितेन्द्रबाबु (जीबी) राई र टोले गुन्डा शिवबहादुर गुरुङ (महेन्द्र भोटे) लगायत १९ जना विरुद्ध मुद्दा दायर गरेको छ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत कास्कीमा प्रहरी अनुसन्धान प्रतिवेदनभन्दा बढी बिगो थपेर अभियोग दायर गरेको हो ।
प्रहरी कार्यालयले बुझाएको अनुसन्धान प्रतिवेदनभन्दा १५ लाख रुपैयाँ बढी माग दाबी थपेर मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । कार्यालयले सहकारी ऐन, २०४७ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ बिगो माग दाबीसहित जिल्ला अदालत कास्कीमा अभियोग दायर गरिएको हो । कुन सञ्चालकले कति पैसा अपचलन गरे भन्ने प्रष्ट नखुलेकाले समान दायित्व पर्ने गरी बचतकर्ताको उजुरीको आधारमा उक्त रकम बिगो दाबी गरिएको हो ।
उनका अनुसार अभियुक्तहरुलाई उक्त ऐनको दफा १२२ (घ), (ङ), (च), (छ), (ज) र (त) अनुसारको कसुरमा दफा १२४ (घ) र घ (६) बमोजिम बिगो भराई बिगो बमोजिम जरिवाना कैद सजाय माग गरिएको छ । यसरी हेर्दा उक्त कसूरमा प्रतिवादी १९ जनालाई १ अर्ब १ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगो बमोजिम जरिवाना र ८ देखि १० बर्षसमम्म कैद सजाय हुनेछ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी–काण्ड
सहकारी ठगी प्रकरणमा पदाधिकारी तथा पूर्वसञ्चालकले बचतकर्ताको १ अर्ब ११ करोड १९ लाख रुपैयाँ ठगेको भन्दै सोही बमोजिम बिगो दाबीसहित प्रहरीले मंगलबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । ठगी प्रकरणमा आवश्यक छानबिन गर्न पोखरा महानगरपालिकाले गठन गरिएको विज्ञको प्रतिवेदन अनुसार भने ठगिएको रकम १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार देखिएको थियो ।
प्रहरीले सो प्रकरणमा १ हजार ३६ जना बचतकर्ताले जाहेरी दिएको भने पनि सरकारी वकिलको कार्यालयले भने १ हजार ३५ जना बचतकर्ताको मात्र जाहेरी दिएको जनाएको छ । सहकारीका सानाठुला गरी १८ हजार सातसय बचतकर्ता छन् । अभियोगपत्र अनुसार सञ्चालकहरुले सहकारीमा नक्कली सेयर सदस्य र विभिन्न कम्पनी खडा गरेर पैसा अपलचन गरेको उल्लेख छ ।
जीबी राई अध्यक्ष हुँदा २१ करोड ४२ लाख र उनका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख रकम हिसाब नैं नराखी हिनामिना गरेका थिए ।
उक्त अभियोगमा सहकारीका तत्कालिन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, टोले गुन्डा शिव बहादुर गुरुङ (महेन्द्र भोटे), सञ्चालक भूपेन्द्र राई, थानबहादुर बुढा, कैलाश दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङलाई प्रतिवादी बनाइएको हो ।
सहकारीका कोषाध्यक्ष कुमार रम्तेल बाहेक १८ जना अझैं फरार छन् । रम्तेललाई आज अदालतमा थुनछेक बहसका लागि लगिएकोमा बयान सकिएको र भोलि थुनछेक बहस हुने अदालत स्रोतले जानकारी दिएको छ ।
संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख रुपैयाँ हिनामिना गरेका थिए । त्यसैगरी, थानबहादुर बुढाको २७ करोड ४८ लाख रुपैयाँ हिनामिना गरेका छन् ।
नक्कली सेयर सदस्य र विभिन्न कम्पनी खडा गरेर पैसा निकालेर जीबी र भोटेको समूहले सहकारीको रकम हिनामिना गरेका थिए । जीबी राई अध्यक्ष हुँदा २१ करोड ४२ लाख र उनका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख रकम हिसाब नैं नराखी हिनामिना गरेका थिए । त्यसैगरी संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख रुपैयाँ हिनामिना गरेका थिए । त्यसैगरी, थानबहादुर बुढाको २७ करोड ४८ लाख रुपैयाँ हिनामिना गरेका छन् । त्यसैगरी नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका उपमहासचिव टोले गुन्डा महेन्द्र भोटेले ९ करोड रुपैयाँ हिनामिना गरेको देखिएको छ ।
(क) दर्ता नगरी वा खारेज भएको सहकारी संस्था सञ्चालन गरेमा वा कुनै व्यक्ति, फर्म वा कम्पनीले आफ्नो नाममा सहकारी शब्द वा सो शब्दको अङग्रेजी रुपान्तरण राखी कुनै कारोबार, व्यवसाय, सेवा प्रवाह वा अन्य कुनै कार्य गरेमा,
(ख) सदस्यको बचत यस ऐन र यस ऐन अन्तर्गत बनेको नियम, विनियम बमोजिम बाहेक अन्य कुनै पनि प्रयोजनको लागि प्रयोग गरेमा,
(ग) तोकिएको भन्दा बढी रकम ऋण प्रदान गर्दा जमानत वा सुरक्षण नराखी ऋण प्रदान गरेमा,
(घ) समितिको सदस्य, व्यवस्थापक वा कर्मचारीले सहकारी संस्थाको सम्पत्ति, बचत वा शेयर रकम हिनामिना गरेमा,
(ङ) ऋण असुल हुन नसक्ने गरी समितिका कुनै सदस्य, निजको नातेदार वा अन्य व्यक्ति वा कर्मचारीलाई ऋण दिई रकम हिनामिना गरेमा,
(च) समितिका कुनै सदस्यले एक्लै वा अन्य सदस्यको मिलेमतोमा सहकारी संस्थाको शेयर वा बचत रकम आफू खुसी परिचालन गरी सहकारी संस्थालाई हानि नोक्सानी पु¥याएमा,
(छ) झुट्टा वा गलत विवरण पेश गरी कर्जा लिएमा, राखेको धितो कच्चा भएमा वा ऋण हिनामिना गरेमा,
(ज) सहकारी संस्थाले यस ऐन र यस ऐन अन्तर्गत बनेका नियम विनियम विपरीत लगानी गरेमा वा लगानी गर्ने उद्देश्यले रकम उठाएमा,
(झ) कृत्रिम व्यवसाय खडा गरी वा गराई ऋण लिएमा वा दिएमा,
(ञ) धितोको अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी ऋण लिएमा वा दिएमा,
(ट) झुट्टा विवरणको आधारमा परियोजनाको लागत अस्वाभाविक रूपमा बढाई बढी ऋण लिएमा वा दिएमा,
(ठ) कुनै व्यक्ति वा सहकारी संस्थालाई एक पटक दिइसकेको सुरक्षण रीतपूर्वक फुकुवा नभई वा सो सुरक्षणले खामेको मूल्यभन्दा बढी हुने गरी सोही सुरक्षण अन्य संस्थामा राखी पुनःऋण लिए वा दिएमा,
(ड) सहकारी संस्थाबाट जुन प्रयोजनको लागि ऋण सुविधा लिएको हो सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरे वा गराएमा,
(ढ) सहकारी संस्थाको कुनै कागजात वा खातामा लेखिएको कुनै कुरा कुनै तरिकाले हटाई वा उडाई अर्कै अर्थ निस्कने व्यहोरा पारी मिलाई लेख्ने वा अर्को भिन्नै श्रेस्ता राख्ने जस्ता काम गरेबाट आफूलाई वा अरु कसैलाई फाइदा वा हानि नोक्सानी गर्ने उद्देश्यले कीर्ते गर्न वा अर्काको हानि नोक्सानी गर्ने उद्देश्यले नगरे वा नभएको झुट्टा कुरा गरे वा भएको हो भनी वा मिति, अङ्क वा व्यहोरा फरक पारी सहीछाप गरी गराई कागजात बनाई वा बनाउन लगाई जालसाजी गरे वा गराएमा,
(ण) ऋणको धितो स्वरुप राखिने चल अचल सम्पत्ति लिलाम बिक्री वा अन्य प्रयोजनको लागि मूल्याङ्कन गर्दा मूल्याङ्कनकर्ताले बढी, कम वा गलत मूल्याङ्कन गरी सहकारी संस्थालाई हानी नोक्सानी पु¥याउने कार्य गरे वा गराएमा,
(त) सहकारी सस्थालाई हानी नोक्सानी पु¥याउने उद्देश्यले कसैले कुनै काम गराउन वा नगराउन, मोलाहिजा गर्न वा गराउन, कुनै किसिमको रकम लिन वा दिन, बिना मूल्य वा कम मूल्यमा कुनै माल, वस्तु वा सेवा लिन वा दिन, दान, दातव्य, उपहार वा चन्दा लिन वा दिन, गलत लिखत तयार गर्न वा गराउन, अनुवाद गर्न वा गराउन वा गैर कानूनी लाभ वा हानि पु¥याउने बदनियतले कुनै कार्य गरे वा गराएमा,
(थ) कुनै सहकारी संस्था वा सो को सदस्य वा बचतकर्ता वा तीमध्ये कसैलाई हानि नोक्सानी पुग्ने गरी लेखा परीक्षण गरे गराएमा वा लेखापरीक्षण गरेको झुट्टो प्रतिवेदन तयार पारेमा वा पार्न लगाएमा। – स्रोत : सहकारी ऐन-२०७४
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने